११ मंसिर २०८१ मंगलबार
image/svg+xml

झापामा बाढीले ज्यान गुमाउनेको संख्या ७ पुग्यो

बाढीका कारण ज्यान गुमाउनेको संख्या झापामा ७ पुगेको छ। आइतबार साँझसम्म चार जनाको शव भेटिएको जिल्लामा सोमबार थप तीन जनाको शव फेला परेको छ। थप पाँच जना चार दिनदेखि बेपत्ता रहेका कारण मृतक संख्या अरु थपिन सक्ने प्रहरीको अनुमान छ।

मोरङमा अहिलेसम्म बाढीले १८ जनाको मृत्यु

भारी बर्षाको भेलले बगाउँदा मोरङमै १८ जनाको मृत्यु भइसकेको छ। जिल्ला प्रहरी कार्यालय, मोरङका अनुसार सोमवारसम्ममा १८ जनाको मृत शरिर भेटिएको छ।

बाढी पीडितलाई निजी क्षेत्रबाट सहयोग

निजी क्षेत्रका विभिन्न संघसंस्थाले केही दिनदेखि अविरल परेको वर्षाका कारण मुलुकभर भएको ठूलो जनधनको क्षतिमा राहत प्रदान गर्न सहयोगको घोषणा गरेका छन् ।

बाढीमा एम्बुलेन्स डुब्यो, गर्भवतीसहित ६ जनाको मृत्यु

परोहाबाट सुत्केरी गराउन अस्पताल लैजाँदै गरेको गाडी बाढीले डुबाउँदा ६ जनाको ज्यान गएको छ । भारतीय नम्बर प्लेटको गाडीमा सदरमुकाम गौर लैजाँदै गर्दा राजपुर फरहदवाचोकस्थित लालबकैया नदीमा एम्बुलेन्स डुबेको थियो ।

मकवानपुरमा बाढी र पहिरोबाट ६ जनाको मृत्यु, ८ जना बेपत्ता

बाढी पहिरोबाट मकवानपुरमा मृत्यु हुनेको संख्या ६ पुगेको छ भने ८ जना बेपत्ता भएका छन्।

पर्सामा बाढीले २ को मृत्यु ३ बेपत्ता

अविरल वर्षाका कारण आएको बाढीले पर्सामा २ जनाको बगेर मृत्यु भएको छ भने ३ जना वेपत्ता भएका छन्। यहाँका पचास बढी गाउँमा बाढी पसेको छ।

सल्यानमा पहिरोसंगै बस खस्यो, दाङमा बाढीले बगाउँदा एकको मृत्यु

अविरल बर्षापछि आएको बाढी पहिरोका कारण आईतवार दाङ र सल्यानमा दुईजनाको मृत्यु भएको छ भने एकजना बगेर बेपत्ता भएका छन्।

काँग्रेस सांसदको एक महिनाको तलब बाढीपीडितलाई

सत्तारुढ नेपाली काँग्रेसका सांसदहरुले एक महिनाको तलब बाढीपीडितलाई दिने भएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो।

मन्त्रीको हेलिकप्टर आकाशमा, बाढी पीडित स्कुलको छतमा

आईतवार विहान देखि हेलिकप्टर बाढी पसेको क्षेत्रमा उडेपनि पीडितको उद्दार हुन सकेको छैन। नेपाली सेनाका हेलिकप्टर मन्त्री सहित बाढीक्षेत्रमा घुमे पनि उद्दार हुन नसकेको पीडित परिवारको गुनासो छ।

एमालेले बाढी प्रभावित क्षेत्रमा कार्यकर्ता परिचालन गर्ने

नेकपा एमालेले बाढी प्रभावित जिल्लाहरुमा राहत र उद्वारको लागि पार्टी कार्यकर्ता परिचालन गर्ने भएको छ।

बाढीपीडितका लागि एनआरएनद्वारा राहत कोष स्थापना, घले दम्पतीद्वारा १ करोड सहयोग

दर्जनौंको मृत्यु र हजारौं परिवार घरवारविहीन हुनेगरी तराईमा आएको बाढी पहिरोपीडितलाई राहत प्रदान गर्न गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आपतकालीन राहत कोषको स्थापना गरेको छ। कोषमा अध्यक्ष शेष घले र जमुना घलेले एक करोड रुपैयाँ सहयोगको प्रतिवद्धता जनाएका छन्।

बाढीबाट ४९ को मृत्यु

शुक्रबारदेखिको  अविरल वर्षापछि मुलुकभरिका विभिन्न भागमा आएको बाढी पहिरोमा परी ४९ जनाको मृत्यु भएको छ। गृह मन्त्रालयको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार यो संख्या आइतबार दिउँसोसम्मको हो।

बाढी पहिरोका घटनाप्रति उपराष्ट्रपतिद्वारा दु:ख व्यक्त

उपराष्ट्रपति नन्दबहादुर पुनले केहीं दिनदेखि परिरहेको भिषण वर्षाका कारण तराई–मधेसलगायत देशका विभिन्न भागमा बाढी, डुबान, पहिरोबाट भएको मानवीय र भौतिक क्षतिप्रति दुःख व्यक्त गरेका छन्।

बाढीपीडितको सहयोगमा जुट्न विश्वभरिका नेपालीलाई पन्तको अाह्वान

गैरआवासीय नेपाली संघ (एनआरएनए) आइसीसी उपाध्यक्ष एवं परोपकार तथा मानवीय सहायता समितिका संयोजक कुमार पन्तले नेपालका आएको भिषण बाढी र पहिरोबाट पीडित बनेकाहरुलाई सहयोग गर्न विश्वभरि छरिएर रहेका गैरआवासीय नेपालीलाई आह्वान गरेका छन्। आइतबार एक एक अपिल जारी गर्दै उनले मानवीय संकटको यो घडिमा सहयोगी भूमिका निर्वाह गर्नु मानवीय कर्तव्य भएको उल्लेख गरेका छन्।

बबईको बाढीले बर्दिया डुबानमा, हजारौं विस्थापित

बबई नदीमा आएको बाढीले बर्दियामा हजारौं विस्थापित भएका छन्। गुलरिया, बारबर्दिया, ठाकुरबाबा, मधुवन र बाँसगढी नगरपालिका अधिकांश भूभाग डुबानमा परेका छन्। बबईको बाढी अहिलेसम्मकै ठूलो बाढी भएको बताइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्