८ आश्विन २०८१ मंगलबार
image/svg+xml

वि.सं २०७४ निर्वाचनको वर्ष, राजनीतिक उथलपुथल

विसं २०७४ नेपालको इतिहासमै सबैभन्दा धेरै र महत्वपूर्ण निर्वाचन भएको वर्षका रुपमा दर्ज भएको छ।

निर्वाचन आयोगमा अनियमितता

निर्वाचन आयोगले यसै वर्ष सम्पन्न निर्वाचनमा ठूलो रकम अनियमित रुपमा खर्च गरेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयबाट गरिएको लेखा परीक्षणबाट उक्त तथ्य खुलेको हो।

इक्यान निर्वाचन : बस्नेत प्यानलले गर्‍यो उम्मेद्वारीको घोषणा

नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आउँदो वैशाख ८ हुने निर्वाचनका लागि सरोज बस्नेत नेतृत्वको प्यानलले आफ्नो औपचारिक उमेद्वारी घोषणा गरेको छ।

निर्वाचन क्षेत्र फर्केर मन्त्री मगरले भनिन– वाचा पूरा गर्छु

खानेपानी मन्त्री तथा कञ्चनपुरको १ नम्बर निर्वाचन क्षेत्रबाट निर्वाचित प्रतिनिधिसभा सदस्य बिना मगरले कञ्चनपुरका मतदाता र ७ नम्बर प्रदेशले नै स्यावासी पाउने गरि काम गर्ने बताएकी छन्।

पत्रकार महासङ्घको वैशाख २२ मा सबै प्रदेशमा निर्वाचन

नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यसमितिको सम्पन्न तेस्रो पूर्ण बैठकले आगामी वैशाख २२ गते सबै प्रदेशमा महासंघको निर्वाचन गराउने निर्णय गरेको छ।

राष्ट्रपति निर्वाचनमा रेशम चौधरी पनि मतदाता

राष्ट्रपति निर्वाचनमा फौजदारी अभियोगमा पक्राउ परेका रेशमलाल चौधरी पनि मतदाता रहेका छन् । उनी कैलाली १ बाट प्रतिनिधिसभा निर्वाचित सदस्य हुन् । निर्वाचन आयोगले सार्वजनिक गरेको मतदाता नामवलीको क्रमसंख्या २५६ मा उनको नाम छ । उनको मतदाता नम्बर ३३८४११४ हो।

राष्ट्रपति निर्वाचनका लागि मनोनयन दर्ता आज

फागुन २९ गते हुने राष्ट्रपति निर्वाचनका लागि बुधबार मनोनयन दर्ताको समय तोकिएको छ। बुधबार विहान १० बजेदेखि दिउँसो २ बजेसम्मका लागि उम्मेद्वारी दर्ताको समय निर्धारण गरिएको हो।

राष्ट्रपति निर्वाचनको तयारीमा आयोग

निर्वाचन आयोगले यही फागुन २९ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ।

नेकाको संसदीय दलको निर्वाचन सोमबार : त्रिपक्षीय भिडन्त

नेपाली कांग्रेस संसदीय दलको नेता छनोटका लागि आगामी सोमबार निर्वाचन हुने भएको छ। पार्टी केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठको संयोजकत्वमा गठन भएको निर्वाचन समितिको मंगलबारको बैठकले फागुन २१ गते सोमबार नेता चयनका लागि निर्वाचन गर्ने मिति तय गरेको हो।

निर्वाचन हुनेमा शेर्पाको शंका

विद्रोही पक्षबाट अध्यक्षमा उम्मेदवारी दिएका कर्माछिरिङ शेर्पाले आइतबार अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचन समयमै हुनेमा शंका व्यक्त गरेका छन्।

यस्तो छ राष्ट्रपति निर्वाचनको कार्यतालिका, चुनाव २९ गते

निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको मिति तोकेको छ। आयोगको बिहीबार बसेको बैठकले फागुन २९ गतेको लागि निर्वाचन तोकेको हो।

निर्वाचन आयोगका कमजोरी सच्याउन प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनका क्रममा देखापरेका विकृतिबारे जनस्तरबाट उठेका टिप्पणीप्रति ध्यान दिन निर्वाचन आयोगलाई आग्रह गरेका छन्।

राष्ट्रपति/उपराष्ट्रपति निर्वाचन फागुनभित्रै

निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फागुनभित्रै गर्ने प्रस्ताव गरेको छ। राष्ट्रपति र उपराष्ट्रपतिको चुनावबारे छलफल गर्न विहीबार आयोगमा बसेको सर्बदलीय बैठकमा प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले निर्वाचन फागुनभित्रै गर्नुपर्ने प्रस्ताव गरेका हुन्।

खर्चको विवरण बुझाउनुस् : निर्वाचन आयोग

निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनमा भएको खर्चको विवरण यथाशक्य छिटो बुझाउन सम्पूर्ण उम्मेदवारलाई सूचित गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्