काठमाडौं – चीनको कल्चर सेन्टरले नेपालको राजधानी काठमाडौंमा नान्जिङ कल्चर दिवस मनाएको छ । चीनको प्रागऐतिहासिक महत्व बोकेको नान्जिङ सहरको कला संस्कृति सम्झँदै नेपालमा दिवस मनाइएको हो।
आइतबार राजधानीमा आयोजित कार्यक्रममा नान्जिङ सहरको पहिचानको रुपमा रहेको सिंह नाच प्रदर्शन गरिएको थियो । नेपालका पर्यटन संस्कृति तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले सो कार्यक्रमको उद्घाटन गरेका थिए।
मन्त्री अधिकारीले नेपाल चीनको सम्बन्ध राजनीतिक मात्र नभई संस्कृति आदानप्रदानको सम्बन्ध समेत रहेको औंल्याए । उतिबेला नेपालबाट अरनिकोको नेतृत्वमा चीन गएको टोलीले नेपालको कला संस्कृति चीनमा फैलाएपछि नै नेपाल र चीनको सम्बन्ध कलासंस्कृतिसँग जोडिएको उनले बताए । चीन सांस्कृतिक केन्द्रका निर्देशक यीन खुनसोंगले काठमाडौंजस्तै नान्जिङ सहर पनि हजारौं वर्ष इतिहास बोकेको पुरानो सहर रहेको उल्लेख गरे।
सिंह नाचसँगै चिनियाले नेपालमा बस्दा अनुभव गरेका कला प्रदशर्नी गर्दा आपूmले गर्वको महसुस गरेको उनको भनाइ थियो । ‘चिनियाँ संस्कृति कला प्रदर्शनीले नेपाली र चिनियाँ जनताबीचको मित्रता सबल हुनेछ’, उनले भने । चिनियाँ डिसिएम यांग श छाउले नेपालमा चिनले मित्रतापूर्ण भूमिका निर्वाह गरिहरेको सुनाए । उनले आर्थिक तथा भौतिक सहयोगसँगै दुई देशको सम्बन्धलाई कला संस्कृतिमार्फत अघि बढाइरहेको उनले बताए।
सो क्रममा चार चिनियाँ कलाकारले नेपालको कला संस्कृति झल्कने चित्रकला प्रदर्शन गरिएको थियो । चार कलाकारको ९० थान चित्रकलामा नेपाली जीवनशैली, कलात्मक सहर तथा पुरातात्विक महत्वका स्थल तथा वस्तुका चित्रहरु समेटिएको थियो।
प्रकाशित: २१ चैत्र २०७४ ०२:४५ बुधबार