४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
विचार

संस्कृतिबिनाको अस्तित्व अर्थहीन

पखवाजको धुन, रंगकर्मको गहनता वा चल्मलाइरहेको पेन्टिङ ब्रसको सौन्दर्य नै किन नहोस्, कलाका सबै स्वरूपहरूले सोच्न पे्ररित गर्छन्, कर्ममा उत्साह थपिदिन्छन्, विचारधाराको तारतम्य मिलाइदिन्छन् र, आत्मालाई आनन्दित तुल्याउँछन् । जाति, वर्ग, धर्म, राष्ट्रियता र लिंगको माझमा बसेर कलाले यी सबैको सीमालाई पार गरिदिन्छ।

अन्तर–सांस्कृतिक संवादको प्रवद्र्धनले क्रसबोर्डर सम्बन्धलाई विश्वसनीय बनाउँछ । कलात्मक पहलले प्रायः सामाजिक पूर्वाग्रह र रूढिवादको विपक्षमा रही प्रतिपक्षी भाष्य प्रदान गर्छ । आतंक र द्वन्द्वले भरिएको समाजमा कला शान्तिपूर्ण संसार सृजना गर्ने महत्वपूर्ण माध्यम हुनसक्छ ।संस्कृतिले राष्ट्र निर्माण प्रक्रियामा प्रमुख भूमिका खेल्छ । भारत आपैmँमा विविध आदिवासी कला स्वरूपहरूको एक पृथक् बहुलवादी सम्पदा हो । यसैको बीचमा समावेशी विकास विमर्शका लागि कलाको प्रयोगको सम्भावना रहन्छ । यस विन्दुमा, हामी अमत्र्य सेनको बहुआयामिक सर्वसमावेशी विकास मोडल र सम्पदा केन्द्रित भारतीय प्रसंगमा त्यसको सान्दर्भिकता उल्लेख गर्न सक्छौँ।

उदार, स्वच्छ र न्यायसंगत समाज बनाउन सांस्कृतिक अर्थतन्त्रको सम्भाव्यतालाई कम आँकलन गर्न सकिँदैन । आउनुहोस्, अझ सुन्दर र जीवन्त संसारको कल्पना गरौँ, जसले न्यायसंगत र सम्रग विकासमा जोड देओस् । कलाको वास्तविक सार्थकतालाई नभुलौँ । संस्कृतिविनाको जीवन अर्थहीन अस्तित्वबाहेक अरू केही होइन ।

स्थानीय आदिवासी समुदायहरूलाई सशक्त बनाउँदै विकासका मुद्दामा जोड्नुपर्छ । ग्रामीण अर्थतन्त्रको विकासका मानकमा सुधार ल्याउन, पिँधमा रहेका मानिसहरूसँग संलग्न हुन र उनीहरूको जीविकोपार्जनका लागि दिगो माध्यमहरूको सिर्जना गर्नु प्रासंगिक हुन्छ । जस्तो, जीविकाको माध्यम निर्माण गर्न स्थानीय शिल्प प्रयोग गरी बनाइएका सामग्रीको उत्पादनलाई प्रोत्साहन गर्ने एउटा उपयुक्त तरिका हुन सक्छ । अर्को, कलाका विभिन्न स्वरूपहरूलाई प्रदर्शन गरेर त्यसैलाई आम्दानीका व्यावसायिक मोडल बनाउन सहायता प्रदान गर्न सकिन्छ । र, यस्ता काम गरिबी निवारण र लंैगिक न्यायको बृहत् उद्देश्यसँग पनि जोडिन्छ।

नीति निर्माता, निजी क्षेत्र, विकासका साझेदार र कलाकारहरू एक ठाउँमा उभिएर सांस्कृतिक अभिव्यक्तिको भावनालाई पुुनर्जीवित गर्नैपर्छ । यसका लागि संस्थागत संरचना मजबुत बनाउने, वित्तीय सहायता प्रदान गर्ने, सांस्कृतिक व्यवसायीको क्षमता वृद्धि गर्ने, कार्यान्वयनमा लैजान सकिने सांस्कृतिक उद्योग नीतिको निर्माण गर्ने र मूल्यमा आधारित कला साक्षरता बढाउने क्षेत्रमा दिगो प्रयासहरूको खाँचो छ ।सांस्कृतिक क्षेत्रलाई गतिवान् बनाउन नीतिगत बहस र प्राज्ञिक अनुसन्धानमा नागरिक समाजको सहभागितालाई प्रोत्साहन गर्नुपर्छ । यसो गर्दा सामाजिक न्याय र शासन व्यवस्था सुदृढीकरणका उद्देश्य प्राप्तिको लामो यात्रा तय गर्न सकिन्छ।

