राप्रपा फुट्यो, नयाँ पार्टी दर्ता गर्न पशुपति शमशेर निर्वाचन आयोगमा
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) विभाजन भएको छ। पशुपति शमशेर राणा केही नेता र सांसद सहित पार्टीबाट अलग्गिएका हुन्। राणाले नयाँ दल दर्ताको लागि निर्वचन आयोगमा निवेदन समेत दिएका छन्। नयाँ पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक राख्ने गरी उनले आयोगमा निवेदन दिएका छन्।