१० मंसिर २०८१ सोमबार
image/svg+xml

भरतको ह्याट्रिकबाट पुलिस सेमिफाइनलमा

भरत शाहले ह्याट्रिक गर्दा फ्रेन्ड्स क्लबलाई ३–० ले पराजित गर्दै नेपाल पुलिस क्लब भूगर्भ सिमेन्ट दोस्रो सहिद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। बाई पाएर क्वार्टरफाइनलमा पुगेको फ्रेन्ड्सलाई पराजित गर्दै पुलिसले अन्तिम चारमा आफूलाई सुरक्षित गरेको हो।

मकवानपुर गोल्डकप : सडन डेथबाट पुलिस क्वार्टरफाइनलमा

सडनडेथमा च्यासल युथ क्लबलाई पराजित गर्दै नेपाल पुलिस क्लब हेटौंडामा जारी भूगर्भ सिमेन्ट दोस्रो सहिद स्मृति मकवानपुर गोल्डकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। निर्धारित समयमा दुवै टोलीले गोल गर्न नसकेपछि शनिबार भएको खेलको सडनडेथमा ६–५ गोलअन्तरले पुलिस विजयी भएको हो।

पुलिसलाई स्तब्ध पार्दै दाउफिन्स उपाधिनजिक

पाहुना टोली क्यामरुनको दाउफिन्स क्लबले पाँचौं अन्तर्राष्ट्रिय आमन्त्रण टुबोर्ग माइभ्याली गोल्डकपको फाइनलमा स्थान पक्का गरेको छ। शनिबारको पहिलो सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई २–० गोलअन्तरले पराजित गर्दै दाउफिन्सले फाइनल यात्रा तय गरेको हो।

दार्लिलिङलाई हराउँदै पुलिस सेमिफाइनलमा

नेपाल पुलिस क्लब सदरमुकामको ठूलो टुँडिखेलमा जारी पाँचौं अन्तर्राष्ट्रिय आमन्त्रण टुबोर्ग माइभ्याली गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ। मंगलबारको खेलमा भारत दार्जिलिङको युनाइटेड क्बललाई २–१ गोलले पराजित गर्दै पुलिस अन्तिम चारमा प्रवेश गरेको हो।

फेरि पुलिसको तगारो क्यामरुनी टोली

सिजनको चौथो उपाधि उचाल्ने योजनालाई साकार पार्ने अभियानमा रहेको क्यामरुनी टोली डाउफिन्सले आहा राराको १७औं संस्करणको क्वार्टरफाइनलमा नेपाल पुलिस क्लबलाई पन्छाएको छ।

विद्यार्थी बोकेको बससँग ट्रक ठोक्कियो, १० जना घाइते

रौतहटमा विद्यार्थीबाहक बस र उखु बोकेको ट्रक आपसमा जुधेको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। चार जनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ।

तिलोत्तमा गोल्डकपकाे उपाधिका लागि पुलिस र दाउफिन्स भिड्ने

नेपाल पुलिस क्लबले तिलोत्तमा गोल्डकप फुटबलको उपाधि भिडन्तमा दाउफिन्ससँगको भेट पक्का गरेको छ। शनिबार भएको सेमिफाइनल खेलमा च्यासल यूथ क्लबलाई ३-१ ले पराजित गर्दै पुलिस उपाधि नजिक पुगेको हो।

तिलोत्तमा गोल्डकप : दार्जिलिङलाई हराउँदै पुलिस सेमिफाइनल प्रवेश

विभागीय टिम नेपाल पुलिस क्लब बुटवलमा जारी २१ औं तिलोत्तमा गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ। एन्फा एकेडेमी खेल मैदान देवीनगरमा मंंगलबार भएको खेलमा पाहुना टोली दार्जिलिङ युनाइटेड भारतलाई २–० गोल अन्तरले पराजित गर्दै पुलिस सेमिफाइनल पुगेको हो।

सडन डेथबाट डाउफिन्स फाइनलमा

सडन थेडमा नेपाल पुलिस क्लबलाई स्तब्ध बनाउँदै क्यामरुनको डाउफिन्स एफसी २१औं बुढासुब्बा रेडबुल गोल्डकपको फाइनलमा पुगेको छ। धरान–१६ स्थित रंगशालामा शुक्रबार सम्पन्न दोस्रो सेमिफाइनलमा चार पटकको विजेता पुलिसलाई सडन डेथमा निरास बनाउँदै डाउफिन्स फाइनलमा पुगेको हो। निर्धारित समयमा खेल गोलरहित बराबरीमै सकिएपछि खेल सीधै टाइब्रेकरमा गयो। टाइब्रेकरमा पनि दुवै टिमबाट बराबरी ५–५ गोल भयो। त्यसपछि, सडन डेथमा पाहुना टोली डाउफिन्सले बाजी मार्दै पहिलो सहभागितामै बुढासुब्बा गोल्डकपको फाइनल पुग्न सफल भयो।

पुलिस र संकटालाई सडन डेथमै सफलता

पोखरेली टोली सहारा क्लबलाई सडन डेथमा पराजित गर्दै चार पटकको विजेता नेपाल पुलिस क्लब २१औं बुढासुब्बा रेडबुल गोल्डकपको सेमिफाइलनमा प्रवेश गरेको छ।

पुलिसका दिनेशलाई सफलता

राष्ट्रिय टिमका पूर्वसदस्यसमेत रहेका नेपाल पुलिस क्लबका दिनेश श्रेष्ठले वीर गणेशमान राष्ट्रिय बक्सिङ च्याम्पियनसिपको सेमिफाइनलमा स्थान बनाएका छन्।

दिवाना र सुशीला क्वार्टरफाइनलमा

नेपाल पुलिस क्लबकी दिवाना सेर्मा र प्रदेश–५ का सुशीला थापा तेस्रो वीर गणेशमान राष्ट्रिय बक्सिङ प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेका छन्।

पुलिसलाई पराजित गर्दै जापानी टोली सेमिफाइनलमा

विभागीय टोली नेपाल पुलिस क्लबलाई १–० ले पराजित गरेर जापानी रिस्हो युनिभर्सिटीको टोली पहिलो खेल अविस्मरणीय बनाउँदै मनकामना केवलकार पोखरा कपको सेमिफाइनलमा प्रवेश गरेको छ।

संकटालाई पराजित गर्दै पुलिस क्वार्टरफाइनलमा

सिएमजी संकटा क्लबको चुनौतीलाई पन्छाउँदै नेपाल पुलिस क्लब मनकामना केवलकार पोखरा कपको छैटौं सस्करणमा क्वार्टरफाइनल प्रवेश गरेको छ। एक गोलले पछि परेको पुलिसले उत्कृष्ट कमब्याक गर्दै संकटामाथि २–१ गोलको नतिजाका साथ गोल्डकपको अन्तिम आठ सुरक्षित बनायो।

पुलिसको अपराजित यात्रामा पूर्णविराम

जारी १४औं रेडबुल ढोरपाटन सुजुकी महिला डबल लिग भलिबल प्रतियोगितामा विभागीय क्लब नेपाल पुलिसको अपराजित यात्रा आठौं खेलमा पूर्णविराम लागेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्