५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

तत्काल सरकारमा नजाने रास्वापाको निर्णय

फाइल तस्बिर

राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकारमा सहभागी नहुने बताएको छ।

आज बसेको पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले तत्काल सरकारमा सहभागी नहुने निर्णय गरेको सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले बताए।

गृह मन्त्रालय नपाएपछि रास्वपा माघ २२ मा सरकारबाट बाहिरिएको थियो, तर समर्थन फिर्ता लिएको छैन।

त्यस्तै पार्टीका केन्द्रीय सदस्य कबिन्द्र बुर्लाकोटीले चितवनमा रवि लामिछाने नै उम्मेदवार हुने कुरामा पार्टीमा विमति नरहेको बताए। यसअघि पार्टीका प्रमुख सचेतक सन्तोष परियारले पनि लामिछानेलाई नै पुनः उम्मेदवार बनाउने बताएका थिए। 

प्रकाशित: १ फाल्गुन २०७९ १२:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App