११ मंसिर २०८१ मंगलबार
image/svg+xml

बाढी नियन्त्रण संयुक्त आयोग बैठक सम्पन्न

नेपाल-भारत बाढी नियन्त्रण संयुक्त आयोगको बैठक शुक्रबार काठमाडौंमा सम्पन्न भएको छ। बैठक आइतबार जनकपुरमा सुरु भएको थियो। यसक्रममा बैठकका सहभागीले सोमबार र मंगलबार कमला, बागमती र लालबकैया नदीको स्थलगत निरीक्षण गरेका थिए।

बाढीले अरुणको दोभान थुनियो, पानी थुनिएर साढे दुई किलोमिटर तलाउ

बरुण खोलामा ‘अचानक’ आएको बाढीले संखुवासभाको फ्याक्सिला गोलास्थित अरुण नदीको दोभान थुनिएको छ। अरुण र बरुण खोलाको दोभान बाढीले थुनिदा साढे दुई किलोमिटरको तलाउ बनेको छ।

कोलम्बियामा बाढी, १६ जनाको मृत्यु

कोलम्बियाको मध्य क्षेत्रमा आएको बाढी पहिरोमा परी कम्तीमा १६ जनाको मृत्यु भएको अधिकारीले बताएका छन्।

बाढीका कारणा बेनी–जोमसोम सडक अवरुद्ध

बेगखोलामा बाढी आएपछि बेनी–जोमसोम सडक बुधबार साँझदेखि अवरुद्ध बनेको छ । बुधबार दिउँसोको भारी वर्षापछि बेगखोलाको ठाडोखोलामा बाढी आउनुका साथै कालीगण्डकीको सतह बढेर सडक कटान हुन थालेपछि बेनी–जोमसोम सिधा सवारी आवागमन ठप्प बनेको हो ।

बाढी, समस्या र उदासीन सरकार

बाढीबाट हुने जोखिम कम गर्न सूचना प्रवाहजस्ता उपाय/रणनीति अवलम्बन, तत्काल र दीर्घकालका राहत, उचित बसोबास, भरणपोषण र शिक्षा/स्वास्थ्य र सुरक्षाको व्यवस्था आदि गर्नुपर्ने देखिन्छ।

पेरुमा दुई दशक यताको भीषण बर्षालगायत बाढीपहिरो

पेरुमा जारी भारी वर्षापछिको बाढी र पहिरो करिब दुई दशक यताको भीषण रहेको जनाइएको छ । सो राष्ट्रको करिब आधा क्षेत्रफल प्रभावित हुने गरी आएको यस प्रकोपमा परी यस वर्षको सुरुदेखि हालसम्म ज्यान गुमाउनेको सङ्ख्या ७२ पुगेको छ ।

बाढी पीडितलाई भूकम्प पीडित सरह राहत दिने गरी कार्याविधि तयार

सरकारले सुर्खेतसहित पाँच जिल्लाका बाढीपहिरो पीडितहरुलाई भूकम्प पीडित सरह राहत प्रदान गर्नका लागि कार्यविधि तयार गरेको छ। २०७१ साउन २८ र २९ गते आएको बाढीपहिरोबाट सुर्खेतसहित मध्यपश्चिमका बाँके, बर्दिया र दाङ एवम् त्यसअघि सप्तकोशीमा आएको बाढीले सिन्धुपाल्चोकमा ठूलो मानवीय क्षति पुर्‍याउनुका साथै हजारौं विस्थापित भएका थिए।

भारी बर्षा र बाढीबाट दक्षिणी थाइल्याण्डमा ६ को मृत्यु

दक्षिणी थाइल्याण्ड अबिरल बर्षा र बाढीको कारण कम्तीमा ६ व्यक्तिको मृत्यु भएको छ । यस प्रकोपको कारण उडानसेवाहरु समेत ढिला भएको अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् ।

मुस्ताङको घमीमा आएको बेमौसमी बाढी (फोटो फिचर)

वर्षा बिना नै हिमालपारिको जिल्ला मुस्ताङको घमीमा गत आइतबार भीषण बाढी आयो । बाढीपछि घमीका बासिन्दा त्रसित छन्। बाढी आएको ढाकमर खोलामा अझैपनि लेदो पानी बग्न रोकिएको छैन। बाढी आउनुको कारण पहिल्याइदिन गाउँलेले सरकारसँग माग गरेका छन्।

मुस्ताङको घमीमा हटेन बाढीको त्रास

वर्षाबिनै भीषण बाढी आएपछि मुस्ताङको घमीका बासिन्दा रातभर निदाउन सकेका छैनन् । खोलामा अझै पनि लेदो पानी बगिरहेकाले थप बाढी आउन सक्ने भन्दै गाउँले त्रसित छन् । बाढी आउनुको कारण पहिल्याइदिन गाउँलेले सरकारसँग माग गरेका छन् ।

बेमौसमी बाढीले मुस्ताङको घमीमा क्षति

वर्षा नै नभई अचानक आएको बाढीले उग्ररुप लिँदा उपल्लो मुस्ताङको घमीमा व्यापक क्षति पुगेको छ। घमीगाउँभन्दा निकै माथिबाट आएको बाढीले भीषण रुप लिँदा घमीको ढाकमर गाउँमा क्षति भएको हो। हिमपहिरोले बाढीको रुप लिएको हुन सक्ने गाउँलेको अनुमान छ।

हिमपहिरोका कारण उपल्लो मुस्ताङमा बाढी

अचानक आएको हिमपहिरोले उपल्लो मुस्ताङको घमीमा ब्यापक क्षति पुर्‍याएको छ। घमीगाउँ भन्दा माथिबाट आएको बाढीले भीषण रुप लिँदा डाकमर गाउँमा क्षति भएको हो।

इजिप्टमा बाढी, बाह्र नागरिकको मृत्यु

इजिप्टका विभिन्न भूभागमा आएको व्यापक वर्षापछि नदीमा आएको बाढीका कारण शुक्रबार कम्तिमा १२ जनाको मृत्यु भएको इजिप्टको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

बाढी पहिरो प्रभावितलाई थप १५ हजार दिने सरकारको निर्णय

सरकारले बाढी पहिरो पीडित परिवारलाई दसैं खर्च स्वरुप १५ हजार रुपैयाँ दिने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले विभिन्न समयमा गएको बाढी पहिरो पीडितलाई दसैंमा नै थप १५ हजार रुपैयाँ दिने निर्णय गरेको सूचना तथा संचारमन्त्री एवं सरकारका प्रवक्ता सुरेन्द्र कार्कीले जानकारी दिए।

बाढीले बगाएर ल्याएको बेवारिसे शव फेला

वर्षापछि आएको त्रियुगा खोलाको बाढीले महिलाको एक बेवारिसे शव बगाएर ल्याएको अवस्थामा भेटिएको छ। त्रियुगा नगरपालिका १२ चिसापानीस्थित त्रियुगा खोलाले शुक्रबार मध्यान्ह १२ः३० बजेको समयमा अन्दाजी ४०/४५ वर्षीया बेवारिसे महिलाको शव बगाएर ल्याएको स्थानीयलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्