८ वैशाख २०८१ शनिबार
खेल

आइतबारबाट सिटिजन्स बैंक खुला टेनिस

काठमाडौं जिल्ला टेनिस संघको आयोजनामा आइतबारबाट आठौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिता हुने भएको छ।

एक साता सञ्चालन हुने प्रतियोगिताका खेलहरू त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् तथा भद्रकालीस्थित आर्मी अफिसर्स क्लबको कोर्टमा खेलाइने आयोजकले जनाएको छ। प्रतियोगितामा २ सय ५० खेलाडीको सहभागिता रहनेछ। जसमा पुरुष/महिला सिंगल्स, मिक्स डबल्स, पुरुष भेट्रान ३५ वर्षमाथि, ४५ वर्षमाथि र ५५ वर्षमाथि सिंगल्स र डबल्स तथा ६५ वर्षमाथि सिंगल्स गरी १० विधामा प्रतिस्पर्धा हुनेछ। प्रतियोगिताको मुख्य प्रायोजकमा सिटिजन्स बैंक रहेको छ।

प्रकाशित: ७ वैशाख २०७९ ०२:२६ बुधबार

काठमाडौं जिल्ला टेनिस संघ मुख्य प्रायोजकमा सिटिजन्स बैंक