‘जोगाउने नाममा कला संस्कृतिको मौलिकता मेटायौं’
हामीले मौलिक कला संस्कृतिलाई ध्यान दिएनौं । हाम्रो सहरको खास चिनारी के हो भनेर हेक्का राखेनौं । विकास निर्माणका काम गर्दा पनि दुरदृष्टि राखेनौं । खाली आफ्नो स्वार्थ पुर्तिको पछि दौडियौं । यसले हामीलाई घाटा पुर्याउँछ । नेपाल घुम्न आउने विदेशीले गएगुज्रेको सहर भन्छन् ।