७ आश्विन २०८१ सोमबार
image/svg+xml

राष्ट्रकवि घिमिरेद्वारा मतदान

राष्ट्रकवि माधवप्रसाद घिमिरेले मतदान गरेका छन् । राष्ट्रकवि घिमिरेले बिहीवार मध्यान्ह लैनचौरस्थित कन्या माध्यामिक विद्यालयको मतदान केन्द्र ‘क’मा पुगेर मतदान गरे ।

दिउँसो १ बजेसम्म ४० प्रतिशत मतदान

दोस्रो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको आजको निर्वाचनमा दिउँसो १ बजेसम्म ४० प्रतिशत मतदान भइसकेको निर्वाचन अायाेगले जनाएकाे छ ।

यी उम्मेदवार जसले अाफूलार्इ मतदान गर्न पाएनन्

आज भइरहेको दोस्रो चरणको निर्वाचन अन्तर्गत ४५ जिल्लाको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा उम्मेदवारी दिएका विभिन्न राजनीतिक दलका केही उम्मेदवारले आफूलाई नै मतदान गर्न पाएनन् ।

बर्दियामा साढे १२ बजेसम्म ४५ प्रतिशत मतदान

दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा बिहीबार मतदाताले उत्साहपूर्वक मतदान गरिरहेका छन् । साढे १२ बजेसम्म ४५ प्रतिशत मतदान भइसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

१०२ वर्षीय वृद्धबाट मतदान

कास्कीको मादी गाउँपालिका–८ ध्रुव माध्यमिक विद्यालयको मतदान केन्द्रबाट १०२ वर्षीय वृद्ध वामदेव सापकोटाले मतदान गरेका छन्।

मतदान गर्न जाने क्रममा एकको मृत्यु

जिल्लाको खापरमाडाैँ आधारभूत विद्यालय मतदान केन्द्रमा मतदान गर्न जाने क्रममा एक महिलाको मृत्यु भएको छ।

बिस्फोटपछि पनि उत्साहजनक मतदान [फोटो फिचर]

मतदान केन्द्रमा सुतली बम बिस्फोट गराए पनि धरान उपमहानगरपालिकासहितको सुनसरी निर्वाचन क्षेत्र नं १ मा उत्साहजनक मतदान भइरहेको छ ।

मतदान केन्द्रमा चेकजाँच (फोटो फिचर)

आज बिहीवार ४५ जिल्लामा भइरहेको निर्वाचनमा सुरक्षा व्यवस्था निकै व्यवस्थित र कडा पारिएको छ । मतदान केन्द्रको पहिलो घेरामा नेपाल प्रहरी र म्यादी प्रहरीले मतदाताको चेकजाँच गरिरहेका छन् ।

मतदान गरेर फर्कदै गर्दा वृद्धको मृत्यु

पाल्पा रामपुर नगरपालिका–६ को दरैठाटी मतदान केन्द्रबाट मतदान गरेलगत्तै बिहान ११ः३० बजे एक वृद्धको मृत्यु भएको छ ।

धनकुटामा २० प्रतिसत मतदान

धनकुटामा १२ बजेसम्म २५ प्रतिशत मत खसेको मुख्य निर्वाचन कार्यलय धनकुटाका मुख्य निर्वाचन अधिकृत विनोद पोखरेलले बताए । १ लाख ५ हजार १ सय ८८ जना मतदाता रहेको धनकुटामा अहिले १ सय ५३ मतदान केन्द्रवाट मतदान भइरहेका छन् ।

विजुक्छेले गरे मतदान

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले मतदान गरेका छन् । उनले भक्तपुर नगरपालिका ५ स्थित विद्यार्थी निकेतन उच्च माध्यामिक विद्यालय भक्तपुर मतदान केन्द्रमा बिहान १० बजे मतदान गरेका हुन् । यो भक्तपुर क्षेत्र नं १ मा पर्छ ।

१०७ वर्षीया महिलाले गरिन् मतदान

झापाको दमक–८ जनता आधारभूत विद्यालय केन्द्रमा १ सय ७ वर्षीया नन्दकुमारी अधिकारीले मतदान गरेकी छन् ।

मतदानपछि प्रधानमन्त्री देउवाले भने- 'कांग्रेसले बहुमतसहित सरकार बनाउँछ'

प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेका छन्। उनले डडेलधुरास्थित गन्यापधुराको असिग्राम माविस्थित मतदान केन्द्रमा मतदान गरेका हुन्।

मतदानपछि खनालले भने- 'संक्रमणकालको अन्त्य भयो'

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि संक्रमणकाल अन्त्य भएको बताएका छन् । सूर्याेदय नगरपालिका–९, रम्फोकस्थित राष्ट्रिय आधारभूत विद्यालय केन्द्रमा मतदान गरेपछि उनले भने, ‘आजको निर्वाचनपछि संविधानको पूर्ण कार्यान्वय भयो, अब देश समृद्धिको ऐतिहासिक युगतिर प्रवेश गरेको छ ।’

चितवनमा २० प्रतिशत मतदान

प्रतिनिधि सभा प्रदेश सभा सदस्य निर्वाचनमा आज बिहानदेखि भइरहेको मतदानमा लगभग २० प्रतिशत मतदाताले मत हालिसकेको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ । ‘अघि १० बजेसम्म ठाउँ ठाउँका साथीहरुले गरेको रिपोर्टिङअनुसार २० प्रतिशतको हाराहारीममा मतदान भइसकेको बुझिन आएको छ’ कार्यालयका प्रमुख हरि ढकालले भने ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्