२ कार्तिक २०८१ शुक्रबार
image/svg+xml

जाजरकोट भूकम्पको एक महिना: मैले जे देखेँ

सुर्खेतबाट हिँड्दा मनमनै जाजरकोट र भूकम्प पीडितहरूको अवस्था कस्तो होला? के गरेर रात बिताउनु भएको होला? यस्तो विकराल समस्यालाई कसरी सहज बनाउने होला? लगायतका जिज्ञासाहरू मनमनै खेलिरहेका थिए।

डेढ दशकदेखि बन्द ढुङ्गाखानी सञ्चालनको माग

लामो समयदेखि बन्द यहाँको ढुङ्गाखानी सञ्चालनका लागि स्थानीयले माग गरेका छन्।विगत १६ वर्षदेखि बन्द अवस्थामा रहेको पर्वतको मोदी गाउँपालिकाअन्तर्गत वडा नं १ भुकताङ्ले, वडा नं ३ देउराली र वडा नं ४ क्याङको सिमानामा अवस्थित धौलागिरि क्षेत्रकै ठूलो ढुङ्गाखानी सञ्चालनका लागि स्थानीयले माग गरेका हुन् ।

अन्नपूर्ण आधार शिविर प्रवर्द्धन गर्न पदयात्रा

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, नारच्याङस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा पर्यटन प्रवर्धनका लागि पदयात्रा गरिएको छ।

मानव बेचबिखनको तारो गाउँका युवती

पक्राउ परेकी ठकुरीलाई काठमाडौं जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरी मानव बेचबिखन तथा ओसारपसार मुद्दामा आवश्यक अनुसन्धान भइरहेको ब्युरोले जानकारी गराएको छ ।

पालमा बस्दै आएकी बालिकाको चिसोले कठ्याङ्ग्रिएर मृत्यु

कुशे गाउँपालिकामा चिसोले एक बालिकाको मृत्यु भएको छ। गाउँपालिका–१ स्याग्रीका सुनिल वादीकी तीन वर्षीया छोरी रक्षाको चिसोले कठ्याङ्ग्रिएर बुधबार बिहान मृत्यु भएको गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले जानकारी दिए।

सुन्तलाले मूल्य पाउन थालेपछि कृषकहरू दङ्ग

चितवनको पहाडी क्षेत्र इच्छाकामना गाउँपालिकामा उत्पादन भएको सुन्तलाले आकर्षक मूल्य पाउन थालेको छ। उचित मूल्य पाउन थालेपछि किसान उत्साहित भएका छन्।

श्रीमान् दुई वर्षदेखि सम्पर्क विहीन, अस्पतालको शय्याबाट गरिन् सीताले सहयोगको याचना

म्याग्दीको धवलागिरी गाउँपालिका १, गुर्जाकी सीता भुसाल विकले उपचारका लागि सहयोगको याचना गरेकी छन् ।

त्रिपालमुनिको बासले भूकम्प प्रभावित २ शिशुसहित २४ जनाको मृत्यु

पालमुनिको बास अझै कहिलेसम्म हुने हो टुङ्गो छैन्। चिसोले आमा गुमाएका उनी अहिले परिवारका अरु सदस्यहरू पनि थलिन थालेपछि चिन्तामा छन्।

भूकम्पपीडितलाई रिटर्नी एशोसिएसनको न्यानो सिरक

नेकपा एकिकृत समाजवादी पार्टी निकट रहेको नेपाल रिटर्नी एशोसिएसनले जाजरकोटका भूकम्पपीडितहरुलाई जाडोमा न्यानो कपडा र फाइबरको डबल न्यायो सिरक वितरण गरेको छ।

‘मौरीस हर्गोज’ पदमार्गको प्रवर्द्धन गर्न पदयात्रा

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जाने ‘मौरीस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि आजदेखि पदयात्रा सुरु भएको छ।

नहर सफाइमा जुटे आफैं एक हजार किसान

कैलालीको जानकी गाउँपालिका–७ का किसानले ११ किलोमिटर लामो नहर सफा गर्न थालेका छन्। त्यस क्षेत्रका करिब एक हजार किसानले भुर्षा सिँचाइअन्तर्गतको नहर सफाइ गर्न थालेका हुन्।

सेवानिवृत्त कृषि प्रसार अधिकृत थापाको सुन्तला पौरख

तनहुँको म्याग्दे गाउँपालिका-२ उमाचोक निवासी रामबहादुर थापा पछिल्लो समय सुन्तला खेतीमा व्यस्त छन्।

भोजपुरे विद्यार्थीको रोजाइमा प्राविधिक शिक्षा

भोजपुरमा प्राविधिक शिक्षा माध्यमिक तहमा नै प्राविधिक शिक्षा विद्यार्थीको रोजाइमा पर्न थालेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्