११ मंसिर २०८१ मंगलबार
image/svg+xml

प्रकोप हाम्रो नियति

नेपाल मनसुन र भनसुनको देश भनिन्छ । सामान्यतः जेठदेखि भदौसम्म बंगालको खाडीबाट उत्पत्ति भएर आएको बादलले पार्ने पानीले सिँचित भएर यहाँ अन्न फल्छन्, वनस्पति फुल्छन्, फल्छन्, खोलानालाका मुहानले जीवन पाउँछन् । तर यही मनसुन कतिपय अवस्थामा बाढीपहिरो भएर बौलाउँछ । नेपालीको घरआगँनमा अभिशाप बनेर आउँछ, अकालमा ज्यान लिने विपत बन्न पुग्छ ।

मनसुनमा पनि प्रि–मनसुनमा जस्तै वर्षा

मनसुन शुरु भएको दुई साता हुँदा समेत वर्षा भने प्रि–मनसुनकै जस्तै भइरहेको जल तथा मौसम पूर्वानुमान शाखाले जनाएको छ।

मनसुन सुरु भएसँगै कालीगण्डकीमा जलयात्रा बन्द

मनसुन सुरु भएसँगै कालीगण्डकी नदीमा पानीको बहाब बढ्दै गएपछि (-याफ्ट्ङि) जलयात्रा रोकिएको छ । विशेषगरी चैत, वैशाख र जेठमा सिजनअनुरुप सञ्चालन हुने जलयात्रा यस वर्ष जेठको तेस्रो सातादेखि नै मनसुन सुरु भएकाले -याफ्टिङ प्रभावित बनेको हो।

मनसुन पूर्ण सक्रिय हुन अझै केही दिन लाग्ने

नेपालमा मनसुन प्रवेशको घोषणा गरेको पाँच दिन बितिसक्दा पनि अझै मनसुन पूर्णरुपमा सक्रिय भएको छैन। जल तथा मौसम विज्ञान विभागले यही जेठ २५ गते (जुन ८, २०१८ मा) नेपालमा मनसुन प्रवेश गरेको घोषणा गरेको थियो।

मनसुन सुरु, बाढी व्यवस्थापन तयारी शून्य

गत शुक्रबारबाट देशभर मनसुन सुरु भयो । मनसुन भित्रिएसँगै उपत्यकासहित देशभर नै भीषण वर्षा हुने गर्छ । वर्षात् हुनेबित्तिकै काठमाडौं उपत्यकाको सडक जलमग्न हुने गर्छन्।

प्रि–मनसुनमा अाैसतभन्दा बढी वर्षा

प्रि–मनसुनका बेला मेघ गर्जनसहित छोटो अवधिमा वर्षा हुने भए पनि यो वर्ष भने प्रि–मनसुनको अवधिमा पनि मनसुनमा जस्तै वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागको तथ्यांकअनुसार यो वर्ष प्रि–मनसुनमा औसातभन्दा बढी पानी परेको छ ।

मनसुन पूर्व कटान र डुवान रोक्न धमाधम तटबन्धन निर्माण

बबई नदीले गर्ने कटान र डुवान नियन्त्रणका लागि सुरु गरिएको तटबन्ध निर्माण कार्यले तीव्रता पाएको छ । गुरुयोजना अनुसारको मापदण्डमा कटान र डुवान नियन्त्रण गर्न तटबन्ध निर्माण कार्यले गति लिएको हो ।

मनसुन एक साताभित्रै सुरु हुने

जल तथा मौसम विज्ञान विभागले यो वर्षको मनसुन एक साताभित्र सुरु हुने जनाएको छ। सोमबार काठमाडौंमा आयोजित मनसुन फोरम तथा अन्तरदेशीय बाढी पूर्व सूचनासम्बन्धी एकदिने कार्यशालमा यस्तो जानकारी गराइएको हो।

मनसुनी गतिविधि सक्रियः अझै एक–दुई दिन बदली र वर्षा

पूर्व मनसुनी वर्षा ‘प्री–मनसुनी’सक्रिय भएसँगै बाहिरी वायुको प्रभावका कारण एक सातादेखि नेपालमा मनसुनी गतिविधि बढेको छ।

२३ दिन ढिलोगरी बाहिरियो मनसुन

सामान्यतया असोज ७ गते बाहिरिने मनसुन यसपटक २३ दिन ढिलोगरी (अक्टुबर १६) सोमबारबाट बाहिरिएको छ । मनसुन भित्रिने र बाहिरिने समय ढिलो हुँदै जाने हो भने गर्मी महिनामा जाडो र जाडो महिनामा गर्मी हुने अनुमान विज्ञले गर्न थालेका छन्। बितेका ४९ वर्षको तथ्यांक केलाउ“दा मनसुन ढिलो बाहिरिएको यो दोस्रोपटक हो । सबैभन्दा ढिलो सन् २०१३ मा अक्टुबर १९ मा मनसुन बाहिरिएको थियो।

लम्बिँदै मनसुन

पाँच वर्षयता मनसुन लम्बिने क्रम बढेको मौसमविद्हरूले बताएका छन् । यसपटक पनि मनसुन १० दिन लम्बिसकेको छ । मनसुन पूर्ण रूपले बाहिरिन अझै एक साता लाग्न सक्ने अनुमान उनीहरूको छ ।

मनसुन केही दिन अझै सक्रिय

मौसम पूर्वानुमान महाशाखाले दुई–तीन दिनसम्म मनसुन सक्रिय रहने जनाएको छ । महाशाखाका मौसमविद् वरुण पौडेलले आइतबारसम्म मनसुन सक्रिय रहने जानकारी दिए । ‘लगातार र धेरै क्षेत्रफलमा वर्षा हुने किसिमको ठूलो प्रणाली देखिँदैन’, उनले भने, ‘भयावह वर्षाको सम्भावना पनि छैन ।’

हरायो मनसुने झरी, लागेन ‘निम्बोस्टाट्स’ बादल

‘मनसुन’ मा वार्षिक वर्षाको करिब ८० प्रतिशत पानी पर्छ । मनसुनको पनि सबैभन्दा धेरै पानी पर्ने समय असार १५ देखि साउन १५ बीचको एक महिना हो। जुलाईलाई मनसुनकै सबैभन्दा बढी पानी पर्ने महिना मानिन्छ। यसपटक जुलाईमा औसत र सामान्यभन्दा धेरै कम पानी परेको छ । जल तथा मौसमविज्ञान विभागको तथ्यांकले देशका अधिकांश क्षेत्रमा कम वर्षा भएको देखाउँछ। विभागका १४ वटा मौसम केन्द्रको २५ दिनको तथ्यांक केलाउँदा सबैभन्दा कम वर्षा क्रमशः विराटनगर, ओखलढुंगा, ताप्लेजुङ, सिमरा, नेपालगन्ज, काठमाडौं र भैरहवामा भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्