‘ऋणको ब्याज तत्काल घट्दैन’
निक्षेपमा केही सुधार आए पनि लामो समय लगानीयोग्य रकमको अभावको खडेरी परेकाले तत्कालै कर्जाको ब्याजदर घट्ने सम्भावना त म देख्दिनँ।
निक्षेपमा केही सुधार आए पनि लामो समय लगानीयोग्य रकमको अभावको खडेरी परेकाले तत्कालै कर्जाको ब्याजदर घट्ने सम्भावना त म देख्दिनँ।
उद्योगी, व्यवसायीहरुले उत्पादन क्षेत्रमा प्रवाह गर्ने कर्जाको ब्याजदर नौ प्रतिशतमा झार्न सुझाव दिएका छन्। सरकारको सल्लाहकारको रुपमा रहेको नेपाल राष्ट्र बैंकले आगामी बजेटका लागि सरोकारवालासँग सुझाव संकलन गर्न बुधबार आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा उद्योगी, व्यवसायीले कर्जाको ब्याजदर एकल अंकमा झार्न आग्रह गरेका हुन्।
जुम्लाको तातोपानी गाउँपालिकाले लक्षित वर्ग र गरीबी न्यूनीकरणका लागि निर्ब्याजी ऋण उपलब्ध गराउने भएको छ।
विभिन्न वाणिज्य बैंकबाट कर्जा लिएर व्यापार व्यवसाय गरेका लगानीकर्ताले चैत मसान्तमा मात्र १३ अर्ब रुपैयाँभन्दा बढी ब्याज बुझाएका छन्। लगानीकर्ताले ऋण लिएबापत बुझाएको यो ब्याज रकमले बैंकको आम्दानीसँगै अहिले देखिएको लगानीयोग्य पुँजी (तरलता) अभावमा समेत केही कमी ल्याउने छ।
बैंकको ब्याजदरमा अनपेक्षित वृद्धि र बजारमा पुँजी अभावको असर नेपालले आयात गर्ने मुख्य मालवस्तुको पैठारीमा परेको छ । निर्माण सामग्री उत्पादनको लागि चाहिने कच्चा पदार्थ, निर्माण कार्यमा प्रयोग हुने उपकरण, विद्युत् आयोजनाका सामग्री, फलामका फर्निचर, गाडीका चेचिस, मोटरसाइकल लगायतको आयात पोहोरको भन्दा खस्केकोे छ । यस आर्थिक वर्षको साउनदेखि फागुनसम्मको तथ्यांक हेर्दा यस्तो देखिएको हो ।
लामो समयदेखि सेयर बजार उकालो लाग्न नसक्नुको एउटा प्रमुख कारण सेयर धितोमा राखेर दिने कर्जाको ब्याज चर्को हुनु रहेको सरोकारवालाले बताएका छन्। बैंक, वित्तीय संस्थाहरुले सेयर धितो राखेर १४–१५ प्रतिशत ब्याजमा ऋण दिँदै आएका छन्। यस्तो चर्को ब्याजमा लिएको ऋणले सेयर खरिद गर्दा आम्दानी नहुने देखेर लगानीकर्ताले सेयर किन्न नचाहेका हुन्।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नयाँ बचत योजना ‘सिटिजन्स विशेष बचत खाता’ सार्वजनिक गरेको छ ।बैंकको मुख्य कार्यालय दरबारमार्गमा आयोजित एक कार्यक्रममा ‘सिटिजन्स विशेष बचत खाता’ योजना सार्वजनिक गरेको हो । यस योजनामार्फत ग्राहकले आकर्षक ब्याजका साथ बिमा सुविधा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
अर्थमन्त्री युवराज खतिवडाले व्यवसाय चल्ने र बैंंकलाई निश्चित मुनाफा हुने गरी ब्याजदर निर्धारण हुनुपर्ने बताएका छन्। उनले मंगलबार बजेटको अर्धवार्षिक समीक्षामा यस्तो बताएका हुन्।
नेपाल बैंक लिमिटेडले कर्जाको ब्याजदर घटाएको छ। उद्यमी व्यवसायीको माग संबोधन गर्ने क्रममा सबै प्रकारका कर्जाको ब्याजदर १.४६ प्रतिशतले घटाएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
ऋणको ब्याजदर घटाउने रणनीतिमा लागेको नेपाल राष्ट्र बैंक र नेपाल बैंकर्स संघबीच तीव्र विवाद देखिएको छ।
सरकार र व्यवसायीबीच सहमतिपछि मौद्रिक नीतिको समीक्षामार्फत बढ्दो ब्याज नियन्त्रणको प्रयास थालिएको छ। बैंकर्सहरुले भने मौद्रिक नीतिको समीक्षामा भएको कल निक्षेप व्यवस्थापनको विषयले ब्याज अनियन्त्रित बनाउने प्रतिक्रिया दिएका छन्।
नेपाल इन्भेस्टर्स फोरमले बैंकको ब्याजदर एकल अंकमा झार्न सरकारलाई सुझाव दिएको छ।
कर्जाको ब्याज नघटेपछि उद्योगी व्यवसायी आन्दोलनमा उत्रिएका छन्। प्रधानमन्त्रीलाई समेत भेटेर व्यवसायीहरूले ब्याजदर घटाइदिन आग्रह गरे। तर, व्यवसायीले भनेजस्तो बैंकहरूले कर्जाको ब्याज घटाउन सक्ने अवस्था छैन।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गर्ने मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा ऋणको चर्को ब्याजदर घटाउने उपायको खोजी गरिरहेको छ।
राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले ब्याजदर घटाउन राष्ट्र बैंक सकारात्मक रहेको बताएका छन्। राष्ट्र बैंकको विराटनगर कार्यालयले मंगलबार आयोजना गरेको कार्यशालामा सिवाकोटीले ब्याजदर घटाउनुपर्ने उद्योगीको मागप्रति राष्ट्र बैंक सकारात्मक रहेको बताएका हुन्।