१० आश्विन २०८१ बिहीबार
image/svg+xml

विभिन्न मुद्दाका २६ फरार पक्राउ

जिल्ला प्रहरी कार्यालय तनहुँले विभिन्न मुद्दाका फरार २६ व्यक्तिलाई आइतबार पक्राउ गरेको छ। प्रहरीले बैकिङ कसुर मुद्दामा फरार रहेका जिल्लाको म्याग्दे गाउँपालिका–३ बस्ने ३१ बर्षीय अमृत भट्टराईलाई पक्राउ गरेको छ।

युवती बलात्कार गर्ने दुई पक्राउ

एक सुस्त मनस्थितिकी युवतीलाई सामुहिक बलात्कार गर्ने उदयपुरका दुई युवक पक्राउ परेका छन्।

विप्लव समूहका पूर्वी कमाण्ड कम्पनी कमिशनर पक्राउ

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका दुई जना कार्यकर्ता पक्राउ परेका छन्।

३० लाख नगदसहित १० जुवाडे पक्राउ

नेपालगन्जमा ३० लाख नगदसहित १० जना जुवाडे पक्राउ परेका छन्। बाँकेका प्रहरी प्रमुख एसपी ओम रानाले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ बसपार्क क्षेत्रबाट करिव ३० लाख नगदसहित १० जना जुवाडेलाई पक्राउ गरिएको जानकारी दिए।

तास र कौडा खेल्ने २० जना पक्राउ

जिल्ला प्रहरी कार्यालय चितवनले दशैंको समयमा तास र कौडा खेलिरहेका २० जनालाई पक्राउ गरेको छ। चाडपर्व लक्षित विशेष सुरक्षा अभियानअन्तर्गत जिल्लाका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरिएको हो।

लागुऔषधसहित ललितपुरबाट चार जना पक्राउ

ललितपुरको गोदावरीबाट लागुऔषधसहित चार जना पक्राउ परेका छन्। सशस्त्र प्रहरीको इन्टेलीजेन्स विशेष व्यूरोले गोदावरी नगरपालिकास्थित हात्तिवनबाट औषधि जन्य लागुऔषध र २ केजी चरेससहित चार जनालाई पक्राउ गरेर नेपाल प्रहरीलाई बुझाएको छ।

गोरखामा १२ जुवाडे पक्राउ

गोरखा नगरपालिका ४ पन्थेश्वाँराबाट गएराती १२ जना जुवाडे पक्राउ परेका छन्। एक लाख ४६ हजार रुपैयाँ नगद सहित कौडा खेलीरहेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको एसपी सुरेन्द्र गुरुङले बताए।

सामाजिक सञ्जालमार्फत ठगी गर्ने युवा पक्राउ

सामाजिक सञ्जालमार्फत चिट्ठा परेको भनी ठगी गरेको आरोपमा प्रहरीले सिरहाका एक युवालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले सिरहाका अरविन्दकुमार कामतीलाई पक्राउ गरेको हो। इटहरी वडा नं. २ का २५ वर्षे एक युवालाई ठगी गरेको उजुरीका आधारमा प्रहरीले कामतीलाईं पक्राउ गरेको जनाएको छ।

बैंकिङ कसुर मुद्दाका फरार धादिङका अभियुक्त पक्राउ

फरार रहेका धादिङका ५१ वर्षीय पन्चम अकौलियालाई सोमबार चितवनबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो।

९८ फरार प्रतिवादी पक्राउ

प्रहरीले अदालतको फरार सूचीमा रहेका प्रतिवादीको खोजी तीव्र पारेको छ। पछिल्लो तीन सातामा ९८ फरार प्रतिवादी पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

सात वर्षिया बालिका बलात्कार आरोपमा कोटेश्वरबाट एक पक्राउ

बानेश्वरको सहयोगीनगस्थित बागमती करिडोरमा सात वर्षिया बालिका बलात्कार गरेको अभियोगमा एक जना पक्राउ परेका छन्।

गुण्डा नाइके राधे धादिङमा पक्राउ

गुण्डा नाइके राधे भण्डारी पक्राउ परेका छन्। धादिङ प्रहरी प्रमुख एसपी महेन्द्र खड्काका अनुसार बालुवा निकाल्ने ठेक्काको समय सकिएपछि जनप्रतिनिधिलाई धम्काएर काम गर्न खोजेपछि उनलाई पक्राउ गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्