महानगरमा अग्रता बढाउँदै कांग्रेस, एमालेलाई पछ्याउँदै फोरम
विराटनगर महानगरपालिकाको ६ दिनदेखि जारी मतगणनामा नेपाली कांग्रेसले मेयर र उपमेयरमा सुरु देखिकै अग्रता कायमै राखेको छ। कांग्रेसका मेयरका उम्मेदवार भीम पराजुली र उपमेयरका उम्मेदवार इन्दिरा कार्कीले आफ्ना प्रतिद्वन्दी भन्दा करिव २ हजार ३ सय बढीको अग्रता कायम गरेको छ।