३ मंसिर २०८१ सोमबार
image/svg+xml

पेशावरमा तालिवानी अातक्रमण: नाैजनाको मृत्यु

पाकिस्तानको पेशावर शहरको एउटा कलेजमा बन्दुकधारीहरुको हमलामा परि कम्तिमा ९ जनाको मृत्यु भएको छ । एग्रिकल्चर ट्रेनिङ इन्टिच्युटमा भएको हमलामा परी अन्य ३६ जना घाइते भएका छन् । मृत्यु हुनेमा आठ जना विद्यार्थी रहेको प्रहरीले बताएको छ ।

भीरबाट खसेर मृत्यु

भक्तपुरको सूर्यविनायक नगरपालिका १० साँगास्थित मुसी गणेश मन्दिर नजिकै खोल्सामा शुक्रबार एकजना मृत्यु अवस्थामा भेटिएको छ ।

रौतहटमा युवतीको शंकास्पद मृत्यु

रौतहटमा एक युवतीको शंकास्पद मृत्यु भएको छ । देवाही गोनाही नगरपालिका ७ प्रेमपुर गोनाही टोलकी एक दलित युवतीको शंकास्पद मृत्यु भएकोले आधा जलेको लासलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कार दुर्घटनामा चालकको मृत्यु

आफूले चलाएको कार दुर्घटना हुँदा भक्तपुरमा गएराति एक जनाको मृत्यु भएको छ। सूर्यविनायक नगरपालिका–८ नैचालबाट आशापुरी हुँदै डोलेश्वरतर्फ जाँदै गरेको बा ८ च २४३१ नम्बरको मारुती कार सडकबाट करिब ५०० मिटर तल खोल्छामा खसेर दुर्घटना भएको हो।

सुडानमा झडप हुदा ४० को मृत्यु

दक्षिणी सुडानमा भएको सशस्त्र झडपमा परी ४० जनाको मृत्यु भएको छ। दक्षिण सुडानको पूर्वी राज्यमा पर्ने जोङलाईमा भएको भिडन्तमा २४ घण्टा भित्र ४० जनाको मृत्यु भएको हो। छिमेकी बोमा राज्यबाट समूहमा आएका बन्दुकधारीहरुले जोङलाई राज्यका ४० जनाको हत्या गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन्।

चितवनको चुम्लिङटारमा बस त्रिशुलीमा खस्यो, ६ को मृत्यु, ९ घाइते

पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन नजिक चुम्लिङटारमा यात्रुवाहक बस त्रिशुली नदीमा खस्दा ६ जनाको मृत्यु भएको छ  भने ९ जना घाइते भएका छन्।

कालीकोटमा जिप दुर्घटना, तीनको मृत्यु, छ घाइते

जिल्लाको खाँडाचक्र नगरपालिका–१ जिल्ला अस्पताल मोडमा बलेरो जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्।  मुगुबाट सुर्खेत जाँदै गरेको लु २ च २००३ नम्बरको बलेरो जिप कालीकोटको जिल्ला अस्पताल मोडमा आज बिहान दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा मृत्यु भएको हो ।

मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं १ सल्यानटार दाउन्नेमा सोमबार बिहान मोटरसाइकल दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको छ । सल्यानटारबाट आरुघाट जाँदै गरेको बा ७९ प ७२७२ नम्बरको मोटरसाइकल दुर्घटना भई सडकबाट १० मिटर तल खसेको हो ।

बस दुर्घटनामा एकको मृत्यु, चार जना गम्भीर घाइते

शुक्रबार राति तनहुँको म्याग्दे ६ अकलामा बस दुर्घटना हुदाँ १ जनाको मृत्यु भएको छ भने ४ जना यात्रु गम्भीर घाइते भएका छन् ।

जीप दुर्घटनामा नवदम्पती प्रहरी निरीक्षकसहित सातको मृत्यु

पूर्वी रुकुमको सदरमुकाम रुकुमकोटबाट पश्चिम रुकुम सदरमुकाम मुसीकोट खलंगा आउँदै गरेको जीप दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । ग१ज ४२६० नं. को जीप मुसीकोट नगरपालिका वडा नं. ६ कालिमाटिमा दुर्घटना भएको हो ।

करेन्ट लागेर ट्रिपर चालक र सहचालकको मृत्यु

दाङको देउखुरीको राप्ती खोलामा टिपर सफा गर्ने क्रममा बिहीबार बेलुकी करेन्ट लागेर टिपरका चालक र सहचालकको मृत्यु भएको छ।

ट्यांकरको ठक्करबाट महिलाको मृत्यु

मोरङको बूढीगंगा गाउँपालिका– ३ स्थित कोशी राजमार्गमा ट्यांकरको ठक्करबाट बिहीबार साँझ स्कुटरमा सवार एक महिलाको मृत्यु भएको छ भने अर्की एक महिला घाइते भएकी छिन्।

पञ्जावकाे प्लाष्टिक उद्याेगमा आगलागी हुँदा तेह्रको मृत्यु

उत्तरी भारतीय राज्य पञ्जावमा गत सोमबार एक प्लाष्टिक उद्योगमा भएको आगलागीमा परी मृत्युहुने व्यक्तिको संख्या १३ पुगेको छ। सरकारी अधिकारीहरुले बुधबार सो जानकारी दिएका छन्।  यस आगलागीमा परी सोमबार तत्कालै तीन व्यक्तिको मृत्यु हुनको साथै अन्य १५ जना कारखाना भित्र थुनिएका थिए।

ट्रकको ठक्करले दुईको मृत्यु

सूर्याेदय नगरपालिका–१० फिक्कलमा बुधबार बिहान भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ। गुडिरहेको मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा तनहुँको व्यास नगरपालिका–१ का मोटरसाइकल चालक ३५ वर्षे सरोज पौडेल र मोटरसाइकलमा पछाडि सवार इलाम चमैताकी २४ वर्षीया अस्मिता राईको मृत्यु भएको प्रहरीले जनाएको छ।

एम्बुलेन्सले स्कुटरलाई ठक्कर दिँदा तीनको मृत्यु

कोशी राजमार्ग अन्तर्गत सुनसरीको इटहरी वडा नं. २ हलगढामा आइतबार राति एम्बुलेन्सले स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार तीन जनाको मृत्यु भएको छ।  राति १०.४५ बजे को १ च ७००९ नम्बरको एम्बुलेन्सले को ३२ प ४६७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा चालक इटहरी वडा नं. २ का ४५ वर्षीय डुकबहादुर कार्की, पाल्पा भैरवस्थान वडा नं. ४ का ४० वर्षीय निर्मल गौतम र सुनसरी चक्रघटीकी ४६ वर्षीया सरिता काफ्लेको मृत्यु भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्