६ आश्विन २०८१ आइतबार
image/svg+xml

एफएनसीसीआई र राष्ट्रिय स्वतन्त्र पार्टीबीच छलफल

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू सम्मिलित प्रतिनिधिमण्डल र एफएनसीसीआईका पदाधिकारीबीच महासंघ सचिवालयमा अर्थतन्त्रमा उत्पन्न समस्या एवं समाधानका उपायहरू बारे बृहत् छलफल भएको छ।

लामिछानेप्रति विवेकशीलको आशंका

नेपाल विवेकशील पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको राहदानी प्रकरणमा लेनदेनको आशंका रहेको बताएको छ।

स्ववियु निर्वाचनः मकवानपुरका ५ मा अनेरास्ववियु र ३ सत्तापक्ष विद्यार्थी विजयी

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अन्तर्गत मकवानपुरका ८ वटै क्याम्पसको अन्तिम नतिजा प्राप्त हुँदा ५ वटामा एमालेको विद्यार्थी संगठन अनेरास्ववियु नेतृत्वको गठबन्धन र ३ वटामा सत्ता पक्षका विद्यार्थी संगठन विजयी भएका छन्।

उदयपुरमा क्रान्तिकारी १, अनेरास्ववियु २

आाइतबार सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन चुनावमा जिल्लाको जेठो शिक्षण संस्था त्रियुगा जनता बहुमुखी क्याम्पस मोतिगडामा माओबादीनिकट अखिल क्रान्तिकारीको विजयी भएको छ।

स्ववियु निर्वाचनः कर्णालीमा २४ क्याम्पसको नतिजा सार्वजनिक

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को आइतबार सम्पन्न निर्वाचनमा कर्णालीका २४ क्याम्पसको नतिजा सार्वजनिक भएको छ। हालसम्मको सार्वजनिक नतिजाअनुसार अखिल (क्रान्तिकारी) ले वर्चस्व कायम गरेको छ।

मुद्दा महान्यायाधिवक्ताको निर्णयमा निर्भर

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई राहदानी दुरूपयोगसम्बन्धी मुद्दा चलाउने/नचलाउने भन्ने निर्णय महान्यायाधिवक्ताले गर्ने भएका छन्।

जनताको जनजीविकासँग जोडिने गरी काम गर्न रास्वपाको निर्देशन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नेता तथा कार्यकर्तालाई जनताको दैनिक जनजीविकासँग जोडिने गरी काम गर्न निर्देशन दिएको छ।

१४ वर्षपछि स्ववियु निर्वाचन प्रक्रिया सुरु

त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा १४ वर्षपछि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन प्रक्रिया सुरु भएको छ।

स्ववियु निर्वाचनः आज मनोनयनपत्र वितरण

त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि आज उम्मेदवारलाई मनोनयनपत्र वितरण गरिंदै छ।

अखिल क्रान्तिकारीले गर्‍यो उम्मेदवारी घोषणा

चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको लागि अखिल क्रान्तिकारीले उम्मेदवारी घोषणा गरेको छ।

निर्वाचन क्षेत्र समिति गठन गर्दै रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचन क्षेत्र समिति गठन गर्ने भएको छ। केही दिनपहिले देशका सातै प्रदेश समिति गठन गरेको रास्वपाले निर्वाचन क्षेत्रमा पनि सङ्गठन निर्माण गर्न लागिएको जनाइएको छ।

रास्वपाले बोलायो केन्द्रीय कमिटीको बैठक, राष्ट्रपतिमा कसलाई मत देला?

राष्ट्रपतिमा कसलाई मत दिनेबारे छलफल गर्न बैठक बोलाएको बताइएको छ।

रास्वपाले फेरि रविलाई नै उम्मेदवार बनाउने

उनले भने, ‘लोकतन्त्रमा कहीँ नभएको विधि कांग्रेसले राष्ट्रपतिकै लागि सरकारलाई समर्थनको सहमति दियो।’

गृहकै अडानमा रास्वपा

नागरिकता विवादमा सर्वोच्च अदालतको माघ १३ को फैसलापछि रास्वपाका सभापति रवि लामिछानेले सांसद पदसहित उपप्रधान तथा गृहमन्त्री पदपनि गुमाएका थिए। त्यसपछि फैसलाको तेस्रो दिन नै जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट नागरिकता पुनः कायम गराएका थिए।

तत्काल सरकारमा नजाने रास्वापाको निर्णय

आज बसेको पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले तत्काल सरकारमा सहभागी नहुने निर्णय गरेको सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्