अरिङ्गलको टोकाईबाट एकको मृत्यु
दार्चुलामा अरिङ्गालको टोकाई बाट एक वालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा महाकाली नगरपालिका वडा नम्बर ७ धाप बस्ने हरक सिह ठगुन्नाकी ११ वर्षिय छोरी पुनम ठगुन्ना रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।
दार्चुलामा अरिङ्गालको टोकाई बाट एक वालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा महाकाली नगरपालिका वडा नम्बर ७ धाप बस्ने हरक सिह ठगुन्नाकी ११ वर्षिय छोरी पुनम ठगुन्ना रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।
दुई छुट्टाछुट्टै स्थानमा सोमबार भएका सवारी दुर्घटनामा १९ जनाको ज्यान गएको छ भने ९ जना घाइते भएका छन् । गुल्मीको दरबार गाउँपालिका–४ मा भएको दुर्घटनामा १० जनाको ज्यान गएको छ भने उदयपुरको कटारी नगरपालिका–११ मा जिप सडकबाट खस्दा नौजनाले ज्यान गुमाएका छन्। बुटवलबाट गुल्मी सदरमुकाम तम्घासका लागि बिहान ९ बजे छुटेको बा४ख ५५०१ नम्बरको हाइस (माइक्रो बस) दरबार–४ बिरवासनजिकै दिउँसो २ बजेतिर दुर्घटनामा पर्दा चालक रेसुंगा नगरपालिका–१० का भीमबहादुर घर्तीसहित १० जनाको ज्यान गएको प्रहरीले जनाएको छ।
जीप दुर्घटना हुँदा ४ जना यात्रुको निधन भएको छ भने कम्तीमा ६ जना घाइ्ते भएका छन् । जिल्लाको पश्चिम कटारी बजारदेखि जयरामघाटतर्फ जाँदै गरेको ना१ज ३४०४ नम्बरको सुमो जीप सिद्धिचरण लोकमार्गको ठाँटी भन्ज्याङमा दुर्घटना हुँदा चर जना यात्रुको निधन भएको कटारीका यातायात व्यवसायी शत्रुघन कार्कीले बताए ।
बुटवलबाट गुल्मीको सदरमुकाम तम्घास आउँदै गरेको माइक्रो बस गुल्मीको वीरवासमा दुर्घटना हुँदा सातजनाको मृत्यु भएको छ । आज बिहान तम्घासका लागि छुटेको बा४ख ५५०१ नंको माइक्रो गुल्मी दरबार गाउँपालिका वडा नं ४ मा दुर्घटना भएको हो ।
विकसित समाजमा भुइँ चिप्लो भए पनि सर्वसाधारणलाई अग्रिम जानकारी दिन सूचना राखिन्छ । हामीकहाँ भने एउटै प्रकृतिका दुर्घटना बारम्बार भइरहँदा पनि त्यसबाट सिकेर जनधनको क्षति रोक्ने काम हुँदैन । सडक दुर्घटनाको कहालीलाग्दो अवस्था हाम्रा सन्दर्भमा यस्तै नियमित बन्न पुगेको छ । त्रिशूलीमा शनिबार भएको भयानक दुर्घटनामा ३१ जनाको दुःखद मृत्युले फेरि हाम्रो मुटु नराम्ररी हल्लिएको छ । राजविराजबाट पर्व सकेर फर्केका सर्वसाधारणको दुःखद निधनले सबैलाई खल्लो पारेको छ । यस्तो पीडामा पर्नेलाई हुने अपुरणीय क्षतिले जिम्मेवार निकायलाई भने छोएको देखिएको छैन ।
महोत्तरी जिल्लाको भिट्ठामोड–जलेश्वर–जनकपुर सडकखण्डमा गएराति मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका वडा नम्बर २१ कुर्था गाउँबस्ने रामशरण महासेठका छोरा २५ वर्षीय जितेन्द्र महासेठ रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुवेर कठायतले बताए।
पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका वडा नं ५ बांगेमोडबाट त्रिशुली नदीमा बस खस्दा १० जनाको मृत्यु भएको छ। मृतक मध्ये ७ जना पुरुष र ३ जना महिला रहेको धादिङको प्रहरी उपरीक्षक धुव्रराज राउतले जानकारी दिए । मृतकको सनाखत भने हुन सकेको छैन्।
धादिङको गजुरी गाउँपालिका ५ बांगेमोडमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । सप्तरीको राजविराजबाट काठमाडौं जाँदै गरेको ना ४ ख १४६७ नम्बरको बस शनिबार बिहान करिब ६ बजेतिर त्रिशुली नदीमा खसेको हो।
रावाट दमौलीतर्फ जाँदै गरेको ना ४ ख ४९४५ नंम्वरको बस शुक्लागण्डकी नगरपालिका ४ दुलेगौंडामा दुर्घटना भएको छ।
झापाको बिर्तामोडमा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ। प्रहरीको गोली लगि अर्जुनधारा ११ का नवराज थापाको मृत्यु भएको हो। इलाका कार्यालय विर्तामोडमा तोडफोड गर्न थालेपछि प्रहरीले गोली चलाएको थियो। प्रहरीको गोली लागि १० जनाभन्दा बढी घाइते भएका छन् । झापामा दिउँसो १: ३० बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि कर्फ्यु आदेश जारी गरेको थियो।
मलेसियाको पेनाङमा नेपाली कामदार चढेको बस दुर्घटना भएको छ। दुर्घटनामा परी कम्तीमा ८ जनाको ज्यान गएको छ भने ३३ जनाभन्दा बढी कामदार घाइते भएका छन्।
अर्घाखाँचीमा जिप दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ भने ८ जना घाईते भएका छन्। सन्धिखर्क गोरुसिङ्गे सडकखण्ड अन्तर्गत सन्धिखर्कको जगात ढाँडखोलामा आज दिउँसो लु १ च ६७६६ नम्बरको गाडी पल्टँदा वाङ्गेमरोठ प्यूठानकी ३३ बर्षकी शारदा के.सी.को घटना स्थलमै ज्यान गएको हो।
मध्यपहाडी लोकमार्ग अन्तर्गत यहाँको गोलञ्जोर गाँउपालिका ३ ग्वालटारमा ओखलढुङगाबाट काठमाडौं तर्फ जाँदै गरेको बसले मोटसाइकललाई ठक्कर दिदा एक जनाको मृत्यु भएको छ।
मध्य जापानमा आएको आँधीबाट पाँच जनाको ज्यान गएको समाचार छ। आइतबारदेखि जापानका विभिन्न भागमा आँधीले प्रभाव पारेको छ।
सन्धिखर्क नगरपालिका जगातमा भएको जिप दुर्घटनामा सोमबार एकजनाको मृत्यु भएको छ भने आठजना घाइते भएका छन्। गुल्मीको पुर्कोटदहबाट सन्धिखर्क हुँदै बुटवल जाँदै गरेको लु१च ६७६६ नं को जिप नरपानी जगातको ढाडखोला नजिकै दुर्घटना भएको घटनास्थलबाट स्थानीयवासी पोमनारायण पोख्रेलले जानकारी दिए।