काठमाडौँ – पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन नजिक चुम्लिङटारमा यात्रुवाहक बस त्रिशुली नदीमा खस्दा ६ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन्।
चितवन प्रहरीका अनुसार काठमाडौँबाट अर्घाखाँची जाँदै गरेको लु २ ख २९१ नम्बरको बस आज विहान सवा ९ बजे इच्छाकामना गाउँपालिका ३ मा सडकबाट त्रिशुली नदीमा खसेको हो।
दुर्घटनाको थप विवरण आउँन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
प्रकाशित: १३ मंसिर २०७४ ०४:५४ बुधबार