७ आश्विन २०८१ सोमबार
image/svg+xml

पोखरा स्पोर्टस् अवार्डमा टेनिसको ह्याट्रिक

पोखरा स्पोर्टस अवार्ड–२०७८ मा प्रदीप खड्का र अरुणा शाही सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्। खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेशले शनिबार पोखरामा आयोजना गरेको वर्ष सर्वोत्कृष्ट खेलाडी पुरुषमा टेनिसका प्रदीप र वर्ष सर्वोत्कृष्ट खेलाडी महिलामा भलिबलकी अरुणाले अवार्ड जितेका हुन्।

दुई दिनअघि बितेकी हजुरआमालाई जित समर्पण

विश्वको छैटौं वरीयता प्राप्त कारोलिना प्लिसकोभासँग बोल्टरले पहिलो सेट ६–३ ले सहजै गुमाइन्। तर, उनले दोस्रो सेट ७–६ (७–४) र तेस्रो सेट ६–४ ले आफ्नो बनाउँदै विश्वको शीर्ष १० भित्र रहेकी प्लिसकोभालाई स्तब्ध बनाइन्।

लगातार तेस्रो पटक पराजित

नेपाली महिला टिम आइटिएफ एसिया यु–१२ टिम टेनिस प्रतियोगिता (रिजनल क्वालिफाइङ इभेन्ट साउथ एसिया) मा बुधबार लगातार तेस्रो पटक पराजित भएको छ।

नेपालको अर्काे पराजय

नेपालले आइटिएफ एसिया यु–१२ टिम टेनिस प्रतियोगिता (रिजनल क्वालिफाइङ इभेन्ट साउथ एसिया) मा मंगलबार अर्को पराजय भोगेको छ।

एसिया यु–१२ टिम टेनिस सोमबारबाट

नेपाल टेनिस संघको आयोजनामा सोमबारबाट आइटिएफ एसिया यु–१२ टिम टेनिस प्रतियोगिता, रिजनल क्वालिफाइङ इभेन्ट साउथ एसिया हुने भएको छ।

बोधित र वियंका प्रथम

सुनसरीका बोधित डिसी र एपिएफकी वियंका राईले प्रथम मिलन स्मृति जुनियर राष्ट्रिय टेबल टेनिस प्रतियोगितामा सोमबार स्वर्ण जितेका छन्।

हान क्वार्टरफाइनलमा

काठमाडौं जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगिताको भेट्रानमा हानसहित कमलबहादुर भण्डारी, दावा सोनाम शेर्पा, भीष्मजंग गुरुङ, जितेन्द्र परियार, सन्तोष खत्री, राजेन्द्र श्रेष्ठ र सिमान्त गुरुङले क्वार्टरफाइनलमा स्थान बनाएका हुन्।

आइतबारबाट सिटिजन्स बैंक खुला टेनिस

काठमाडौं जिल्ला टेनिस संघको आयोजनामा आइतबारबाट आठौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिता हुने भएको छ।

चिनियाँ टेनिस स्टारले बयान फेरिन्

सोमबार फ्रान्सको खेलकुद दैनिक एल इक्युपेमा प्रकाशित अन्तर्वार्ताका क्रममा युगलतर्फ पूर्व विश्व नम्बर एक स्वेईले आफूले चीनका पूर्व भाइस प्रिमियर जाङ गाउलीमाथि यौन दुव्र्यवहारको आरोप नलगाएको अडान दोहोर्‍याएकी हुन्। उनले आफूहरूबीच सामान्य चिनजान भए पनि उनीसँग कहिल्यै पनि सम्बन्धमा नबसेको पनि बताएकी छिन्।

सफ्ट टेनिसको सम्मान

अन्तर्राष्ट्रिय सफ्ट टेनिस महासंघले आइतबार एक कार्यक्रम आयोजना गर्दै महासंघका विभिन्न ओहदामा मनोनयन गर्नुका साथै युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज (अथक) लगायत विभिन्न व्यक्तिलाई सम्मान गरेको छ।

घरेलु कोर्टमा प्रदीपलाई टेनिस उपाधि

दुईसाता अघि मात्रै काठमाडौंमा प्रधानसेनापति कप टेनिसका उपाधि जितेका पोखरेली खेलाडी प्रदीप खड्का पोखरामा आयोजित १८ औं सस्करणको माछापुच्छ्रे ओपन टेनिसको उपाधि रक्षा गरेका छन्।

पोखरामा १८ औं सस्करणको माछापुच्छ्रे ओपन टेनिस

आईतबारदेखि पोखरा रंगशाला टेनिस कोर्टमा १८ औं सस्करणको माछापुच्छ्रे खुल्ला टेनिस प्रतियोगिता शुरु हुँदै छ। कास्की जिल्ला टेनिस संघको आयोजनामा गतवर्ष कोभिडले रोकिएको प्रतियोगितालाई यो वर्ष निरन्तरता दिँदै पुस ११ गतेदेखि पोखरा रंगशालाका ६ वटा कोर्टमा शुरु हुने छ।

सिभाली र असभसम्राट च्याम्पियन

सिभाली गुरुङ र असभसम्राट हाडा १९औं जयकर स्मृति जुनियर राष्ट्रिय टेनिस प्रतियोगितामा यु–१० तर्फ च्याम्पियन भएका छन्।

महानगर खुल्ला टेबल टेनिसमा मुना र अनुशलाई स्वर्ण

पोखरा महानगर खेलकुद विकास समितिद्वारा आयोजित महानगर खुल्ला टेबल टेनिस प्रतियोगिताको उपाधि महिला तर्फ मुना थापा र पुरुष तर्फ अनुश कुँवर च्याम्पियन बनेका छन्।

आद्याको जित

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को टेनिस कोर्टमा सोमबार भएको प्रतियोगिताअन्तर्गत आद्या र सक्षमविक्रमले यु–१४ सिंगल्सतर्फ जित निकालेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्