आगामी शुक्रबार पोखरामा दोस्रो मिष्टर पोखरा
यही चैत १० गते शुक्रबार पोखरामा दोस्रो मिष्टर पोखरा हुने भएको छ। कास्की बडिविल्डिङ तथा फिटनेस एशोसियसनको आयोजनामा हुने दोस्रो मिष्टर पोखरामा चारवटा प्रदेशका खेलाडीले प्रतिस्पर्धा गर्ने छन्।
यही चैत १० गते शुक्रबार पोखरामा दोस्रो मिष्टर पोखरा हुने भएको छ। कास्की बडिविल्डिङ तथा फिटनेस एशोसियसनको आयोजनामा हुने दोस्रो मिष्टर पोखरामा चारवटा प्रदेशका खेलाडीले प्रतिस्पर्धा गर्ने छन्।
पछिल्लो समय पोखराको पर्यटनको आकार पहिले भन्दा साँघुरिएको छ, जसले आर्थिक रुपमा पर्यटन व्यवसायीमाथि भार थपिएको छ। आर्थिक भार थपिँदै जाँदा व्यावसायीले व्यवसायबाटै पलायनको बाटो रोज्ने खतरा देखिएको व्यवसायी नै बताउँछन्। भएको घरजग्गा बेचेर भएपनि ऋण तिर्नुपर्ने अवस्था आउन थालेको व्यवसायीको भनाई छ।
पोखराको हिमालय आँखा अस्पताल २९ वर्षअघि स्थापना भयो। २०२९ साल फागुन १७ गते स्थापना भएदेखि नै यो अस्पताल आँखा नदेख्नेका लागि वरदान सावित हुँदै आएको छ।
पछिल्लो समय पोखराको हवाई उडानले दिनहुँ आकार बढाईरहेको छ। पोखराको हवाई यातायात लयमा फर्किन थालेको उडान तथ्यांकले देखाउँछ। आइतबार मात्र पोखराका लागि विभिन्न हवाई कम्पनिका २६ वटा उडान भएका थिए। आइतबारको हवाई यात्रु संख्या पनि दुर्घटनापछिको सबैभन्दा ठुलो आकारको थियो। आइबार पोखराबाट बाहिरिने यात्रुको संख्या १५ सय ३४ र पोखरा ओर्लिनेको संख्या १२ सय १० थियो। एकैदिनमा झन्डै साढे २७ सय यात्रु आइतबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आउजाउ गरेको विमानस्थलले बताएको छ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई ‘हब’ बनाउँदै विभिन्न चारवटा आन्तरिक विमानस्थलबाट पोखरासम्म रात्रिकालीन हवाई उडान सुरु भएको छ। निजी क्षेत्रको हवाई सेवा कम्पनि बुद्ध एयरले विहीबार बेलुकीदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि रात्रिकालीन उडान सुरु गरेको हो।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट विहीबार देखि रात्रिकालीन उडान सुरु हुने भएको छ। रात्रिकालीन उडानका लागि बुद्ध एयरले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) सँग सेड्यूल पास गराएको छ।
पोखरा रंगशालास्थित नयाँ निर्माण गरिएको फुटबल मैदान, प्यारापिट र एथलेटिक ट्रयाक राष्ट्रिय खेलकुद परिषदलाई हस्तान्तरणसँगै संरक्षणको चुनौति थपिएको छ। एमए कन्ट्रक्सन र ग्रेट स्पोर्टस लिमिटेड, भारत(जोईन्ट भेन्चर) कम्पनीले निर्माण पुरा गरेपछि परिषद्लाई डेढमहिना अघि मात्रै हस्तान्तरण गरेको हो।
पर्यटकीय सहर पोखरामा सोमबार हर्षोल्लासका साथ होली पर्व मनाइएको छ। बिहानैबाट पर्यटकीय क्षेत्र लेकसाइडमा विदेशी र स्वदेशी पाहुना सहित पर्यटन व्यवसायीले खुसी साटासाट गर्दै होली मनाएका थिए।
मुग्लिन पोखरा सडक खण्ड अन्तर्गत तनहुँको तनहुँको बिमलनगरदेखि घाँसीकुवा खण्ड आजदेखि रातिमा दैनिक ४ घण्टा बन्द हुने भएको छ।
देशकै प्रमुख पर्यटकीय शहर पोखराको यातायात व्यवस्थालाई समानुकूल परिमार्जित गरी प्रविधिमैत्री बनाइने भएको छ।
निजी क्षेत्रको अग्रणी हवाई कम्पनि बुद्ध एयरले पोखरालाई पूर्वी गन्तव्यसम्म हवाई माध्यममार्फत जोड्ने तयारी थालेको छ। त्यसका लागि आगामि मार्च ९ देखि पोखरादेखि भद्रपुरसम्म सिधा हवाई उडान गर्ने तयारी थालेको छ।
मनसुन लागेपछि भीर कटान तथा सडक विस्तारमा समस्या हुनसक्ने सम्भाव्यतालाई मध्यनजर गरी राति यातायात बन्द गरी कार्य गरिने भएको हो।
पृथ्वीराजमार्गलाई चार लेनमा विस्तारका लागि गत वर्षको वैशाखदेखि काम सुरु गरिए पनि तनहुँ खण्डमा भौतिक प्रगति कम रहेको हो।
अझ पछिल्लो पटक गत माघ १ गते भएको यती एयरलाईन्सको एटिआर जहाज दुर्घटना र फागुन ९ गते बुद्ध एयरको जहाजसँग चरा ठोक्किएको विषय भाइरल भएसँगै बहस थप पेचिलो भएको छ।
पोखराका विभिन्न १६ वटा पर्यटकीय गन्तव्यमा क्यूआर कोड राखिएको छ। पोखराका ती १६ वटा गन्तव्य धार्मिक र पर्यटकीय हिसाबले महत्वपूर्ण छन्। पर्यटकले ती गन्तव्यमा राखिएका क्यूआर कोड स्क्यान गरेपछि ती गन्तव्यबारे सुन्न र पढ्न मिल्ने सामाग्री पाउनेछन्, त्यो पनि विभिन्न भाषामा। हालका लागि पाँचवटा भाषामा १६ वटा ठाउँको चिनारी क्यूआर कोडमार्फत दिनेगरि राखिएको छ।