४ मंसिर २०८१ मंगलबार
image/svg+xml

डेंगू रोगको संक्रमणबाट एकको मृत्यु

गू रोगकोे संक्रमणबाट झापामा एक जनाको मृत्यु भएको छ । मृत्युहुनेमा बिर्तामोड नगरपालिका–४ बिर्ताबजारका ४० बर्षीय उमेश साह रहेको बिर्ता हेल्थ क्लिनिकका सञ्चालक ब्रजेशकुमार मेहताले जानकारी दिए।

मोटरसाइकल दुर्घटनामा एककाे मृत्यु

पूर्वपश्चिम राजमार्गअन्तर्गत शुक्लाफाँटा नगरपालिका– ५ अजुर्नी नजिक गए राति १०ः१५ बजे म २ प ३४५६ नं को मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल सवार एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।

जिप दुर्घटनामा एकको मृत्यु

महाकाली नगरपालिका वडा नं ९ दत्तु चुच्चैमा महाकाली यातायातको जिप आज दुर्घटना भएको छ।  सदरमुकाम खलंगादेखि मालिकार्जुनतर्फ गइरहेको से१ज ५९६ नंको जिप सोतर्‍यौडा खोलामा दुर्घटनाग्रस्त हुँदा जिप मालिक महाकाली नगरपालिका–७ का २४ वर्षीय भूपेन्द्र बडूको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। गम्भीर घाइते जिप चालक देवराम कोलीलाई सशस्त्र प्रहरीको टोलीले उद्धार गरी जिल्ला अस्पतालतर्फ लगिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु

झापाको बुद्धशान्ति गाउँपालिका–७ बर्नेस्थित मेची राजमार्गमा मोटरसाइकलको ठक्करबाट शनिबार राति एक बालकको मृत्यु भएको छ ।

छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु, एक गम्भीर घाइते

बाँके जिल्लामा भएको छुट्टाछुट्टै दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।

मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

मोरङको बेलबारी नगरपालिका–११ मा मोटरसाइकलको ठक्करबाट साइकलमा सवार महिलाको शनिबार मृत्यु भएको छ । को १२ प ३२८ नम्बरको मोटरसाइकलले साइकललाई ठक्कर दिँदा सोही ठाउँकी ४२ वर्षीया अन्जिला श्रेष्ठको मृत्यु भएको हो । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते श्रेष्ठको विराट टिचिङ हस्पिटल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलवारीका प्रहरी निरीक्षक रामजी कटुवालले जानकारी दिए ।

झडपमा ५५ सुरक्षाकर्मी सहित ६८ को मृत्यु

काएरो नजिक विद्रोहीको आश्रयस्थलमा गरिएको खानतलासीमा सुरक्षा फौज र इस्लामवादी लडाकूहरुबीच झडप हुँदा कम्तीमा ६८ जनाको मृत्यु भएको शनिबार इजिप्टको प्रहरीले जनाएको छ । ‘वेस्टर्न डेजर्ट’ मा भएको झडपमा ५० भन्दा बढी सुरक्षा फौजको मृत्यु भएको छ भने १५ जनाभन्दा बढी इश्लामवादी लडाकू मारिएका छन । हास्म नामका उग्रवादी समूहसँग सम्बन्धित रहेको ठानिएका १५ लडाकूहरु पनि उक्त झडपमा मारिएको प्रहरीले जनाएको छ ।

ट्रक दुर्घटनामा परी  १० को मृत्यु, १२ घाइते

भारतको महाराष्ट्र राज्यमा भएको एउटा ट्रक दुर्घटनामा परी कम्तीमा १० जनाको मृत्यु भएको छ भने अरु १२ जना घाइते भएका छन्।  माल बहाक ट्रक सडकमा गलत ठाउँबाट गुडेकाले शनिबार दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

छुट्टाछुट्टै सवारी दुर्घटनामा दुईको मृत्यु

जिल्लाका दुई छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा गए राति दुई जनाको मृत्यु भएको छ।  ग्रामथान गाउँपालिका–२ स्थित विराटनगर – विराटचोक सडक खण्डमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । दक्षिणबाट उत्तर आउँदै गरेको को१ख ४८४२ नंको बसले विपरीत दिशाबाट जाँदै गरेको को७प ९०३ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सोही ठाउँका २७ वर्षीय अशोक राजवंशीको मृत्यु भएको हो।

मोटरसाइकको ठक्करबाट एकको मृत्यु

मोटरसाइकलले साइकललाई ठक्कर दिँदा कपिलवस्तुमा गए राति एक जनाको मृत्यु भएको छ।  वाणगंगा नगरपालिका–६ सुठौलीमा बा२ब ३५७० नंको सरकारी मोटरसाइकलले बैदौलीतर्फ जाँदै गरेको साइकललाई ठक्कर दिँदा साइकलयात्री स्थानीयवासी ६५ वर्षीय कृष्णप्रसाद आचार्यको मृत्यु भएको हो।

मोटरसाइकले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु

मोटरसाइकलले साइकललाई ठक्कर दिँदा कपिलवस्तुमा गए राति एक जनाको मृत्यु भएको छ । वाणगंगा नगरपालिका–६ सुठौलीमा बा२ब ३५७० नंको सरकारी मोटरसाइकलले बैदौलीतर्फ जाँदै गरेको साइकललाई ठक्कर दिँदा साइकलयात्री स्थानीयवासी ६५ वर्षीय कृष्णप्रसाद आचार्यको मृत्यु भएको हो।

मोरङमा दुर्घटना हुँदा दुईको मृत्यु

जिल्लाका दुई छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा गए राति दुई जनाको मृत्यु भएको छ। ग्रामथान गाउँपालिका–२ स्थित विराटनगर – विराटचोक सडक खण्डमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

बासको साँघुबाट खसेर बालिकाको मृत्यु

खोटाङमा खोलामा हालिएको बाँसको साँघुबाट खसेर बालिकाको मृत्यु भएको छ । केपिलासगढी गाउँपालिका–६ दिप्सुङस्थित मावलीघरबाट घर जाँदै गरेकी रुपाकोट मझुवागढी–११ खार्मीकी ११ वर्षीय रेखा तामाङको बाँसको फड्केबाट खसेर मृत्यु भएको हो । मावली घरमा बस्दै आएकी बालिकाको भाईटिकामा फूलमाला लगाइदिने आमालाई लिनका लागि घर जानेक्रममा रावाखोलाको फड्के साँघुबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

भवनको छाना खस्दा ८ जनाको मृत्यु

दक्षिणी भारतको तामिलनाडु राज्यमा अवस्थित यातायात कार्यालय भवनको छाना खस्दा शुक्रबार बिहान आठ जनाको ज्यान गएको छ । चेन्नईबाट करिब तीन सय १२ किलोमीटर टाढा रहेको नागापट्टिनाममा रहेको सो राज्यको राज्य सरकारको यातायात निगम कार्यालय भवनको छाना खसेको र यसमा परी आठ जनाको ज्यान गएको समाचारमा जनाइएको छ ।

जाजरकोटमा बस दुर्घटना हुँदा एककाे मृत्यु, २९ घाइते

भेरी नगरपालिका–१ रिम्नाबाट सुर्खेततर्फ जाँदै गरेको काँक्रेबिहार यातायात समितिको मे१ख ७२२ नंको बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्