९ आश्विन २०८१ बुधबार
image/svg+xml

तामझामकासाथ उम्मेदवारले गरे मनोनयन दर्ता

खोटाङको साकेला गाउँपालिका–३ खिदिमाको रिक्त वडाध्यक्ष पदका लागि चार उम्मेदवारले मनोनयनपत्र दर्ता गराएका छन्। रिक्त वडाध्यक्ष चयनका लागि आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि नेकपाकातर्फबाट शिवकला राई, नेपाली कांग्रेसकातर्फबाट शुक्रबहादुर तामाङ, समाजवादी पार्टीकातर्फबाट रमेश राई र राप्रपाकातर्फबाट इन्द्रबहादुर खड्काले मनोनयनपत्र दर्ता गराएका हुन्।

दाङकाे चुनावी रणनीतिमा ‘स्थायी राजधानी’

प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन २०७४ का बेला सबै दलको एक मात्रै बलियो अजेन्डा स्थापित भयो ‘प्रदेश ५ को राजधानी दाङ।’ हरेक दृष्टिकोणले दाङ राजधानीका लागि उपयुक्त रहेको भन्दै राजधानीका लागि आफूलाई बढी शक्तिशाली देखाउने होड त्यो बेला दलहरूबीच चल्यो।

पूर्वाधार विकास साझेदारी कार्यक्रमको बजेट अनिर्णित

उपनिर्वाचन आचारसंहिताका कारण खोटाङमा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमतर्फको बजेट विनियोजनको काम प्रभावित भएको छ। योजना तथा बजेटको टुंगो लगाउन आइतबार जिल्ला समन्वय समितिको सभाहलमा बोलाइएको परामर्श समितिको बैठकमा आगामी मंसिर १४ गते हुने उपनिर्वाचनको आचारसंहिता लागू भइसकेको भन्दै आवाज उठेपछि विषयवस्तुमा प्रवेश नै नगरी बैठक टुंगिएको छ। लामो समयसम्म ‘बैठक बस्ने र नबस्ने’ भन्ने विषयमा छलफल भएपछि अन्तिममा अर्को पटकका लागि बैठक सारिएको सहभागीले बताएका छन्।

इराकमा निर्वाचन गर्न अमेरिकाको आग्रह

इराकमा संसद्को नयाँ निर्वाचनका लागि कैयौं दिनदेखि आन्दोलन जारी रहेको छ। प्रदर्शनकारीले निर्वाचनको माग गरेर आन्दोलनलाई जारी राखेका छन्।

वडाध्यक्षका दावेदारहरुनै कांग्रेसमा प्रवेश

मंसिर १४ मा हुने स्थानीय निकायको उपनिर्वाचनका लागि पार्टीले वडाध्यक्षको टिकट नदिएको भन्दै सत्तारुढ नेकपाबाट वडाध्यक्षका दुइ जना दाबेदार नै नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

स्पेनमा समाजवादी पार्टीको अग्रता

प्रधानमन्त्री पेद्रो साञ्चेजको दल स्पेनी समाजवादी पार्टीले आइतबार भएको आम निर्वाचनमा अग्रता कायम गरेको छ।

इराकमा निर्वाचन गर्न अमेरिकाको आग्रह

इराकमा समय अगावै संसदीय निर्वाचन गर्न अमेरिकाले इराकी अधिकारीहरुलाई आग्रह गरेको छ। इराकमा हिंसात्मक आन्दोलन जारी रहेकाले अमेरिकाले सो आग्रह गरेको हो।

उपनिर्वाचन २०७६ : तयारी तीव्र

आउँदो मङ्सिर १४ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि तयारी तीव्र पारिएको छ। बुधबार २७ गते स्थानीय तहका लागि मनोनयन गर्नुपूर्व सर्वदलीय बैठक बसेर दल र उम्मेदवारलाई निर्वाचन प्रक्रियाका विषयमा जानकारी गराइँदै छ।

भक्तपुर १ (क)मा त्रिपक्षीय प्रतिस्पर्धा

आगामी मंसिर १४ गते हुन लागेको उपनिर्वाचनअन्तर्गत भक्तपुर १ (क) मा त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ। यस क्षेत्रमानेपाल कम्युनिस्ट पार्टी (नेकपा), प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)बीच त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको हो।

लेखकको संयोजकत्वमा कांग्रेसको निर्वाचन अनुगमन समिति

नेपाली कांग्रेसले मंसिर १४ गते हुने उपनिर्वाचन अनुगमनका लागि पार्टी केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा छ सदसीय समिति गठन गरेको छ। पार्टी विधानको व्यवस्थाअनुसार स्वच्छ र निष्पक्ष निर्वाचन भए नभएको अनुगमनका लागि समिति गठन गरेको हो।

उपनिर्वाचन र जनताको मूल्यांकन

जनताले कसरी मूल्यांकन गरेर मंसिर १४ गते मतदान गर्छन्, त्यो हेर्न बाँकी छ। यो उपनिर्वाचनलाई लोकतन्त्रवादी र साम्यवादीबीचको ‘मिनी’ जनमत संग्रहका रूपमा लिइनुपर्छ।

बागलुङमा विज्ञप्तिमार्फत नेकपाका घर्तीकाे बागी फिर्ता

नेपाल कम्युनिस्ट पार्टी(नेकपा) र राष्ट्रिय जनमोर्चाबीच केन्द्रीयस्तरमा भएको सहमतिलाई चुनौती दिँदै बागलुङ क्षेत्र नम्बर २ (ख) को उपनिर्वाचनमा उम्मेदवारी दिएपछि शेरमान घर्ती चर्चित बने। यो चारदिन सबैको ध्यान शेरमानमै केन्द्रित भयो।

प्रतिनिधि र प्रदेशसभामा ६४ उम्मेदवार

प्रतिनिधिसभा र प्रदेशसभाको आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा ६४ जना उम्मेदवारले चुनावी प्रतिस्पर्धामा भाग लिने भएका छन्। उपनिर्वाचन हुने जिल्लाका मुख्य निर्वाचन अधिकृतको कार्यालयले आइतबार उम्मेदवारको अन्तिम नाम प्रकाशन गरेको हो।

उद्योग वाणिज्य संघ पाल्पाको अध्यक्षमा पुनःमहर्जन

पाल्पा उद्योग वाणिज्य संघको अध्यक्षमा होटल व्यवसायी राजु महर्जन निर्विरोध निर्वाचित भएका छन्।

उपनिर्वाचनः उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुँदै

निर्वाचन आयोगले आगामी मंसिर १४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा उपनिर्वाचनको उम्मेदवारको अन्तिम नामावली आज प्रकाशित गर्ने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्