२४ वैशाख २०८१ सोमबार
image/svg+xml

‘टेकअफ र ल्याण्डिङ स्पट’ बारे विवाद: ३ दिनभित्र समाधान नगरे उडान नै बन्द गर्ने चेतावनी

व्यावसायीबीचको पछिल्लो विवाद नेपालको हवाई सेवाको नियमनकारी निकाय नागरिक उड्डयन प्राधिकरण (क्यान) सम्म पनि पुगेको छ। प्राधिकरणले पछिल्लो विवाद तीनदिनभित्र समाधान नगरे पोखराको प्याराग्लाइडिङ उडान नै बन्द गर्नेसम्मको चेतावनी दिएको छ।

पोखराको प्याराग्लाइडिङ उडानमा प्राधिकरणको रोक

प्याराग्लाइडिङ उडानमा असुरक्षा बढ्ने सम्भावना रहेको भन्दै हवाई सेवाको नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले पोखराको आकाशमा भईरहेको प्याराग्लाइडिङ उडानलाई अनिश्चितकालिन रोक लगाएको छ।

पोखराको प्याराग्लाइडिङः ‘एकद्वार प्रणालि’ लागु गर्न खोज्दा चर्कियो विवाद, रोकिए उडान

उडानमा एकद्वार प्रणालि लागु गर्ने वा नगर्ने भन्ने विषयमा विवाद बढ्दै जाँदा पोखराको आकाशमा भइरहेको प्याराग्लाइडिङ उडान रोकिएको छ। उडान गर्ने पाइलटहरुले विहीबारदेखि प्याराग्लाइडिङ उडाएका छैनन।

पोखराको प्याराग्लाइडिङ: ‘सोलो’ उडानका पाइलट आउनै छाडे

हवाइ सेवाको एकमात्र नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले गत असोज ३० देखि प्याराग्लाइडिङको (एकल) सोलो उडानमा रोक लगाएको थियो। जतिसक्दो छिटो नयाँ ठाउँ खोजेर उडान खुलाउने बताएपनि दशमहिना पुग्न लाग्दापनि सोलो उडान अझै सुचारु भएको छैन। सोलो उडान संचालन नहुँदा त्यसको असर पर्यटन क्षेत्रमा परेको व्यावसायीले बताएका छन्।

बिस्थापित हुँदै प्याराग्लाइडिङ पाइलट, गुमनाम जस्तै बन्यो पोखराको प्याराग्लाइडिङ

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएपछि सराङकोटको आकाशबाट प्याराग्लाइडिङ मान्द्रेढुंगा सरेको भएपनि अझै लयमा फर्किन नसकेको व्यवसायीले बताएका छन्। पोखराबाट केही बढी दूरीमा उडान भईरहेको प्याराग्लाइडिङबारे अहिले पर्यटन क्षेत्र नै बेखबर जस्तो रहेको पाइलटहरुको पनि गुनासो छ। सिजनको बेलाको उडान पनि सोचेजति हुन नसकेको उनीहरु बताउँछन्।

सराङकोटबाट हट्ने नै भयो प्याराग्लाइडिङ, दिनमा चारघण्टा मात्र उड्न पाउने

आगामि जनवरी १ देखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आउने भएपछि यहाँस्थित सराङकोटको आकाशमा उडान भईरहेको प्याराग्लाइडिङ सधैंका लागि बिस्थापित हुने भएको छ। सराङकोटबाट बिस्थापित भएको प्याराग्लाइडिङ त्यहाँबाट झन्डै ५ किलोमिटर पश्चिमको मान्द्रेढुंगाबाट मात्र उड्न पाउने भएको छ।

पोखराको प्याराग्लाइडिङः सराङकोटबाट ‘टेण्डम’ मात्र, ‘सोलो’ उड्न नपाउने

पोखराको सराङकोट आकाशमा प्याराग्लाइडिङको व्यवसायिक बाहेक अन्यखालका कुनैपनि उडान गर्न नपाउने गरि नेपालको हवाई सेवाको नियमनकारी निकाय प्राधिकरणले प्रतिबन्ध लगाएको छ। अघिल्लो आइतबार मानवीय क्षति हुने गरि सराङकोटमा प्याराग्लाइडिङ दुर्घटनापछि प्राधिकरणले पाँच बुँदे शर्तअघि सार्दै पहिलो नम्बरमा सराङकोटको आकाशलाई व्यवसायिक उडानमा मात्र उपयोग गर्नुपर्ने भनेको छ। व्यवसायिक उडान मात्र गर्न पाउने भएपछि अब सराङकोटबाट सोलो उडान विस्थापित भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्