८ वैशाख २०८१ शनिबार
राजनीति

मधेसको ‘सेन्टीमेन्ट’ आफूतिर तान्न मात्र नागरिकता विधयेकः केपी पालुङ्वा

राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय अध्यक्ष केपी पालुङ्वाले सत्तारुढ दलले नागरिकता विधयेकमार्फत मधेसको ‘सेन्टीमेन्ट’ आफूतिर तान्ने षडयन्त्र गरेको आरोप लगाएका छन्।

अनागरिकलाई नागरिक बनाउने प्रचञ्च स्वरुप नागरिकता विधयेक आएको भन्दै यो विधयेकका प्रावधान राष्ट्रियता विरोधी रहेको उनले दाबी गरे। जन्म जिल्ला ताप्लेजुङ आइपुगेका पालुङ्वाले अहिलेको परिवेशमा नागरिकता विधयेक चाहिँदै नचाहिने बताए।

‘मधेसको अभाव माथि दबाव दिएर प्रभावमा पार्न नागरिकता विधयेक ल्याइएको हो’ उनले भने। पालुङ्वाले अभावका कारण विदेशिएका नागरिक प्रवासमा भएको र उनीहरुको नोट चल्ने तर भोट नचल्ने बनाएर राज्यले गतिलो काम नगरेको दाबी गरे।

वंशजका आधारमा नागरिकता दिने कार्यहरुलाई बढी सहज बनाउने हो भने नागरिकता सम्बन्धी विषय समाधान हुने उनले बताए। आसन्न निर्वाचन देश सिध्याउने र देश बनाउनेहरु बीचको जनमत संग्रहको रुपमा रहने उनको भनाइ थियो।

पालुङ्वाले आउँदो निर्वाचन निश्पक्ष र भयरहित रुपमा सम्पन्न हुनेमा शंका जनाए। भने ‘सत्ता र शक्तिको बढी दुरुपयोग हुने खतरा छ, यसले निर्वाचन निश्पक्ष हुनेमा शंसय पैदा गराएको छ’। जनमुक्ति पार्टी पूर्ण समानुपातिक निर्वाचन प्रणालीको पक्षमा रहेको उनले सुनाए।

तीनवटा जिल्लाबाट पालुङ्वाको नाम सिफारिस

आउँदो प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन अन्र्तगत प्रतिनिधिसभाको चुनाव लड्न जनमुक्ति पार्टीका अध्यक्ष पालुङवाको नाम ताप्लेजुङसहित तीन जिल्लाबाट सिफारिस भएको छ। प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ताप्लेजुङबाट पालुङ्वा र जिल्ला अध्यक्ष इन्द्र थलङको नाम सिफारिस भएको छ।

पालुङ्वाको नाम इलामको क्षेत्र नं २ र तनहुँको क्षेत्र नं १ बाट समेत सिफारिस भएको जनमुक्ति पार्टीले जनाएको छ। तर पालुङ्वा आफैंले भने आफ्नो रोजाई इलाम क्षेत्र नं २ रहेको खुलाए। २०७४ सालको निर्वाचनमा पनि उनी त्यही प्रतिस्पर्धी थिए।

जनमुक्ति पार्टीबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ (क) केपी पालुङ्वा (ख) इन्द्र थलङ, प्रतिनिधिसभा समानुपातिकतर्फ (क) आइतराम लिम्बू (ख) इन्द्रकुमारी लिम्बू, प्रदेशसभा १ (क) प्रत्यक्षतर्फ (क) मोतिलाल तुम्बाहाम्फे (ख) बलबहादुर लिम्बू, प्रदेशसभा १ (ख) प्रत्यक्षतर्फ (क) यामकुमार आङबुहाङ (ख) इन्द्र लिम्बू्, प्रदेशसभा समानुपातिकतर्फ प्रदेशसभा १ (क) देवीमाया लिम्बू प्रदेशसभा १ (ख) सूर्य मावो उम्मेदवार सिफारिस भएका छन्।

प्रकाशित: २७ भाद्र २०७९ ०९:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App