९ मंसिर २०८१ आइतबार
image/svg+xml

स्वरोजगारका लागि निर्ब्याजी ऋण

जुम्लाको तातोपानी गाउँपालिकाले लक्षित वर्ग र गरीबी न्यूनीकरणका लागि निर्ब्याजी ऋण उपलब्ध गराउने भएको छ।

धान धितो राखेर किसानलाई ऋण

बुटवल उपमहानगरपालिका– १८ पोखराबारीका कृषक विष्णु गाहाले ३५ क्विन्टल धान धितो राखेर रु ५५ हजार ऋण सापटी लिए। उनले आफूले धानको मूल्य आउनासाथ बिक्री गरेर ऋण तिर्ने सोच बनाएका छन्।

प्रत्येक नेपालीको थाप्लोमा करिब ३२ हजार ऋण

प्रत्येक नेपालीको थाप्लोमा प्रतिव्यक्ति ३१ हजार सात सय ५० रुपैयाँ ऋण पुगेको छ। दुई करोड ८८ हजार २९ हजार नेपालीको टाउकोमा सो ऋणभार परेको हो।

सुधार भएन निक्षेप संकलन

बैंकहरुले नौ प्रतिशत ब्याज दिँदा पनि निक्षेप संकलन हुन नसकेको पाइएको छ। तर, ऋण माग भने बढेको बढ्यै छ।

सन्राइज बैंकको एक अर्बको ऋणपत्र आउँदै

सनराइज बैंक लिमिटेडले एक अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्ने भएको छ। बैंकले चैत २० देखि एक हजार रुपैयाँ अंकित दरको १० लाख कित्ता ऋणपत्र बिक्री गर्न लागेको हो।

ब्याज नघट्दा उकालो लागेन सेयर

लामो समयदेखि सेयर बजार उकालो लाग्न नसक्नुको एउटा प्रमुख कारण सेयर धितोमा राखेर दिने कर्जाको ब्याज चर्को हुनु रहेको सरोकारवालाले बताएका छन्। बैंक, वित्तीय संस्थाहरुले सेयर धितो राखेर १४–१५ प्रतिशत ब्याजमा ऋण दिँदै आएका छन्। यस्तो चर्को ब्याजमा लिएको ऋणले सेयर खरिद गर्दा आम्दानी नहुने देखेर लगानीकर्ताले सेयर किन्न नचाहेका हुन्।

धनी दाइले आफ्नो भाइलाई जेल जानबाट बचाए

भारतका सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानीले आफ्नो भाइलाई जेल जानबाट बचाएका छन्। आफ्नो भाइले लिएको ऋण तिरिदिएर अम्बानीले उनलाई जेल जानबाट बचाएको बिबिसीले उल्लेख गरेको छ। अनिल अम्बानीको कम्पनी रिलायन्स कम्युनिकेसन (आरकम) र इरिक्सनबीचको सम्झौता खारेज भएपछि उनलाई जेल सजाय तोकिएको थियो।

सोसाइटल सहकारी समस्याग्रस्त

सरकारले सोसाइटल बचत तथा ऋण सहकारी संस्थालाई समस्याग्रस्त संस्था घोषणा गरेको छ। सहकारी ऐन, २०७४ को दफा १०४ को उपदफा (१) अनुसार उक्त सहकारीलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्रीको मन्त्रीस्तरीय निर्णयबाट सस्याग्रस्त संस्था घोषणा गरिएको हो।

सेयर किन्न विपन्न वर्गलाई ऋण

ऊर्जा मन्त्रालयले जनताको जलविद्युत् आयोेजनाको कार्यक्रमको कार्यविधि तयार पारेको छ। सबै नेपालीलाई जलविद्युतको सेयरधनी बनाउने उद्देश्यले यस्तो कार्यविधि बनाएको हो।

निक्षेप फिर्ता गर्न ओरियन्टल पीडितको माग

ओरियन्टल ऋण तथा बचत सहकारी संस्थाबाट पीडित बनेका निक्षेपकर्ताले आफूहरुको रकम तत्काल फिर्ताको वातावरण मिलाइदिन सकारसँग आग्रह गरेका छन्। सरकारले ‘समस्याग्रस्त सहकारी संस्था वा संघको व्यवस्थापन समिति’बनाएर काम गरे पनि १४ महिनासम्म पनि कुनै प्रगति नभएको भन्दै रकम फिर्ता गर्न माग गरेका छन्।

फाइनान्स र सहकारी एकै होइनन्

फाइनान्स कम्पनी र वचत तथा ऋण सहकारीको मुख्यकार्य निक्षेप संकलन र कर्जा प्रवाह गर्ने रहेकाले आम मानिसहरुले यी दुवै संस्थाहरुलाई एकै तवरले बुझ्ने गरेको पाइएको छ । यसका अतिरिक्त यी दुवै संस्थालाई समानान्तर रुपमा अथ्र्याइएको पाइन्छ । यसै सन्दर्भमा केही प्रसंगहरु यहाँ उल्लेख गर्न आवश्यक देखिन्छ ।

विपतमाथि ऋणको भारी

करिब चार वर्षअघि भूकम्पले उनको घर ढालिदियोे। अनुदान पाएको पैसामा साढे दुई लाख थपेर साढे पाँच लाखमा बनाएको घर पनि आगोले खाइदियो। रुवीभ्याली गाउँपालिका–५, लापाका सोनाम तामाङ रुखबाट लडेकी छोरीलाई उपचार गराउन सदरमुकाम धादिङबेंसी नजिकै दामगाडेमा डेरा लिएर बसेका छन्। उनका पत्नी, छोरा, बुहारी, छोरी, दुई नातिनी गाउँमा कन्तबिजोग अवस्थामा छन्।

रेमिट सदस्यलाई नोबेल अस्पतालमा छुट

मोरङको ग्रामथान–२, झोराहाटस्थित रेमिट बचत तथा ऋण सहकारी सस्थाका सदस्यले नोबेल शिक्षण अस्पतालमा उपचार गराउँदा सहुलियत पाउने भएका छन् ।

मौद्रिक नीतिमार्फत उपाय खोज्दै

नेपाल राष्ट्र बैंकले सार्वजनिक गर्ने मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा ऋणको चर्को ब्याजदर घटाउने उपायको खोजी गरिरहेको छ।

एक अर्ब डलर ऋण माग

श्रीलंकाले राजधानी कोलम्बोबाट क्यान्डी सहर जोड्ने राजमार्ग निर्माणका लागि चीनसँग एक अर्ब डलर ऋण सहयोगका लागि आग्रह गरेको छ। श्रीलंकासँग विदेशी मुलुकलाई यसै वर्षमात्र करिब छ अर्ब अमेरिकी डलर ऋण भुक्तानी गर्नुपर्ने दायित्व छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्