१५ असार २०८१ शनिबार
image/svg+xml

बालेनका अशोभनीय ‘स्ट्याटस’ का श्रृखंलाः सधैँको रोष, आक्रोश र व्यङ्ग्य !

लहरै राखेका केही थान एम्बुलेन्सको समेत फोटो राखेर उनले घोषणा गरेको कामको प्रभावकारिता बारे उनी स्वयमले त्यही हटाएको पोस्टबाट थाहा हुन्छ।

निर्वाचन आयोगले सोध्यो मेयर बालेनलाई स्पष्टीकरण

निर्वाचन आयोगले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)लाई स्पष्टीकरण सोधेको छ।

मेयर र उपमेयरलाई स्याबासी दिँदै कमल थापाले भनेः टुकुचामा पौडी खेलेको सम्झना आयो

‘सानो छँदा बागबजारदेखि पद्मोदय स्कुलसम्म टुकुचामा पौडी खेलेको रमाइलो सम्झना अझै ताजा छ,’ थापाले लेखेका छन्, ‘काठमाडौँका खोला नाला सफा स्वच्छ र कलकल बग्ने होस् शुभकामना।’

धमाधम उठ्न थाल्यो कर

काठमाडौँ महानगरपालिकाको पटक पटकको ताकेतापछि लामो समयदेखि ढुक्कले बसेका करदाता कर तिर्न थालेका छन्। महानगरको ताकेताका पछि अहिलेसम्म ८४ लाख ३४ हजार कर असुल भएको महानगर राजश्व विभागका प्रमुख डा.शिवराज अधिकारीले जानकारी दिए।

गलत काम गरेर आर्जन गरेको पैसाले मान्छेलाई कहिले पनि सुख हुँदैनः मेयर शाह

'इमानदारी नै उत्तम नीति हो भन्ने सम्झिए जिन्दगीमा धेरै अगाडि बढिन्छ। गलत काम गरेर आर्जन गरेको पैसाले मान्छेलाई कहिले पनि सुख हुँदैन। हामी हिन्दु धर्म, बौद्ध धर्म मान्ने मान्छेहरु हौँ।' उनले भने।, 'हामी पापमा विश्वास गर्छौं, गलत बाटोबाट आर्जन गरेको पैसा सबै पाप धुरीबाट कराउँछ भनेझै ति कुराहरुलाई अब तपाईंहरूले मनन गरेर आचरणमा पनि सुधार ल्याउनु होला।'

बहाल कर बुझाउन सेना र नेपाल प्रहरीका निकायलाई महानगरको पत्र

मेयर बालेन्द्र शाह (बालेन) को निर्देशनमा महानगरपालिकाले नेपाल आर्मी, नेपाल प्रहरी र समाज कल्याण परिषद्लाई आफ्ना क्षेत्रभित्र बहालमा लगाइ बहाल आम्दानी गरेको देखिएकाले त्यसवापतको बहाल कर बुझाउन पत्रमार्फत् आग्रह गरेको हो।

बालेनले सर्वोच्चमा तोकिएको म्यादभित्रै बुझाए लिखित जवाफ

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले बालेन नामबाट चलाइरहेको बालेन नामक भेरिफाइड फेसबुक पेज मार्फत् 'नक्सा पास नगरी बनाइएका संरचनाहरुलाई कारबाही गर्ने तथा नक्सा पास गर्ने अधिकार बरु संविधान नै संशोधन गरेर सर्वोच्च अदालतलाई दिने व्यवस्था गर्न हार्दिक अनुरोध गर्दछौं।'

सडक खाली गर्न नगरपालिकाको सूचनापछि चन्द्रनिगाहपुरमा हलचल

चन्द्रपुर नगरपालिकाले सोमवार सूचना प्रकाशित गरी चन्द्रपुरको पूर्व–पश्चिम लोकमार्गको दायाँ बायाँ २५/२५ मिटर तथा चन्द्रनिगाहपुर–गौर सडकको दायाँ बायाँ १५/१५ मिटर खाली गर्न अनुरोध गरेको छ। तोकिएको क्षेत्रभित्र रहेका विभिन्न किसिमका घर, टहरा, निर्माण सामग्री, विभिन्न किसिमका व्यापारहरु गर्दै आइरहेकोमा ७ दिनभित्र हटाउन नगरपालिकाले सूचना जारी गरेको हो।

‘सकारात्मक ऊर्जा दिने प्रयास’

कामबारेमा टिप्पणी गर्दै उनले आफैले मूल्यांकन गर्नेभन्दा पनि आम मानिसहरूले यो समयलाई कसरी हेरे त्यो अर्थपूर्ण हुने बताएका छन्।

अब मिचाहा वर्गलाई कानून मिच्न र मोटाइ रहन दिने छैनौं: मेयर बालेन

काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन)ले अब मिचाहा वर्गलाई कानून मिची रहन र अझ मोटाइ रहन नदिने बताएका छन्।

फोहोर नियमितरुपमा बञ्चरे डाँडा जाँदैछः मेयर शाह

मेयर शाहले सबैको सहभागिता र योगदानबाट मात्रै काठमाडौँ महानगरलाई सफा, सुन्दर र स्वस्थ महानगरको परिकल्पना साकार गर्न सक्ने बताए। उनले जनताको विश्वास छ र साथको अपेक्षा राखेका छन्।

बालेनले अधिकारको दुरुपयोग गरे: उवासं काठमाडौँ

‘महानगरले अहिले यदी अन्डरग्राउण्डमा पार्किङ भनेर नक्सा पास गरेको भए त्यसमा व्यवसायिक प्रयोजनको लागि चलायो भने घरधनीसँग कर उठाउने हो। त्यो कर उठाइरहेको छ त्यो कर उठाएर नगरपालिकाले बैंकमा राखेर ब्याज खाइरहेको छ। १० अर्ब कर उठाएर राज्यले खर्च गर्न सकेन भने ब्याज खान पाइँदैन। बालेन्द्र शाहलाई के भन्न चाहन्छु भने जनताको मेयर हो भने १० अर्ब उठाएको पैसा जनतालाई फिर्ता दिनुपर्छ।'

काठमाडौँका मेयर बालेन आक्रोशित

बिहीबार बिहान काठमाडौँको नयाँबानेश्वरस्थित अल्फाविटा कम्प्लेक्समा बनाइएको अनधिकृत संरचना हटाउन दिइएको निर्देशनलाई निर्देशक द्विराज शर्माले नमानेपछि मेयर शाह आक्रोशित भएका हुन्।

बालेनलाई साम्पाङको अर्को कटाक्ष: सबैको बाँच्ने अधिकार हुन्छ

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौंका मेयर बालेन्द्र शाहको काममाथि अर्को टिप्पणी गरेका छन्।

राति जथाभावी फोहोर फाल्नेलाई कारबाही गरिने

नेपाल प्रहरीको आयोजनामा आज काठमाडौँमा भएको उपत्यकास्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठीमा उनले अहिले उपत्यकामा रहेको फोहोरको पूर्ण व्यवस्थापन लगत्तै ट्राफिक प्रहरीको समन्वयमा सिसी टिभी हेरेर जथाभावी फोहोर फाल्ने व्यक्तिलाई कारबाही गरिने बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्