युनेस्कोे जस्तो विश्वव्यापी संस्थाले पनि सृजनात्मक उद्योगको धारणालाई आर्थिक गतिविधिको अधिकारका रूपमा प्रवर्द्धन गर्न सुरुवात गरेको छ । भारतमा विभिन्न मन्त्रालय र स्वतन्त्र संस्थाहरूले सांस्कृतिक महोत्सवहरू आयोजना गरिरहेका हुन्छन् जसले कलाका कतिपय स्वरूपहरूलाई जीवित राखिरहन मद्दत गर्छ । यी सबका बाबजुत किनारामा रहेका लापोन्मुख कलालाई सुरक्षित राख्न विशेष पहलको आवश्यकता छ ।  भारतले सांस्कृतिक पर्यटनको शक्तिलाई पूर्णरूपमा उपयोग गर्न बाँकी नै छ । भारतमा समाज परिवर्तनका पाटाहरू थाहा पाउन अन्तर्विषयगत र अन्तर्सांस्कृतिक दृष्टिकोणको खाँचो छ । त्यसैले, आम समुदायहरू र समाजलाई सशक्त बनाउनका लागि सांस्कृतिक विकास एकदमै महत्वपूर्ण छ।

अहिले युवाहरू केही फरक काम गरेर देखाउन चाहन्छन् । युवाहरूको कच्चा उर्जालाई सकारात्मक मूल्य निर्माणको दिशातर्फ प्रसारित गरिनुपर्छ । सीप विकाससहित नयाँ प्रतिभाको प्रवद्र्धनले सामाजिक–आर्थिक विकास र राजनैतिक स्थिरताको विशाल लक्ष्यलाई अगाडि बढाउन सक्छ । कुनै पनि विकासको मुद्दाको केन्द्रमा स्वस्थ र शिक्षित नागरिक हुनुपर्छ । स्वतन्त्र विचारको विस्तारित रूप कला हो । त्यसैले कलाले स्वतन्त्र विचार र अभिव्यक्तिका लागि चाहिने स्थानको सृजना गरिदिन केन्द्रीय भूमिका खेल्छ ।  अहिले व्यक्ति नै माध्यम हो भन्ने कुरा स्वीकार्दै सम्मान पनि गर्न सुरु गरिसकिएको समय हो । तसर्थ, कलाकारलाई निर्णय लिने परिधिबाट हटाउन वा विकासको उद्देश्यबाट अलग्याउन सकिन्न। 

 सृजनात्मक नवीनताको प्रोत्साहनले विकासपथका लागि वैकल्पिक जगको काम गर्छ । कसैले पनि विकासको एउटा मात्र आयामको सरलीकृत विचार वा प्रोपगान्डाको प्रचार गर्न पाउँदैन । उदार, स्वच्छ र न्यायसंगत समाज बनाउन सांस्कृतिक अर्थतन्त्रको सम्भाव्यलाई कम आँकलन गर्न पनि सकिँदैन । आउनुहोस्, अझ सुन्दर र जीवन्त संसारको कल्पना गरौँ, जसले न्यायसंगत र सम्रग विकासमा जोड देओस् । कलाको वास्तविक सार्थकतालाई नभुलौँ । संस्कृतिविनाको जीवन अर्थहीन अस्तित्वबाहेक अरू केही होइन।

(श्रीलंंका डान्स एन्सेबल सोसाइटीकी कला निर्देशक तनुश्रीको यो लेख हिन्दुस्तान टाइम्समा छापिएको छ । यसको अनुवाद रवीन्द्र ढकालले गरेका हुन् ।)
 

प्रकाशित: १६ श्रावण २०७५ ०१:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App