९ मंसिर २०८१ आइतबार
image/svg+xml

श्रीलंकाद्वारा चीनसँग एक अर्ब डलर ऋण प्रस्ताव

श्रीलङ्काले राजधानी कोलम्बोबाट क्यान्डी सहर जोड्ने राजमार्ग निर्माणका लागि चीनसँग एक अर्ब डलर ऋण सहयोगका लागि आग्रह गरेको छ। श्रीलङ्कासँग विदेशी मुलुकलाई यसै वर्षमात्र करिब ६ अर्ब अमेरिकी डलर ऋण भुक्तानी गर्नुपर्ने दायित्व छ।

महिला सहकारीलाई तीन लाख मुनाफा

हिमालचुली सृजनशील महिला बचत तथा ऋण सहकारी संस्थाले तीन लाख मुनाफा आर्जन गरेको छ। सोलुदुधकुण्ड नगरपालिका–५ सल्लेरीमा रहेको सहकारीले आर्थिक वर्ष ०७४/७५ मा तीन लाख नौ हजार तीन सय २२ रुपैयाँ मुनाफा आर्जन गरेको हो।

नवीकरणीय ऊर्जा क्षेत्रमा विश्व बैंकको सहयोग

विश्व बैंकले नवीकरणीय ऊर्जाको विकासका लागि नेपाललाई ७६ लाख १० हजार अमेरिकी डलर (करिब ८६ करोड ७५ लाख रुपैयाँ) सहायता प्रदान गर्ने भएको छ। विश्व बैंकले रणनीतिक जलवायु कोष (एससिएफ) मार्फत ५६ लाख १० हजार डलर अनुदान र २० लाख अमेरिकी डलर ऋणको रुपमा उक्त सहायता स्वीकृत गरेको हो।

व्यवसायी आन्दाेलित

बैंकहरूको लगातारको चर्को ब्याजदरले लागत बढेर प्रतिस्पर्धात्मक क्षमता गुमेको भन्दै उद्योगी–व्यवसायी ब्याज घटाउन माग राख्दै सडकमा उत्रिएका छन्। सरकारले उद्यमी–व्यवसायीमैत्री वातावरण बनाएको भनेर दाबी गरिरहेका बेला चर्को ब्याजदरले व्यवसाय थलिएको भन्दै उनीहरू सडक आन्दोलनमा आएका हुन्।

८० करोड तिर्नुपर्नेमा १० करोड

नेपाल वायुसेवा निगमले दुई वाइड बडी विमान खरिदमा लिएको ऋणको पुस मसान्तमा साँवा व्याज गरी तिर्नुपर्ने ८० करोड रुपैयाँ किस्तामध्ये १० करोड मात्र बुझाएको छ। निगमले वाइड बडी जहाजलाई योजनाअनुसार उडाउन नसकेपछि आम्दानी नहुँदा किस्ताको ७० करोड रुपैयाँ तिर्न नसकेको हो।

साना व्यापारीलक्षित सस्तो ऋण उपलब्ध गराउँदै मोदी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लाखौं साना व्यापारीलाई लक्षित गर्दै सस्तो ऋण र निःशुल्क आकस्मिक बिमा उपलब्ध गराउनेबारे सोच बनाएको यससम्बन्धी प्रत्यक्ष जानकार दुईवटा सरकारी स्रोतलाई उद्धृत गर्दै समाचार एजेन्सी रोयटर्ससले उल्लेख गरेको छ।

गरिब जेहेनदार विद्यार्थीलाई पाँच लाख शैक्षिक ऋण दिने

नगरपालिकाको चौँथो नगरसभाले शैक्षिक ऋण दिनेसम्बन्धी निर्देशिका २०७५ सर्वसम्मतिले पारित छ। स्थायी बसोबास गर्ने गरीब, जेहेनदार विद्यार्थीलाई शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखी रु पाँच लाखसम्मको ऋण दिने निर्णयलाई नपाले सर्वसम्मतिले पारित गरेको हो।

