coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

रास्वपाले फेरि रविलाई नै उम्मेदवार बनाउने

फाइल तस्बिर।

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले गृह मन्त्रालय पाए तत्काल सरकारमा जाने बताएका छन्। रफत सञ्चार क्लबले सोमबार भक्तपुरमा गरेको साक्षात्कारमा परियारले विगतमा भएको सहमति अनुसार राष्ट्रपति र सभामुख एमाले, प्रधानमन्त्री माओवादी केन्द्र र चौंथो ठूलो दलको हैसियतले गृह मन्त्रालाय रास्वपालाई दिए तत्काल सरकारमा सहभागी हुने स्पष्ट पारे।

राष्ट्रपतिमा पनि विगतकै सहमति अनुरूप सत्ता गठबन्धनबाटै चयन हुने दाबी उनले गरे। उनले भने, ‘लोकतन्त्रमा कहीँ नभएको विधि कांग्रेसले राष्ट्रपतिकै लागि सरकारलाई समर्थनको सहमति दियो।’ वैशाख २ गते हुने चितवन क्षेत्र नं दुईमा हुने उपनिर्वाचनमा रास्वपाले आफ्ना पार्टी सभापति रवि लामिछानेलाई नै पुनः उम्मेदवार बनानउने र लामिछानेले भारी मतले विजय हुने दावी परियारले गरे।

विगतका राष्ट्रपतिहरू कुनै न कुनै विवादमा तानियको बताउँदै परियारले भने, अव बन्ने राष्ट्रपति निष्पक्ष र तटस्थ भूमिका निर्वाहा गर्नसक्ने व्यक्ति चयन हुनुपर्छ। 

प्रकाशित: २ फाल्गुन २०७९ ०२:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App