६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

सन्राइज बैंकको एक अर्बको ऋणपत्र आउँदै

काठमाडौं– सनराइज बैंक लिमिटेडले एक अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्ने भएको छ। बैंकले चैत २० देखि एक हजार रुपैयाँ अंकित दरको १० लाख कित्ता ऋणपत्र बिक्री गर्न लागेको हो।

सोमध्ये चार लाख कित्ता बराबरको ऋणपत्र सर्वसाधारणमा सार्वजनिक निष्कासनको माध्यमबाट बिक्री गर्न लागेको बैंकको विज्ञप्तिमा छ। साथै, बाँकी ६ लाख कित्ता बराबरको ऋणपत्र परिपत्र विधि (प्राइभेट प्लेसमेन्ट)बाट संस्था र व्यक्तिलाई बिक्री गरिने कम्पनीले जनाएको छ। ऋणपत्र किन्न चाहने इच्छुकले चैत २० गतेदेखि छिटोमा चैत २५ गतेसम्म र ढिलोमा वैशाख १९ गतेसम्म खरिद गर्न सक्नेछन्। केयर रेटिङ नेपालबाट न्यून कर्जा जोखिम ‘केयर एनपी ए माइस’ रेटिङ प्राप्त उक्त ऋणपत्रमा सर्वसाधारणले न्यनतम २५ कित्ता र अधिकतम चार लाख कित्ताको लागि आवेदन दिन सक्ने बताइएको छ। 

बैंकले पाँच वर्ष भुक्तानी अवधि र वार्षिक १० प्रतिशतका दरले अर्धवार्षिक रुपमा ब्याज भुक्तानी गर्ने गरी ऋणपत्र बिक्रीमा राखेको हो। यो ऋणपत्र नेप्सेममा सूचीकृत हुनुका साथै विभिन्न बैंक तथा वित्ती संस्थाबाट धितो राखी कर्जा समेत लिन सकिने कम्पनीले जनाएको छ। कम्पनीको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड छ।

 

प्रकाशित: १३ चैत्र २०७५ ०४:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App