६ आश्विन २०८१ आइतबार
image/svg+xml

धेरै छावा जन्माउने पूजाकलीको असामयिक मृत्यु

लामो समयदेखि बिरामी परेकी ३८ वर्षीया हात्ती ‘पूजाकली’को मृत्यु भएको छ। हात्ती प्रजनन तथा तालीम केन्द्र खोरसोर सौराहामा पालिएको पूजाकलीको आज बिहान असामयिक मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीले जानकारी दिए।

सदरमुकामबाट धपाइएका हात्तीद्वारा बेलकाको आम्बासीमा आतंक

केही समय यता उदयपुरबासीलाई जंगली हात्तीले आतंकित पार्ने क्रम तिब्र भएको छ। दुई साताअघि मात्र सदरमुकाम त्रियुगा नगरपालिकाका बिभिन्न वडा र छिमेकी चौदण्डीगढी नगरपालिकाका बस्तीहरुमा घर, गोठ भत्काउने तथा अन्न खाईदिने गरेर आतंक मच्चाएको हात्तीले शनिबारदेखि बेलका नगरबासीलाई आतंकित पार्न थालेको प्रहरीले जनाएको छ।

हात्तीको आक्रमणले २ को मृत्यु, ४ घाइते

कञ्चनपुरमा वस्ती नजिकैको सामुदायिक वनमा गएका महिलाको समुहलाई हात्तीले आक्रमण गर्दा २ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन्।

जङ्गली हात्तीको आक्रमणबाट एकको मृत्यु, छ घाइते

जङ्गली हात्तीको आक्रमणबाट कञ्चनपुरको महाकाली नगरपालिका–२ मा अवस्थित मायापुरी सामुदायिक वनमा एक महिलाको मृत्यु भएको छ।

जङ्गली हात्तीको आक्रमणमा वनका चौकीदारको मृत्यु

जङ्गली हात्तीको आक्रमणबाट पाथीभरा सामुदायिक वनका चौकीदार कैयाराम क्षेत्रीको गए राति मृत्यु भएको छ।

नियन्त्रणका लागि भएन प्रयास

हात्ती आएपछि सर्वसाधारणले पुल्ठो बाल्ने, चिच्याएर चर्को आवाजमा हल्ला गर्ने र हात्तीबाट जोगिन खबरदारी गर्ने बाहेक अरू विकल्प छैन।

त्रसित सर्वसाधारण, राज्य बेपरवाह

हात्तीको आक्रमणबाट पछिल्लो ६ वर्षमा मात्र सप्तरी, सुनसरी र उदयपुरमा गरी १७ जनाको मृत्यु भइसकेको छ।

हात्तीपाइले उन्मूलन गर्ने लक्ष्य निष्प्रभावी

वार्षिक लाखौं रुपैयाँ खर्च गरेर बाँकेमा आयोजना हुने हात्तीपाइले रोगविरुद्धको अभियान अपेक्षाअनुसार प्रभावकारी नभएको देखिएको छ।

जंगली हात्तीको आक्रमणबाट बाबुछोराको मृत्यु

जंगली हात्तीको आक्रमणमा परी शनिबार माडीमा दुईजनाको मृत्यु भएको छ। माडी नगरपालिका–१ को बरुवाका ६५ वर्षीय बाबुराम पौडेल र उनका ३५ वर्षीय छोरा राजु पौडेलको हात्ती आक्रमणमा परी४४ब्ल्म्एउसमृत्यु भएको हो।

हात्तीको आक्रमणबाट दुईको मृत्यु

माडीमा जंगली हात्तीको आक्रमणबाट दुई जनाको ज्यान गएको छ। माडी नगरपालिका वडा नम्बर १ को बरुवा ६५ वर्षिय बाबुराम पौडेल उनका ३५ वर्षका छोरा राजुको हात्तीको आक्रमणमा मृत्यु भएको हो।

कोसीटप्पुमा नवजात छावा जोगाउन चुनौती

हात्तीले आफ्नो आयुभर आठ पटकसम्म बच्चा जन्माउने गरेको रेकर्ड छ। तर नवजात छावा कमै मात्रामा बाँच्ने गरेका छन्।

कञ्चनपुरमा हात्ती आतंकः तीन वर्षमा तीन जनाको मृत्यु

पछिल्ला केहि महिनायता कञ्चनपुर जिल्लाका विभिन्न क्षेत्रमा हात्तीले आतंक मच्चाएको छ। किसानको धानबाली भित्र्याउने समयदेखि जिल्लामा जंगली हात्तीको झुण्डले कतिपय स्थानमा क्षती गर्दै आएका छन्। बालीनाली मात्रै नभएर मानविय क्षती समेत भएको छ।

सप्तरीमा हात्तीले घर भत्कायो

कञ्चनरुप नगरपालिका–६ जमुवामा सोमबार हात्तीको समूहले स्थानीयवासी धनेश्वर चौधरीको भान्साघर भत्काएको छ । कोशीटप्पु वन्यजन्तु आरक्षबाट आएका तीन जङ्गली हात्तीले फुसको भान्सा घर भत्काई त्यहाँ रहेको अन्नपात खाएको इलाका प्रहरी कार्यालय कञ्चनरुपले जनाएको छ ।

एक दशकमा ४१ जना र ११ वटा हात्तीको मृत्यु

झापामा हात्तीलाई खेतबारीमा छिर्न नदिन लगाइने विद्युतीय धरापमा परी ज्यान गुमाउने मानिस र हात्तीको संख्या बढ्दै गएको छ। २०६७ सालयता विद्युतीय धरापमा परी ४१ जना मानिस र छावासहित ११ वटा जंगली हात्तीको मृत्यु भइसकेको छ। पछिल्लो पटक शनिबार जंगली हात्ती धपाउन राखिएको विद्युतीय धरापमा परी मामा–भान्जाको मृत्यु भएको छ।

बाख्रा चराउन जाँदा हात्तीको आक्रमणमा परेर एकको मृत्यु, एक जनाले भागेर ज्यान जोगाए

हात्तीको आक्रमणमा परेर कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा एक जनाको मृत्यु भएको छ। एक जनाले भने भागेर ज्यान जोगाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्