१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

हलगोरु पाल्ने किसानलाई दश हजार अनुदान

तनहुँको म्याग्दे गाउँपालिकाले हलगोरु पाल्ने किसानलाई प्रोत्साहनस्वरुप दश हजार अनुदान दिने भएको छ।

दाइँ लगाउने चलन हराउँदै

पहिले हरेक घरमा कृषि कामको सहायताका लागि गाईगोरु पाल्ने चलन थियो तर अहिले उक्त चलन हराउँदै गएको मालिका–३ बेलीका किसान कृष्ण विकले बताए। ‘केही वर्षअघिसम्म मान्छे र पशुको सहायताले हुने कृषि काम गरिन्थ्यो अहिले कृषि यन्त्रको प्रयोग बढेको छ’, उनले भने।

तिहारको चौथो दिनः आज गोवर्द्धन, बलि, गोरु र हली पूजा

भगवान् विष्णुले बलि राजालाई यमपञ्चकका पाँच दिन मत्र्यलोकको शासन गर्ने अधिकार दिएको विश्वासका आधारमा आज बलि राजाको पनि सम्झनास्वरूप पूजा आराधना गरिन्छ। यसैकारण तिहारमा देउसी भैलो खेल्नेले हामी त्यसै आएनौँ बलि राजाले पठाए भनेर भट्याउने चलन चलेको हो।

सीमापारी दशैँको रौनक, वारी सुनसान

किनमेलका लागि उपभोक्ताहरु भारतीय बजारमा जाने गरेकोले उनीहरु निराश बनेका छन्। तौलिहवा उद्योग वाणिज्य संघका अध्यक्ष गयादीन कुर्मीले भारतीय बजार तर्फ आम उपभोक्ताहरु आकर्षित भए पछि दशैँका बेलामा समेत तौलिहवाका व्यापारी निराश रहेको बताए।

गोरुले हान्दा खोटाङमा एक जनाको मृत्यु

खोटाङमा गोरुले हान्दा एकजनाको मृत्यु भएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ का ५० वर्षीय असुरध्वज राईको छिमेकीको गोरुले हान्दा मृत्यु भएको स्थानीय कोमलप्रसाद ढकालले जानकारी दिए।

गोरु तस्करीको अन्तर्य : गोरु रोक्नेलाई धम्की र प्रलोभन

‘तपाईलाई पनि हामी मिलाउँछौँ,तपाईले गाडी छोडिदिनु पर्यो,’ राजुलाई ति एजेण्टले प्रलोभन पार्न खोजे ‘तपाईलाई पनि केहि हुन्छ, मिलेर काम गरौँ ।’ खुलेआम गरिएको आर्थिक प्रस्तावले गोरु तस्करी भैरहेको प्रमाणित भयो । अनि राजुले ईलाका प्रहरी कार्यालउ कुसुमलाई गोरु तस्करी बारे जानकारी गराए । तर प्रहरी आईपुगेन ।

तारुकामा गोरुको घम्साघम्सी (फोटो फिचर)

माघे सङ्क्रान्तिको अवसरमा हरेक वर्ष जस्तै नुवाकोटको तारुकामा गोरु जुधाइ मेला भएको छ। माघे संक्रान्तिमा जिल्लाका चार स्थानमा ३१ हल गोरु जुधाइएको थियो। तारुका गोरु जुधाउने चर्चित स्थानका रुपमा रहेको छ। यहाँ १७ हल गोरु जुधाइएको आयोजकले जनाएका छन्।

माघे सङ्क्रान्तिमा नुवाकोटमा ३१ हल गोरु जुधाइने

यस वर्ष माघे सङ्क्रान्तिमा नुवाकोटका विभिन्न स्थानमा गोरु जुधाइ मेला हुने भएको छ। जिल्लाका चार स्थानमा ३१ हल गोरु जुधाइने कार्यक्रम तय भएको आयोजकले जनाएका छन्।

खेती गर्न गोरुको अभाव

रुकुमपूर्वको जिल्ला सदरमुकाम रुकुमकोटमा पछिल्लो समय गाई, भैंसी, गोरु पाल्न क्रम घट्दै गएको छ। पहिले गोडभरि देखिने गाई, गोरु, भैंसी अहिले मुस्किलले कसैकसैको घरमा मात्र देख्न पाइन्छ।

नेता जुधाइमा परिणत गोरु जुधाइ

माघे सङ्क्रान्तिका विभिन्न विशेषता छन्। त्यसमध्ये एउटा हो– गोरु जुधाउने। यस अवसरमा नुवाकोटका विभिन्न ठाउँमा गोरु जुधाएर रमाइलो गरिने प्रचलन छ। जसले एकातिर परम्परा थेग्ने काम गरेको छ भने अर्कोतिर थोरै समयकै लागि किन नहोस् मनोरञ्जन पनि प्रदान गर्ने गरेको छ।

गोरु काटेको आरोपमा पक्राउ

गोरु काटेको आरोपमा यहाँस्थित सूर्योदय नगरपालिका–९ को रम्फोकबाट दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रम्फोककै ३८ वर्षीय निमा तामाङ र ३८ वर्षीय पेमा तामाङ रहेका छन्।

पुड्केको जुक्ति...

अघिल्लो वर्ष चन्द्रमान श्रेष्ठको रातेसँग शिव ढकाल ‘झ्टे’ले किनेको पुड्के (गोरुको नाम) प्रतिस्पर्धामा उत्रियो। उसले रातेविरुद्ध सहजै जीत हासिल गर्‍यो। ढकालले पुड्केलाई नजिकैको कुमार अधिकारीबाट खरिद गरेका थिए।

गोरु जुधाएर मनाइँदै माघे सङ्क्रान्ति

माघे सङ्क्रान्तिका अवसरमा नुवाकोटका विभिन्न पाँच स्थानमा गोरु जुधाइ मेला आयोजना गरिएको छ। जिल्लाको तारूका, बेत्रावती, सातविसे, पञ्चकन्या र कट्टिछाँपमा गोरु जुधाइ मेलाको आयोजना गरिएको छ।

बेत्रावतीमा ११ हल गोरु जुधाइने

रसुवा र नुवाकोटको सीमा क्षेत्र बेत्रावतीमा बुधबार ११ हल गोरु जुधाइने भएको छ। हरेक वर्ष माघे संक्रान्तिको अवसरमा गोरु जुधाइ मेला सञ्चालन गर्दै आएकोमा यो वर्ष पनि प्रतियोगिता सञ्चालन गर्न लागिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्