जाजरकोट – सुर्खेतको कालीखोलामा यात्रुवहाक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएकाे छ भने २९ जना घाइते भएका छन् ।
जाजरकोटको रिम्नाबाट नेपालगन्जतर्फ गइरहेको म १ ख ७२२ नम्वरको यात्रुवहाक बस सिम्ता गाउँपालिका ४ वालीखोलामा दुर्घटना हुदा भेरी नगरपालिका १० पर्सेनीका शिवलाल डांगीको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी भावेस रिमालले जानकारी दिए । उनका अनुसार वस दुर्घटनामा २९ यात्रु घाइते भएको र उनीहरुलाइ उपचारका लागि नेपालगन्ज तर्फ लगिएको छ ।
बस दुर्घटनाको कारण पत्ता लाग्न बाँकी रहेको उनले बताए । बस विहान साढे १० वजे सडक भन्दा तल भेरी नदीको छेउमा खसेर पल्टिएको प्रहरीले जनाएको छ ।
प्रकाशित: ३ कार्तिक २०७४ ०७:४१ शुक्रबार