१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

दाहाल–नेपाल नेकपाद्वारा ओलीपक्षका आधा दर्जनलाई कारबाही

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि विभक्त हुँदै गएको सत्तारूढ दल नेकपामा देशव्यापी विभाजन आएसँगै दाहाल–नेपाल र ओली समूहबीच एकले अर्को पक्षविरुद्ध आन्दोलन गर्ने मात्र नभएर कारबाही र मनोनित गरी जिम्मेवारी तोक्ने क्रम जारी छ।

सत्तालोभका कारण अहिलेको अवस्था सिर्जना भयोः मन्त्री अर्याल

“प्रतिनिधिसभा विघटन नभएको भए प्रधानमन्त्री र राष्ट्रपतिलाई अहिलेसम्म फ्याकिसक्थे”, मन्त्री अर्यालले भनिन्, “आफ्नालाई हटाएर सत्ता कांग्रेसलाई सुम्पिने थिए।” लेनिवादी सङ्गठनात्मक सिद्धान्तलाई कमजोर बनाएर पार्टी एकता भएका कारण वर्तमान आएको उल्लेख उनले भनिन्, “पार्टीभित्र कहिल्यै सरकार कसरी चलाउने ? कसरी एकता कायम राख्ने भन्नेबारेमा कहिल्यै छलफल चल्न सकेन, मलाईभन्दा दुःख भागवण्डामा मात्र नेता लागे, आजको अवस्था सत्ताका कारण उत्पन्न भएको हो।”

‘ओलीको अराजकता अस्वीकार्य’

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि त्यसको विरोधमा नेपाली कांग्रेस जनतामाझ गएको छ। कांग्रेस विभिन्न कार्यक्रमसहित जनतामाझ पुगेको हो। यसै क्रममा कांग्रेसले शनिबार मुलुकभरिका स्थानीय तहमा प्रदर्शन र सभा गरेको छ।

‘मैले न्यायाधीश भेटेको छैन’

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले सर्वोच्च अदालतका न्यायाधीशहरूलाई भेटेको भन्ने समाचार गलत भएको भन्दै स्पष्टीकरण दिएका छन्। प्रधानमन्त्री ओलीले संसद् विघटनको विषय सर्वोच्चमा विचाराधीन रहेको अवस्थामा आफूले कुनै न्यायाधीशलाई नभेटेको तर अदालतप्रति वितृष्णा उत्पन्न गराउन त्यस्तो प्रचारबाजी गरेको बताएका छन्।

अब कांग्रेससंग संयुक्त आन्दोलन : नेकपा अध्यक्ष नेपाल

‘कांग्रेस लोकतन्त्रबादी दल हो,यसर्थ उसले लोकतन्त्रलाई मास्ने षडयन्त्र बुन्दैन,’ नेपालले भने ‘लोकतन्त्रको रक्षाका निम्ती कांग्रेस जिम्मेवार छ, र संसद विघटन गरेर मासिएको लोकतन्त्रलाई जिवित तुल्याउनका लागि कांग्रेस हामीसंगै आन्दोलनमा हुने छ ।’

प्रधानमन्त्री–न्यायाधीश भेट भएको हो ?

प्रधानमन्त्री केपी शर्मा ओली र सर्वोच्च अदालतका चारजना न्यायाधीशबीच भेट भएको भन्ने विषयमा नेपाल खबर डटकमले शुक्रबार दिउँसो समाचार सम्प्रेषण गर्‍यो। त्यही समाचारलाई आधार मान्दै सर्वोच्च अदालतको इजलासमा पनि कुरा उठाइयो।

ओलीलाई पार्टी सदस्यबाटै हटाउने प्रचण्ड–नेपाल समूहको तयारी

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको सदस्यबाट नै हटाउने तयारी गरेको छ।

नेपाल–भारत परराष्ट्रमन्त्री स्तरीय संयुक्त आयोग बैठक नयाँ दिल्लीमा सुरु

नेपाल र भारतका परराष्ट्रमन्त्री स्तरीय संयुक्त आयोगको बैठक सुरु भएको छ।

परराष्ट्रमन्त्री ज्ञवाली भारत भ्रमणमा

भारतीय समकक्षी एस जयशंकरसँग हुने बैठकमा दुईपक्षीय व्यापार, पारवहन, ऊर्जा, सीमा विवाद, कोभिड–१९ विरुद्ध सहकार्य, पूर्वाधार, कनेक्टिभिटी, लगानी, कृषि, पर्यटन र संस्कृतिलगायत विषयमा छलफल हुने जनाइएको छ। भ्रमण क्रममा मन्त्री ज्ञवालीले उच्चस्तरीय भेटघाट पनि गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।

भारतमा यस्तो छ परराष्ट्रमन्त्री ज्ञवालीको कार्यक्रम

परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली ३ दिने औपचारिक भ्रमणका लागि आज नयाँ दिल्ली प्रस्थान गरेका छन्।

परराष्ट्रमन्त्रीको भारत भ्रमणः महत्वपूर्ण सम्झौता नगर्न सुझाव

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली भारत भ्रमणका लागि बिहीबार त्यसतर्फ जाँदैछन् । कतिपय जानकारले मन्त्री ज्ञवालीको भ्रमण समय अनुकूल नभएको टिप्पणी गरेका छन् । कतिपयले भ्रमण गरे पनि दुईपक्षीय महत्वपूर्ण सम्झौता नगर्न सुझाव दिएका छन् ।

‘ओली नांगो राजा, बालुवा पेलेर तेल आउँदैन’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली ‘नांगो राजा’ भएको टिप्पणी गरेका छन् । शरीरमा लुगा नलगाएको राजालाई सबैले आहा ! कति राम्रो लुगा लगाएको भन्ने तर राजाले आफू नांगो भएको महसुसै नगर्ने र नांगो कसैले पनि भन्न नसक्ने प्रसंग सुनाउँदै नेपालले ओली पनि नांगो राजा भएको टिप्पणी गरे । काठमाडौंमा दाहाल–नेपाल समूहले बुधबार आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो टिप्पणी गरेका हुन् ।

परराष्ट्रमन्त्री भोलि भारत जाँदै

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली माघ १ गते भारत भ्रमणमा जाने भएका छन् । उनी नेपाल–भारत संयुक्त आयोगको छैटौं बैठकमा भाग लिन भारत जान लागेका हुन् ।

खोप खरिदमा निजी क्षेत्र पनि समेट्छौं : स्वास्थ्यमन्त्री

स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले फागुनभित्रै कोभिड–१९ को खोप आउने संकेत गरेका छन्। सोमबार मन्त्रालयमा सञ्चारकर्मीसँगको छलफलमा बोल्दै उनले त्यस्तो संकेत गरेका हुन्।

अलमलमा देउवा

प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक मान्दै आए पनि नेपाली कांग्रेस अहिलेसम्म त्यसको पुनःस्थापनाको पक्षमा उभिन सकेको छैन। ओलीको यो कदम सर्वसत्तावादी आकांक्षाबाट प्रेरित रहेको भन्दै कांग्रेस विरोधमा उत्रिए पनि सभापति शेरबहादुर देउवाको अलमलका कारण पार्टी अनिर्णयको बन्दी बन्न पुगेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्