५ जेष्ठ २०८१ शनिबार
image/svg+xml

रुपन्देही २ मा जनमुक्तिका थापालाई सत्ता गठबन्धनको समर्थन

यसअघि सत्ता गठबन्धनबाट उम्मेदवार बनेका एकीकृत समाजवादीका राजु गुरुङको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णय सर्वोच्चले सदर गरिदिएको थियो। एकीकृत समाजवादीका गुरुङको नाम कालोसूचीमा रहेको भन्दै निर्वाचन अयोगले गत असाेज २५ गते उनको नाम खारेज गरिदिएको थियो।

सर्वोच्च अदालत र निर्वाचन आयोग पार्टी कार्यालय जस्तो भयोः राजु गुरुङ

'रुपन्देही जिल्ला प्रतिनिधि सभा क्षेत्र नम्बर २ को प्रदेश सभा १ र २ साथै क्षेत्र नम्बर ३ को प्रदेश सभा २ मा र रुपन्देही जिल्ला प्रतिनिधि सभा १,३,४ र ५ मा गठबन्धनका उम्मेदवारहरुलाई राष्ट्रिय जनमुक्ति पार्टीले समर्थन गरी सघाउने निर्णय भएको छ।’

‘मधेसको ‘सेन्टीमेन्ट’ आफूतिर तान्न मात्र नागरिकता विधयेक’

राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय अध्यक्ष केपी पालुङ्वाले सत्तारुढ दलले नागरिकता विधेयकमार्फत मधेसको ‘सेन्टीमेन्ट’आफूतिर तान्ने षड्यन्त्र गरेको आरोप लगाएका छन्। अनागरिकलाई नागरिक बनाउने प्रपञ्चस्वरूप नागरिकता विधेयक आएको भन्दै यो विधेयकका प्रावधान राष्ट्रियताविरोधी रहेको उनले दाबी गरे।

मधेसको ‘सेन्टीमेन्ट’ आफूतिर तान्न मात्र नागरिकता विधयेकः केपी पालुङ्वा

‘मधेसको अभाव माथि दबाव दिएर प्रभावमा पार्न नागरिकता विधयेक ल्याइएको हो’ उनले भने। पालुङ्वाले अभावका कारण विदेशिएका नागरिक प्रवासमा भएको र उनीहरुको नोट चल्ने तर भोट नचल्ने बनाएर राज्यले गतिलो काम नगरेको दाबी गरे।

पूर्वका ९ जिल्लामा आमहड्ताल, बन्दले जनजीवन प्रभावित

राष्ट्रिय जनमुक्ति पार्टीले आह्वान गरेको आमहड्तालका कारण मंगलबार इलामसहित पूर्वका ९ जिल्लाको जनजीवन प्रभावित भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्