२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

दुईवटा जीप पहिरोमा पुरिए, एक जनाको मृत्यु

पाल्पाको सिद्दार्थ राजमार्ग अन्तरगत तिनाहुँ गाउँपालिका २ नागथानमा माथिबाट खसेको पहिरोमा दुइवटा जीप पुरिएका छन्।

पहिरोले घर पुर्दा २ को मृत्यु, ४ बेपत्ता

अबिरल बर्षाका कारण गएराति आएको पहिरोमा परी थबाङ गाउँपालिका २ छेर्लाबाङमा ६ जनालाई पुरिएका छन् । रोल्पा प्रहरी प्रमुख चित्रबहादुर गुरुङले घटनाको पुष्टि गर्दै २ जनाको शव निका लिएको र अन्यको खोजी भइरहेको बताए ।

पहिरोमा पुरिएर एकको मृत्यु, एक घाइते

अविरल वर्षातका कारण आएको पहिरोले पुरिएर जाजरकोटमा एक जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन्।

पहिरोले सडक भत्काएपछि फाइबरमा टेकेर यात्रा

पासाङ ल्हामु मार्गको राम्चे–धुन्चे सडक खण्डअन्तर्गत नागुर्दुन क्षेत्रमा पहिरोले सडक बगाएपछि यात्रुहरु पैदल हिँड्न बाध्य भएका छन्।

चीनमा पहिरो जाँदा नौ जना बेपत्ता

दक्षिणपश्चिम चीनको युनान प्रान्तमा बिहीबार बिहान गएको एक पहिरोमा परी नौ जना व्यक्तिको बेपत्ता भएका स्थानीय अधिकारीहरुले जनाएका छन्।

जाजरकोटमा पहिरोले घर भत्काउँदा एकै परिवारका ३ जनाको मृत्यु

जाजरकोटकाे भेरी नगरपलिका २ तिमिलेमा गएरातीको अबिरल बर्षाका कारण घर भत्किँदा एकै परिवारका ३ जनाको मृत्यु भएको छ। पहिरोमा परी ३२ बर्षीया पार्वती ओली, ९ वर्षीया छोरी मोतिकला ओली र ३ वर्षीया छोरी धनसराको मृत्यु भएको जाजरकोटका प्रहरी प्रमुख डिएसपी श्यामबहादुर खत्रीले जानकारी दिए।

पहिरोमा परी एकको मृत्यु दुई घाइते

साल्पासिलिछो गाउँपालिका–६ थुम्लुङमा आएको पहिरोमा परी एक जनाको मृत्यु छ। शनिबार साँझ अलैँची गोडेर घर फर्कंने बेला बाटोमा झरेको पहिरोले किच्दा स्थानीय ५९ वर्षीय मानबहादुर विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

लोकन्थलीमा पुनःपहिरो, सडक भासियो, छ घर उच्च जोखिममा

पानीट्याङ्की निर्माणका लागि खाडल खन्दा ३ गते राति पहिरो जाँदा १६ फिट चौडाइ रहेको करीब ४० मिटर कालोपत्र सडक पूरै बगाउँदा यहाँका यातायात अवरुद्ध भएको थियो भने अहिले थप सडकमा क्षति पुग्ने जोखिममा रहेको छ।

पहिरोपीडितलाई आर्थिक सहयोग

जिल्लाको गौरीशङ्कर गाउँपालिका जुँगुका पहिरोपीडितका लागि वैदेशिक रोजगारीको सिलसिलामा रहेका दोलखाली युवाहरुले आर्थिक सहयोग गरेका छन्।

रात परेपछि सुरक्षित बासको खोजी

उनले साढे एक रोपनीमा लगाएको धान पुरिएको छ। खेतमा ढुंगामाटो र रूख गएर थुप्रिएको छ। गाउँमा चारजनाको धानखेत पहिरोले पुरेको उनले सुनाए।

पहिरोले एकको मृत्यु सात घाइते

सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ स्थित निर्माणाधीन अपर बलेफी जलविद्युत आयोजनामा पहिरो खसेर त्यहाँ कार्यरत एक कामदारको मृत्यु भएको छ।

चीनमा पहिरोमा परी १७ मजदुर बेपत्ता

दक्षिणपश्चिमी चीनको एक रेलवे स्टेशन पुनः निर्माण भइरहेको अवस्थामा आएको पहिरोका कारण कम्तीमा १७ जना मजदूर बेपत्ता भएका राज्यद्वारा सञ्चालित सञ्चार माध्यमले जानकारी दिएको छ।

मध्यरातमा खोसिएको खुसी

छोराको मृत्यु संस्कार (काजकिरिया) सकिने दिन मंगलबार अबेरसम्म पनि उनीहरूको घरमा सान्त्वना दिन आउनेहरुको आउजाउ चलिरहेको छ। एकतले घरको आँगन भएर आफन्त इष्टमित्र ओहोरदोहोर गरिरहेका थिए। संस्कार र रित त पूरा भयो। तर नियतिले ठगेको यो परिवारमा साउन १७ गते मध्यरातले मुटु नै निचोरिने नमीठो पीडा दिएर गएको छ।

वर्षा नसकिँदै ४५ पुलमा क्षति, मर्मत गर्न ४७ करोड चाहिने

वर्षा नसकिँदै यस वर्ष बाढी पहिरोले देशभरि ४५ पुलमा क्षति पुगेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले आइतबारको विकास तथा प्रविधि समितिको बैठकमा यस्तो जानकारी दिएका हुन्। मध्य बर्खा चलिरहँदा बाढी पहिरोले विकासमा ठूलो क्षति भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्