चीनको आन्तरिक ऋणमा वृद्धि

सन् २०१८ को डिसेम्बरमा चीनको आन्तरिक ऋण १.०८ ट्रिलियन युआन (झण्डै एक खर्ब ६० अर्ब अमेरिकी डलर) पुगेको केन्द्रीय बैंकको मङ्गलबार सार्वजनिक तथ्याङ्कले जनाएको छ। यो गत बर्षको सोही महिनाको तुलनामा चार खर्ब ९९ अर्ब ५० करोड युआन बढी हो।

ऋण फुकुवा नहुँदा पुनर्निर्माण प्रभावित

जापान सरकार सहयोग नियोग (जाइका) ले नेपाल सरकारलाई उपलब्ध गराएको ऋण सहयोग फुकुवा नहुँदा भूकम्पपछिको पुनर्निर्माण प्रभावित भएको छ। महालेखा नियन्त्रकको कार्यालय (मलेनिका) ले जाइकाको दोस्रो चौमासिक रकम फुकुवा नदिँदा पीडित अनुदान पाउनबाट वञ्चित भएका हुन्।

सेयर धितोमा ६५ प्रतिशतसम्म ऋण लिन पाइने

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सेयर धितोमा मूल्यको ६५ प्रतिशतसम्म ऋण दिन पाउने व्यवस्था गरेपछि सेयर परिसूचकमा एकै दिन ३० बिन्दुको सुधार देखिएको छ।

दैनिक दुई सयजनाको लर्को

सरकारले वैदेशिक रोजगारीबाट फर्केका युवालाई उद्यम व्यवसाय गर्न १० लाख रुपैयाँसम्म सहुलियत ब्याजदरमा ऋण दिने निर्णय सार्वजनिक गरेपछि दैनिक दुई सय हाराहारीको संख्यामा निवेदन परेको छ।

तीन विकल्पमा निगम

वित्तीय संकटमा परेको नेपाल वायुसेवा निगमले दुई वाइड बडी जहाज किन्दा लिएको ऋणको किस्ता (ब्याज र साँवा) बुझाउन नसकेपछि के गर्ने भन्ने विकल्पमा अल्झिएको छ।

‘धरातल नबुझेको हल्का टिप्पणी’

मुलुकले पूर्वाधारका आयोजना बनाउन वैदेशिक ऋणमा भर पर्नुपरेको एक दशकभन्दा बढी भइसकेको छ। सरकारले उठाउने राजस्वले चालु खर्च धान्न धौ–धौ भएको पनि धेरै भइसकेको छ।

ऋण जति नेपाललाई पैसा जति भारतमै

सडकलगायतका पूर्वाधार विकास गर्न भारतीय एक्जिम बैंकबाट लिने गरिएको ऋणमा अनेक सर्त राखिएका कारण त्यस्तो रकम खर्च गर्न निकै सास्ती परेको छ। सोही सास्तीका कारण सन् २०१४ देखि खर्च गर्ने भनिएको ५५० मिलियन अमेरिकी डलर अझै खर्च हुन सकेको छैन। त्यसअघि सन् २०११ मा दुई देशबीचको सम्झौताअनुसारको २५० मिलियन डलरको ऋण पनि करिब ७० प्रतिशत मात्र खर्च हुन सकेको छ।

मन्त्रिपरिषदका निर्णय : किसानको ऋण मिनाहादेखि भारतीय रुपैयाँ प्रतिबन्धसम्म

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मन्त्रिपरिषदका निर्णयहरु सार्वजनिक गरेको छ। सञ्चारमन्त्री गोकुल बास्कोटाले विहीवार मन्त्रालयमा पत्रकार सम्मेलन गरी मंसिर २४ को मन्त्रिपरिषदले गरेका निर्णय सार्वजनिक गरेका हुन। सार्वजनिक निर्णयहरुमा साना किसानको ऋण मिनाहा, भारतीय नोटमा प्रतिबन्ध, कपडा उद्योगीलाई बैंकको ब्याजमा अनुदान र भन्सारमा छुट लगायत रहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्