४ मंसिर २०८१ मंगलबार
image/svg+xml

ट्रकको ठक्करबाट दुईको मृत्यु

सुनसरीको कोसी गाउँपालिका–८ भाण्टाबारीमा भारतीय नम्बरको गाडीको ठक्करबाट बिहीबार राति एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय अन्दाजी पचास बर्षीय महमद मुस्ताक मियाँ रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरीयाले जानकारी दिए ।

मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु

मोरङको बेलबारी नगरपालिका–१० स्थित पूर्व–पश्चिम राजमार्गमा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ ।

सुरक्षा कारबाहीमा एक सय २ जनाको मृत्यु

सरकारी सुरक्षा फौजले गरेको सुरक्षा कारबाहीमा परी अफगानिस्तानमा एक सय २ जनाको मृत्यु भएको छ । त्यस्तै ४४ जना गम्भिर घाइते भएका छन् । केही दिन यता बृहत् सुरक्षा कारबाही चलाएकोमा गत चौबिस घण्टाको अवधीमा उनीहरुको मृत्यु भएको रक्षा मन्त्रालयले बिहीबार जनाएको छ ।

दुर्घटनामा एकको मृत्यु, चारजना गम्भीर

मोटरसाइकल र म्याजिक भ्यान एकापसमा जुध्दा झापाको कमल गाउँपालिकामा बुधबार एकजनाको मृत्यु भएको छ भने अन्य चारजना गम्भीर घाइते भएका छन्।  कमल गाउँपालिकाको पाडाजुंगी–गौरीगञ्ज सडकखण्डस्थित गेउरियामा बुधबार दुवै सवारी एकापसमा जुध्दा मोटरसाइकलमा सवार झापा, गौरादह–१ का ३४ वर्षीय योगेन्द्र अधिकारीको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते अधिकारीको उपचार गर्न दमक ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको थियो।

डाेटीमा बस दुर्घटना हुँदा तीनकाे मृत्यु, १० घाइते

बड्डीकेदार गाउँपालिका–२ खड्यौलीमा बिहीबार बस दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ।  बसमा सवार १० जना घाइते भएका छन् । घाइतेलाई उपचारका लागि कैलालीको धनगढी पठाइएको छ । मृतक तीनैजना बड्डीकेदार गाउँपालिका–४ का बासिन्दा रहेको स्थानीयवासीले बताएका छन्।

सुनसरीमा छुट्टाछुट्टै दुर्घटना हुँदा दुईको मृत्यु

सुनसरी जिल्लाका दुई छुट्टाछुट्टै स्थानमा गएराति भएको सवारी दुर्घटनामा परेर दुईजनाको ज्यान गएको छ । ती घटनामा अरु तीनजना गम्भीर घाइते भएका र उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय, इटहरीले जानकारी दिएको छ ।

भिरबाट लडेर महिलाको मृत्यु

खर काट्ने क्रममा भिरबाट लडेर बुधबार बैतडीमा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा सुर्नया गाउँपालिका–४ मेलडाँडाकी ३२ वर्षीया जुनकिरी लुहार रहेकी छन् । स्थानीय धरमपानी खरफागलमा खर काट्दै गरेकी जुनकिरीको भिरबाट करिब १०० मिटर तल खस्दा घटनास्थलमै ज्यान गएको स्थानीय प्रकाश भाटले जानकारी दिए।

कतारमा एक नेपालीको मृत्यु

वैदेशिक रोजगारीको लागि सप्तरीबाट कतार गएका एक नेपालीको सडक दुर्घटनामा परेर मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–४ बस्ने २७ वर्षीय विमलेश मण्डल रहेको स्थानीय शैलेन्द्र सिंहले जानकारी दिए । मण्डल ६ महिना अगाडि रोजगारीको लागि कतार जाएका थियो ।

जिप र मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

जिप र मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । विपरीत दिशाबाट आएका मोटरसाइकल र जिप एकापसमा ठोक्किँदा रौतहटको जयनगरमा बुधवार एक युवकको मृत्यु भएको हो । रौतहटको सदरमुकाम गौरलाई पूर्व–पश्चिम राजमार्गलाई छुने वीरेन्द्र राजमार्गको गरुडा नगरपालिका १ स्थित जयनगरमा जिल्ला कृषि विकास कार्यालय रौतहटको बा १ झ ५३९३ नम्बरको गाडी र स्थानीय शेख अन्सारुलको करिब १६ वर्षका छोरा माेहम्मद ताज चढेको ना ७ प ९५१८ नम्बरको मोटरसाइकल एकापसमा ठाेक्किँदा मोटरसाइकल चलाइरहेका माेहम्मद ताज गम्भीर घाइते भएका थिए ।

माटाेकाे ढिस्काेले पुरिएर महिलाको मृत्यु

तिहारका लागि घरआँगन लिपपोत गर्न माटो लिन गएकी एक महिलाको ढिस्कोले पुरिएर मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको बेल्हीचपेना गाउँपालिका–४ बस्ने ४० वर्षीया हेमनीदेवी यादव रहेकी जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सोमालियाको बम विष्फोटमा मृत्यु हुनेको संख्या २७६ पुग्यो

सोमालियाको राजधानी नजिकैको एक होटलमा शनिबार भएको बम विष्फोटमा परी मृत्यु हुनेहरूको संख्या २७६ पुगेको छ। घटनामा ३०० भन्दा बढी घाइते भएका छन्।

खाल्डोमा डुबेर एक बालकको मृत्यु

सप्तरीको रुपनी गाउँपालिका–५ स्थित खाल्डोमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय मोस्तकिम मियाँका पाँच वर्षीय छोरा निराजन आलम रहेको इलाका प्रहरी कार्यालय रुपनीले जनाएको छ । खेल्दाखेल्दै उनी घर नजिकै रहेको पानी जमेको खाल्डोमा डुबेका थिए ।

करेन्ट लागेर एकको मृत्यु

करेन्ट लागेर दाङमा एकजनाको ज्यान गएको छ । शान्तिनगर गाउँपालिका–५ काशीपुर निवासी ३० वर्षीय दिलबहादुर चौधरीको ज्यान गएको प्रहरीले बताएको छ । आफ्नै घरमा बल्व जडानका लागि होल्डर बनाउने क्रममा गएराति करेन्ट लागेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अर्यालले जानकारी दिए ।

करेन्ट लागेर सासू–बुहारीको मृत्यु

वीरगञ्ज महानगरपालिकाको लक्ष्मणवामा आज बिहान करेन्ट लागेर सासू र बुहारीको मृत्यु भएको छ। वीरगञ्ज महानगरपालिका–१५ लक्ष्मणवा निवासी ६० वर्षीया कान्ती देवी र उनकी बुहारी ४८ वर्षीया जागो देवी सोनारको करेन्ट लागेर मृत्यु भएको हो।

काश्मिरमा भारतीय प्रहरीको गोलीबाट एकको मृत्यु, पाँच घाइते

प्राय तनाव भइरहने भारत पाकिस्तान सीमाक्षेत्र काश्मिरमा आइतबार फेरि अर्को झडपमा परी एकजनाको ज्यान गएको छ।  भारतीय सीमा सुरक्षा बलले चलाएको गोली लागि पाकिस्तानी नागरिकको ज्यान गएको पाकिस्तानी पक्षले जनाएको छ । त्यसमा परी अरु पाँच जना घाइते भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्