९ आश्विन २०८१ बुधबार
image/svg+xml

सभामुखको निर्वाचन हुँदै (LIVE)

प्रतिनिधिसभाको रिक्त सभामुख पदको निर्वाचन आज हुँदैछ। सो पदका लागि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अग्निप्रसाद सापकोटाको मात्र उम्मेदवारी परेकाले बैठकमा प्रस्तावकले प्रस्ताव प्रस्तुत र समर्थकले समर्थन गरेपछि उनलाई निर्विरोध निर्वाचित भएको घोषणा गरिनेछ।

आज सभामुख पाउँदै प्रतिनिधिसभा

प्रतिनिधिसभाले आज सभामुख पाउँदैछ। गत असोजदेखि संसद सभामुख विहिन छ। सभामुखमा नेपाल कम्युनिस्ट पार्टीका तर्फबाट अग्निप्रसाद सापकोटाको मात्रै उम्मेदवारी परेको छ। उनी निर्विरोध निर्वाचित हुन लागेका हुन्।

नेकपाका १६ र राजपाका दुई विजयी

फागुन २० गते रिक्त हुने राष्ट्रियसभाका १८ सिटका लागि बिहीबार भएको निर्वाचनबाट सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी (राजपा) का उम्मेदवार निर्वाचित भएका छन्।

सुदूरपश्चिममा नेकपामा दुबै उम्मेदवार विजयी

राष्ट्रियसभा निर्वाचन अन्तर्गत सुदूरपश्चिमबाट नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का दुबै उम्मेदवार विजयी भएका छन्। यहाँ दुई सिटका लागि निर्वाचन भएको थियो। जसमा नेकपाका अन्य(खुला) तर्फका उम्मेदवार तारामान स्वाँर र महिलातर्फका उम्मेदवार शारदा भट्ट निर्वाचित भएका छन्।

प्रदेश ५ मा नेकपा विजयी

प्रदेश नम्बर ५ बाट राष्ट्रिय सभाका तीनवटै सदस्यमा नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) विजयी भएको छ। प्रदेश नम्बर ५ बाट नेकपाका तीनै उम्मेदवार विजयी भएका हुन्।

कर्णाली प्रदेशमा नेकपा विजयी

राष्ट्रियसभा निर्वाचनमा कर्णाली प्रदेशबाट नेकपा विजयी भएको छ। नेकपाका तर्फबाट उम्मेदवार बनेका सुमित्रा विसी र मायाप्रसाद शर्मा विजयी भएका हुन्। निर्वाचन अधिकृत डा. राजेन्द्रकुमार आचार्यका अनुसार विसीले तीन हजार ६ सय ८४ मत ल्याएकी छन्। उनकी प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार गणेशकुमारी बस्नेतले एक हजार २६ मत ल्याइन्।

नारायणकाजी श्रेष्ठ राष्ट्रिय सभामा निर्वाचित

नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका छन्। गण्डकी प्रदेशबाट ३४ सय ६२ मतभार पाएरका उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सूर्यप्रसाद रेग्मीलाई १ हजार २ सय १८ मतभारले पराजित गरे। रेग्मीले २२ सय ४४ मतभार प्राप्त गरेका थिए। उनले अन्य समूहबाट राष्ट्रियसभा सदस्यमा उम्मेदवारी दिएका थिए।

प्रदेश ५ मा ३ सय ३ मत खस्यो

प्रदेश नम्बर ५ मा राष्ट्रियसभा सदस्य चयनका लागि भएको निर्वाचनमा ३ सय ३ मत खसेको छ। घोराहीस्थित कर्मचारी मिलन केन्द्र मतदान केन्द्रमा भएको निर्वाचनमा प्रदेशसभा सदस्य ८६ र स्थानीय तहका प्रमुख उपप्रमुख २ सय १७ जनाले मतदान गरेका हुन्।

राष्ट्रियसभा निर्वाचनको मतदान जारी

राष्ट्रियसभा सदस्य निर्वाचन २०७६ अन्तर्गत गण्डकी प्रदेशमा मतदान जारी रहेको छ। आज बिहान १० बजेदेखि साँझ ४ बजेसम्म जिल्ला निर्वाचन कार्यालय कास्कीको परिसरमा मतदाता मतदान गरिरहनुभएको छ। मतदानका लागि गण्डकी प्रदेशअन्तर्गतका ११ वटै जिल्लाबाट अधिकांश मतदाता बुधबार नै आइसकेका थिए।

गठबन्धनका लागि निर्वाचन ‘प्रतिष्ठाको लडाइ’

प्रदेश २ मा राष्ट्रियसभा सदस्यका लागि मतदान हुँदैछ। जनकपुरस्थित महेन्द्र नारायण निधि मिथिला सांस्कृतिक केन्द्रमा बिहान १० बजेबाट मतदान सुरु भएको हो। मुख्यमन्त्री राउत र मन्त्री यादवले ‘क’ मतगणना स्थलबाट पहिलो र दोस्रो मत खसालेका हुन्।

राष्ट्रिय सभा सदस्य निर्वाचन : मतदान आज

राष्ट्रिय सभाका एकतिहाई सदस्यको निर्वाचनअन्तर्गत बिहीबार बिहान १० बजेदेखि अपराह्न चार बजेसम्म मतदान हुँदैछ। सातवटै प्रदेशबाट गरी १८ जना राष्ट्रिय सभा सदस्यमा निर्वाचित हुने छन्।

राष्ट्रियसभा निर्वाचन : प्रदेश ५ मा ३ सय ४ मतदाता

बिहीबार हुने राष्ट्रियसभा निर्वाचनको तयारी दाङमा पूरा भएको छ। बिहीबार बिहान १० बजेदेखि हुने मतदानको सबै तयारी पूरा भईसकेको जिल्ला निर्वाचन कार्यालय दाङले जनाएको छ। निर्वाचनका लागि घोराहीस्थित कर्मचारी मिलन केन्द्रको प्रांगनमा मतदान हुनेछ।

राष्ट्रियसभा निर्वाचनको तयारी अन्तिम चरणमा

राष्ट्रियसभा सदस्य पदमा सुदूरपश्चिम प्रदेशबाट निर्वाचित हुने दुई सदस्य पदका लागि बिहीबार हुन गइरहेको निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ। निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश बिदुर काफ्लेले सो निर्वाचनको मतदाताका रूपमा रहेका प्रदेशसभाका सदस्य, नगरपालिकाका प्रमुख/उपप्रमुख र गाउँपालिका अध्यक्ष/उपाध्यक्ष मतदानस्थलमा पुग्ने क्रम सुरु भएको बताए।

निर्वाचन आयोग भन्छ : मौन अवधि सुरु भयो, एसएमएस गरेर पनि भोट नमाग्नुस्

निर्वाचन आयोगले माघ ९ गते विहिबार हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा निर्वाचन सम्बन्धी आचार संहिता पूर्ण पालना गर्न सम्पूर्ण दल तथा तीनै तहका सरकारलाई अपिल गरेको छ।

चुनावी रणनीति बनाउँदै दलहरू

राष्ट्रियसभा निर्वाचन नजिकिएसँगै दलहरू चुनावी रणनीति बनाउन व्यस्त छन्। आफ्ना उम्मेदबवरलाई जिताउन चुनावी तालमेल गर्नमा दलहरूको सक्रियता बढेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्