२ पुस २०८१ मंगलबार
image/svg+xml

मकवानपुर मनहरीमा चुनावी भोज

मनहरी गाउँपालिका वडा न. ३ कालिदमारस्थित कृष्णप्रसाद धितालको लिची बगैंचामा आइतबार दिउँसो २ बजे माओवादीको चुनावी भोज चलिरहेको थियो। करिब पाँच सय सर्वसाधारण भेला भएर खसी काटेर भोज गरिरहेका थिए।

१६ वर्षमा आठ किलोमिटर नहर निर्माण

२०५८ सालमा निर्माण सुरु भएको १७ किलोमिटर गोरखाको कुन्दुरटार सिँचाइ आयोजना १६ वर्ष बितिसक्दा अहिले आठ किलोमिटर मात्रै निर्माण पूरा भएको छ। ऊबेला सरकारले पाँच वर्षभित्र सक्ने गरी रातो किताबमा समावेश गराएर सुरु गरेको योजना अहिले वर्षमा मुस्किलले आधा किलोमिटरको गतिमा छ।

भूकम्पपीडित किसानलाई नहर मर्मतको चटारो

कुम्पुरका भूकम्पपीडित किसानलाई अहिले सिँचाई नहर मर्मतको चटारो चलेको छ। अघिल्लो वर्ष सिँचाई नहुँदा तरकारीजन्य उत्पादनबाट घाटा व्यहोरेका किसान यस वर्ष भने बेलैमा नहरमर्मत गरेर खेतबारीमा पानी पु¥याउने काममा व्यस्त भएका हुन्।

बालबालिकाका लागि अन्धकारमय दिनहरु

सन् २०१६ को बर्षलाई सम्भवत सैन्य र राजनीतिक घटनाक्रमहरुका लागि सम्झिइनेछ। तर यो दोस्रो विश्व युद्ध यता बालबालिकाका लागि सबैभन्दा खराब बर्षका रुपमा पनि इतिहासमा अभिलेख गरिनु आवश्यक छ।

नहरमा शिशुको शव भेटियो

कोल्टीमा बेबारिसे अवस्थामा शिशुको शव भेटीएको छ। कोल्टी १ थिपिचौर स्थित माझ कुलोको नहरमा शव भेटिएको प्रहरीले बताएको छ। शव विहान नुहाउन गएका स्थानीयले देखेपछि प्रहरीको रोहबरमा कोल्टी प्राथामिक स्वास्थ्य केन्द्रमा ल्याईएको थियो।

गण्डक नहरबाट लाभ लिन जुट्दै सरकार

नवलपसारीको त्रिवेणीमा निर्माण भएको गण्डक नहरबाट भारतले मनग्य फाइदा लिए पनि नेपालले लाभ लिन सकेको छैन। गत कात्तिक ११ मा भारतको नयाँदिल्लीमा सम्पन्न नेपाल–भारत संयुक्त आयोगको बैठकमा सो नहरबाट नेपालले पाउने फाइदा बढाउने सम्बन्धमा भारतीय पक्षसँग कुरा भएको परराष्ट्रमन्त्री प्रकाशशरण महतले जानकारी दिएका छन्।

सुन्दर सौराहा, हात्ती–गैंडा र मोहित मनहरु

राजधानी उपत्यकाको धुलो, धुवाँ र अस्तव्स्तताबाट ग्रसित यी नजरलाई चितवनको हरियली, स्वच्छ हावा पानीले मोहित बनाएको छ। उपत्यकाको यस शहररुपी मानव जंगलबाट बाहिर निस्किएर केही दिनको चितवन भ्रमणले मलाई साँच्चिकै कुनै काल्पनिक स्वर्गमा पुगेर पुनः मर्त्यलोकमा फर्किएजस्तो अनुभूति भएको छ।

सिक्टा नहरको गुणस्तर र पारदर्शितामा प्रधानमन्त्रीको चासो

नेपालगन्ज- प्रधानमन्त्री पुष्पकमल दाहालले शनिबार पश्चिम नेपालका विभिन्न आयोजनाहरुको निरीक्षण गरेका छन्। प्रधानमन्त्री दाहालले बाँकेको अगैयास्थित निर्माणाधिन राष्ट्रिय गौरवको सिक्टा सिचाई आयोजनाको बाँध र मुल नहर निरिक्षण गर्दै आयोजनाको काममा कुनैपनि कमजोरी हुन नदिन कर्मचारीलाई निर्देशन दिए।

मनहरी दुर्घटनामा एकै गाउँका ४ को मृत्यु

आइतबार विहान मकवानपुरको मनहरीमा भएको दुई रात्रि बस ठक्करमा परी मृत्यु हुने ९ मध्ये उदयपुरका एकै गाउँका ४ जना रहेको खुलेको छ। काठमाडौंदेखि गाईघाट आउँदै गरेको ना५ख ५०५५ नम्बरको अग्नि यातायात र काकडभिट्टाबाट काठमाडौं जाँदै गरेको ना ५ ख ४०६४ नम्बरको रात्रि बस एकापसमा ठक्कर खाँदा मृत्यु हुनेमा त्रियुगा नगरपालिका–१० देउरीकै ४ जनाको मृत्यु भएको हो।

मूल नहरमा जताततै चिरा

निर्माणसम्पन्न नहुँदै राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको मूल नहर ठाउँ–ठाउँमा चर्केको (दरार) तथ्य फेला परेको छ । बाँके, कचनापुर–१ अगैयास्थित मूल बाँध निर्माणस्थलदेखि ३५ किलोमिटर मूल नहरका अधिकांश भाग चर्केको फेला परेको हो । मूल नहरका स्लोप कतै चर्केका छन् भने कतै दबेर भास्सिएका ।

'सिक्टाको मूल नहरै कमजोर'

राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत सिक्टा सिँचाइ आयोजनालाई सरकारले हरेक वर्ष बजेट दिए पनि प्रभावकारी अनुगमन नगर्दा कमजोर संरचना निर्माण भएको पाइएको छ। नियामक निकाय चुस्त नहुँदा ठेकेदार कम्पनीले पेट्टी–ठेक्का प्रणालीमार्फत् आफूखुसी आयोजनाको संरचना निर्माण कार्य गर्दै आएकाले समस्या देखिएको हो।

परीक्षण गरेकै दिन भत्कियो सिक्टा नहर

नेपालगन्ज-राष्ट्रिय गौरवको सिक्टा सिचाई आयोजनाको मुल नहर परीक्षण गरेकै दिन भत्किएको छ। दायाँ मुलनहर अन्तर्गत बाँके, महादेवपुरी–५ ढकेरीस्थित झिझरी खोला छेउको भाग मंगलबार भत्किएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्