६ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

घरेलु कोर्टमा प्रदीपलाई टेनिस उपाधि

पुरुष एकल तर्फ उपाधिसहित खेलाडीहरु। तस्बिरः नागरिक

दुईसाता अघि मात्रै काठमाडौंमा प्रधानसेनापति कप टेनिसका उपाधि जितेका पोखरेली खेलाडी प्रदीप खड्का पोखरामा आयोजित १८ औं सस्करणको माछापुच्छ्रे ओपन टेनिसको उपाधि रक्षा गरेका छन्।  

नेपालका शीर्ष वरियताका आरभसम्राट हाडालाई सोझो सेटमा पराजित गर्दै उपाधिसहित नगद ८० हजार रुपैयाँ प्राप्त गरे। पुरुष एकलतर्फको प्रतिस्पर्धामा शुक्रबार पोखरा रंगशाला टेनिस कम्प्लेक्समा भएको फाईनल प्रतिस्पर्धामा खड्काले आरभ सम्राट हाडालाई ६–३, ६–४ को सोझो सेटमा पराजित गर्दै उपाधि रक्षा गरेका हुन्। गत महिना काठमाडौंमा सम्पन्न गणेशमान राष्ट्रिय टेनिस प्रतियोगितामा आरभसंग ६–३, ६–१ सोझो सेटमा भोगेको पराजयको बदला समेत खड्काले घरेलु कोर्टमा उपाधि आफनो नाममा लेखाए। उपविजेता आरभले नगद ४०हजार रुपैयाँ प्राप्त गरे।  

महिला तर्फको उपाधि सलोनी तामाङले गंगा शर्माको चुनौतीलाई ६–२, ६–० को सहज सेटमा पार लगाउँदै जितेकी हुन्। प्रतियोगिता अन्तर्गत ३५ वर्ष माथिको एकलतर्फको उपाधी सन्तोष खत्रीले आफ्नो गराए। फाइनल खेलमा सन्तोषले भिष्म गुरुङ्गलाई ६–०, ६–१ को सहज सेटमा पराजित गरे। विजेता खत्रीले नगद ६० हजार तथा उपविजेता गुरुङ्गले ३० हजार सहित ट्रफि मेडल पुरस्रका पाए।  

कास्की जिल्ला टेनिस संघको आयोजनामा सञ्चालित प्रतियोगिताको ४५ वर्ष माथिको एकल उपाधी चन्द्र शाहीले जिते। उनले बिमलकुमार गुरुङलाई ६–३, ६–२ को सोझो सेटमा पन्छाउँदै उपाधि नाममा बनाए। विजेताले नगद ४० हजार, उपविजेताले नगद २० हजार सहितको पुरस्कार प्राप्त गरे। त्यस्तै ४५ वर्ष माथिको पुरुष डबल्समा हिमाल शाह र राजु क्षेत्रीको जोडी विजेता बन्यो। हिमाल जोडीले पोखराका विनोद कायस्थ र विकास गुरुङ्गको जोडीलाई ६–२, ६–२ को सोझो सेटमा पराजित गरेको हो। विजेताले नगद २० हजार तथा उपविजेताले नगद १० हजार सहितको पुरस्कार पाएका छन्।

 विजयी खेलाडीहरुलाई प्रतियोगिताको मुख्य प्रायोजक माछापुच्छ्रे बैंकका पूर्वाध्यक्ष रोशन केसी, नेपाल टेनिस संघका अध्यक्ष ज्योति राणा, प्रतियोगिताको प्रायोजक ट्र्याङ्कुलिटी स्पा का निर्देशक प्रनिल फैजु, नेपाल टेनिस संघका पूर्व अध्यक्ष मनोज राणा, सूर्य प्रेम टेनिस कोर्टका निर्माता किरण केसी लगायतले पुरस्कार प्रदान गरेका थिए।  

प्रकाशित: १६ पुस २०७८ ०८:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App