१० मंसिर २०८१ सोमबार
image/svg+xml

नयाँ पदमार्ग निर्माण गर्न अध्ययन

रसुवाको आमाछोदिङ्मो गाउँपालिकाले नयाँ पदमार्गको अध्ययन गरेको छ। नेपाल भ्रमण वर्ष २०२० लाई मध्यनजर गर्दै पदमार्गको अध्ययन गरिएको हो।

पाँचपोखरी–मेरा ट्रेक

पछिल्लो समय पर्यटन विकासका लागि गाउँगाउँमा जागरण बढ्दै छ। गाउँलेको सक्रियता बढ्दै छ। आफ्नै बलबुतामा पर्यटन गन्तव्य बनाउन लागि परेका छन् उनीहरू। यही सन्दर्भमा सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाका युवाले नयाँ पदमार्ग ‘पाँचपोखरी–मेरा टे«क’ पहिचान गरेका छन्।

कञ्चनजंघामा वार्षिक १० हजार पर्यटक भित्र्याउने लक्ष्य

विश्वको तेस्रो अग्लो शिखर कञ्चनजंघाको पदमार्ग आधाले छोटिने गरी नयाँ पर्यटकीय रुटको प्रस्ताव अघि सारिएको छ। यो प्रस्तावअनुसार यसअघि २२ दिन लाग्ने पदमार्ग ११ दिनमा झर्ने छ।

जाऔं है जलजला

माओवादी जनयुद्धको उद्गमस्थल रोल्पा प्राकृतिक र सांस्कृतिक रूपमा समेत समृद्ध छ। गुरिल्ला पदमार्गमा पर्ने रोल्पाको एउटा गन्तव्य हो–जलजला। नेपाल भ्रमण वर्ष २०२० का लागि सरकारले घोषणा गरेको सय गन्तव्यको सूचीमा जलजला पनि सूचीकृत भएको छ।

भरियादेखि पर्यटन अभियन्तासम्म

‘२०वर्षको उमेरदेखि पर्यटकको भारी बोकेँ। उत्तरी गोरखाको मनास्लु पदमार्ग जाने पर्यटकको भारी बोक्न पाइन्थ्यो।

डाेल्पाका पर्यटकीय पदमार्ग : भ्रष्टाचारीको कमाइ खाने भाँडो

संघ र प्रदेश सरकारबाट जिल्लाका आठै स्थानीय तहमा पर्यटन पदमार्ग निमार्णका लागि ५० करोडका झण्डै ४४ वटा योजना भित्रिएका छन्। कामै नगरी पेस्की निकासा गर्ने र कतिपय ठाउँमा सुरु नभई सम्पन्न भएको नक्कली कागज र किर्ते सही गरी रकम भुक्तानी लिने गरेको समेत पाइएको छ।

रेलिङ राख्न पर्यटन व्यवसायीको आग्रह

धादिङका पर्यटन व्यवसायी मिलन तामाङ दुई जना विदेशी पर्यटक सहित गोसाईकुण्ड पुगे। तीन दिनको ट्रेकको लागि शनिबार गोसाईकुण्ड जाँदा बाटोभरि हिउँ थियो। हिउँमा मान्छेको पाइला देखिन्थे। ‘मान्छेले खनेर बाटो खोलेको थिएन, उनले भने, मान्छे हिँड्दा बनेको पाइलाले बाटो पहिल्याउन सक्यौँ।’

दक्षिण ललितपुरका गुराँसे पदमार्गहरू

ललितपुर भन्नेबित्तिकै हामी लगनखेल र वरपरका बस्ती सम्झन्छौं। यति मात्र होइन, पूर्वको फुल्चोकीदेखि दक्षिण महाभारत श्रृखलासम्मका पहाडी भू–भाग पनि ललितपुर हुन्।

एक महिनापछि खुल्यो अन्नपूर्ण फेरो पदमार्ग

साहसिक र विश्वमै ख्याती कमाएको अन्नपूर्ण फेरोको पदमार्ग झण्डै एक महिनापछि खुलेको छ। लगातारको हिमपातपछि बाक्लो हिउँ थुप्रिएको पदमार्गमा मनाङबाट गएको स्थानीयको टोलीले ट्र्याक खुलाएपछि पदयात्राका पर्यटक आउजाउ गर्न सकेका हुन्। पछिल्लो एक दशक अवधिमा हिमपातका कारण यति लामो समय पदमार्ग बन्द भएको यो नै पहिलो पटक हो।

हिमपातले गोसाईकुण्ड पदमार्ग अवरुद्ध

हिमपातका कारण गोसाईकुण्ड पदमार्ग एक महिनादेखि अवरुद्ध भएको छ। स्वदेशी तथा विदेशी पर्यटकको प्रमुख आकर्षणका रूपमा रहेको धार्मिक तथा पर्यटकीय स्थल गोसाईकुण्ड जाने धुन्चे–गोसाइकुण्ड पदमार्ग अवरुद्ध भएका कारण पर्यटक चन्दनबारीसम्म पुगेर फर्कने गरेका छन्।

मिस्टिकल मनास्लु

शुक्रबारदेखि नेपाल पर्यटन बोर्डमा ‘मिस्टिकल मनास्लु’ शीर्षकमा लक्ष्मीप्रसाद ङाखुसीका तस्बिरहरूको प्रदर्शनी सुरु भएको छ। विगत १० वर्षदेखि पटकपटक मनास्लु पदमार्ग घुमेर खिचेका प्रकृति, संस्कृति र जीवनशैली झल्कने ३५ वटा तस्बिर प्रदर्शनीमा राखिएको छ।

मिलेनियम ट्रेक’ सूचारू गरिँदै

पछिल्लो समय पदमार्गहरू छोटिने क्रम बढिरहेकोमा तनहुँको दुलेगौँडाबाट स्याङ्जाको रामबाछा जोडिने ‘मिलेनियम ट्रेक’को पुनः जागरणको प्रयास सुरु भएको छ। मध्य पहाडी क्षेत्रको झण्डै ७२ किमी लम्बाइको यो पदमार्ग सन् २००० मा सुरु भए पनि ओझेलमा पर्दै आएको थियो।

पाहुना स्वागतमा व्यस्त छन् अन्नपूर्ण पदमार्गका होटल

कालापत्थरको फेदमा रहेको मनाङको ढिकुरपोखरीमा साना र ठूला गरेर पाँचवटा होटल छन्। ती होटलका सञ्चालकलाई यतिबेला बोल्ने फुर्सद छैन।

एबिसी पदमार्गमा मोटरबाटो विस्तारमा रोक

पदमार्गमा मोटर पुगेर विदेशी पर्यटकको पदयात्रा अवधि छोटिएको गुनासो आइरहँदास्थानीय र पदयात्री व्यवसायीले अन्नपूर्ण आधारशिविर (एबिसी) पदमार्गको माथिल्लो भेगमा आगामी ३० वर्षसम्म मोटरबाटो विस्तार गर्न नदिने सम्झौता गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्