वर्तमान सरकारलाई हटाएर निर्वाचनको माहोल बनाऔंः नेता पौडेल
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तत्कालै निर्वाचनभन्दा पनि वर्तमान सरकारलाई हटाएर निर्वाचनको माहोल बनाउनुपर्नेमा जोड दिएका छन्।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तत्कालै निर्वाचनभन्दा पनि वर्तमान सरकारलाई हटाएर निर्वाचनको माहोल बनाउनुपर्नेमा जोड दिएका छन्।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीका नेता एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधनले देशले होनहार र उदयीमान नेता गुमाएको बताएका छन्।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतान्त्रिक व्यवस्था जोगाउन नेपाली कांग्रेसको नेतृत्वमा सरकार आवश्यक रहेको बताएका छन्। नेपाली कांग्रेस मोरङका पूर्व सभापति अशोक कोइरालाको ९ औं दिनको पुण्य तीथिका अवसरमा विराटनगरस्थित पार्टीको कार्यालयमा आयोजित श्रद्धाञ्जलीसभालाई सम्बोधन गर्दै पौडेलले लोकतन्त्र जोगाउन कांग्रेसको नेतृत्वमा सरकार आवश्यक रहेको बताएका हुन्।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ओली सरकार ढाल्नुपर्ने बताएका छन्। प्रेस युनियन कास्कीले मंगलबार पोखरामा आयोजना गरेको पूर्णप्रसाद/मायादेवी शान्ति पत्रकारिता पुरस्कार २०७७’ वितरण कार्यक्रममा बोल्दै उनले कांग्रेसले राष्ट्रिय जनता समाजवादी पार्टी (जसपा) र नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रलाई साथमा लिएर वर्तमान केपी ओली सरकार ढाल्नुपर्ने बताएका हुन्। देशलाई अनिर्णयको बन्दी बन्नबाट निकास दिन ओली सरकार ढाल्नुपर्ने उनको भनाइ छ।
नेकपाको फुटले कांग्रेसलाई फाइदा हुने विश्लेषण नेतृत्वमाझ अहिले चर्चाको विषय बनेको छ । नेकपालाई हेर्ने दृष्टिकोणमा समेत सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच खण्डित विचार आउनु न कांग्रेसका लागि फाइदा हुने कुरा हो न त राष्ट्र र लोकतन्त्रका लागि नै ।
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नै पार्टीको कमजोरीले गर्दा केपी शर्मा ओली सर्वसत्तावादको फासिस्ट रुपको प्रधानमन्त्री हुन थालेको बताएका छन्। उनले काँग्रेसले प्रतिपक्षको भूमिका प्रभावकारी खेल्न नसक्दा देशको कार्यकारी प्रमुखले अदालतमाथि धम्की दिने र निर्वाचन आफ्नो पक्षमा पार्न र्निलज्जा र निसङ्कोच अभिव्यक्ति दिने गरेको जिकिर गरे।
विवादको चुरो हो–बनिसकेका दुईवटा मोटरेबल पुल उद्घाटन गरेर आफ्नो पहलमा काम भएको देखाउन कांग्रेस र नेकपाबीच हानथाप चल्नु । त्यही हानथापले गर्दा बुधबार दिनभर तनहुँको मुकाम दमौली तनावग्रस्त बन्यो ।