२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml

झापाका किसान धान खेत मासेर केराखेतीतर्फ आकर्षित

केराको फलसँग बोट र पात मलका लागि बहुउपयोगी हुने उनको भनाइ छ। उनले विगत तीन वर्षयता जिल्लामा केराको व्यावसायिक खेती बढेको बताए।

केराखेतीमा नमूना बन्दै टीकापुर

अन्य उत्पादनभन्दा केराखेतीबाट आकर्षक आम्दानी हुने र बजारीकरणको समस्या नहुँदा टीकापुर केराखेतीको केन्द्रका रूपमा विकसित हुँदै गएको छ।

एउटै फार्मबाट तीन करोडको केरा बिक्री

विदेश जानुभन्दा स्वदेशमै पसिना बगाउनु उचित भन्ने सोचका साथ झापाका पाँच युवाले एक वर्षअघि रु पाँच करोडको लगानीमा सुरु गरेको व्यावसायिक केराखेतीले अहिले आशलाग्दो आम्दानी दिन थालेको छ।

हावाहुरीले कैलालीमा करोडौँको केराखेती नष्ट

हावाहुरीले कैलालीमा करोडौँको केराखेती नष्ट गरेको छ। हावाहुरीले झण्डै एक हजार भन्दा बढी विगाहमा लगाएको केराखेतीमा क्षति पुगेको छ।

गाउँभरि केरा खेती

एक सय २० घरधुरी रहेको खबराका एक सयभन्दा बढी कृषकले व्यावसायिक केराखेती गरेका छन्। पाखोबारी, खोल्सा, कान्ला, डिल र खेत केराको घारीले भरिएको छ। धान, गहुँ, मकै र कोदोलगायत खाद्यबालीको विकल्पमा केराखेती गरेको स्थानीय कृषक प्रेमबहादुर सापकोटाले बताए।

सरकारी शिक्षक कागती खेतीमा रमाउँदै

'दिनभर स्कुलमा व्यस्त हुन्छु, दिनभरको थकान मेट्न बारीमा व्यस्त हुने गरेको छु', उनले भने। उनले अहिले छ कठ्ठामा कागती खेती गरेको भए पनि केही समयपछि ११ कठ्ठामा खेती गर्ने लक्ष्य राखेका छन्।

हावाहुरीले केरा खेतीमा लाखौंको नोक्सानी

गएराति आएको हावाहुरीले कैलालीमा लाखौंको केराखेती नष्ट गरेको छ । हावाहुरीले घारी लाग्ने अवस्थामा रहेका केराका बोट ढालेको छ । हावाहुरीले जिल्लाको टीकापुर, धनगढी, चौमाला लगायतका क्षेत्रमा बढी क्षती पुर्याएको छ ।

व्यावसायिक केराखेतीबाट मनग्य आम्दानी

सियारी गाउँपालिका–४ ओर्लहवाका ३७ वर्षिय रोहितकुमार पासी अहिले केरा खेतमै स्याहारसुसार गर्दै दिन बिताउछन्। सुरुवातदेखि नै तरकारी खेती गर्दै आएका पासीले सोचेजस्तो प्रतिफल नपाएपछि गत वर्षदेखि केरा खेतीमा लागेका हुन्। अहिले उनले व्यावसायिक केरा खेतीबाट नै मनग्य आम्दानी लिइरहेका छन्।

खोरिया फाँडेर, व्यावसायिक केराखेती

पाल्पाको निस्दी गाउँपालिकामा झाडी खोरिया फाँडेर व्यवसायिक केराखेती गरिएको छ। निस्दी गाउँपालिका–७, ज्यामिरे, मोलोग्राममा १७ हेक्टर खोरिया फडानी गरि व्यवसायिक केराखेती गरिएको हो।

हावाहुरीले करोडौंको केरा नष्ट

शनिबार साँझ आएको हावाहुरीले कैलालीमा करोडौंको केराखेती नष्ट भएको छ। हावाहुरीका कारण किसानका लाखौं केराका बोट ढलेका छन्।

केरामा देखिएको रोगले किसान चिन्तित

किसानले गरेको केराखेतीमा देखिएको रोगले किसान चिन्तित भएका छन्। केराको बोट ओइलाउने, गुभो कुहिँदै जाने, बोट मर्ने, जरामा गिर्खा पर्ने समस्या देखिएको छ। पछिल्लो तीन वर्षयता यो समस्याले केराखेती गर्ने किसानलाई सताएको छ। मालभोग जातका केराखेती गरेको बगैंचामा यस्तो समस्या देखिएको केरा जोन चितवनका कृषि अधिकृत इन्द्रशर्मा ढुंगाना बताउँछन्।

बगरमा केराखेती, लाखौं कमाइ

रौतहटको लालबकैया बगरमा केराखेतीबाट किसानले लाखौं आम्दानी गरिरहेका छन्। २०५० र २०५५ मा आएको दुई ठूला बाढीले लालबकैया नदी किनारका कैयौं बिघा उब्जाउ खेत बगरमा परिणत गरेको थियो। अहिले भने किसानले बगरभरी  केराखेती गरेर प्रशस्त आम्दानी गरिरहेका छन्।

व्यावसायिक केराखेती गर्दै स्थानीय

सरुमारानी गाउँपालिका–१ औलेनीमा व्यावसायिक केराखेती सुरु भएको छ । औलेनी तरकारी समूहमार्फत जिल्लाका दक्षिणी क्षेत्रका किसानले व्यावसायिक केराखेती सुरु गरेका हुन्।

असिनापानीले २० करोडको केराखेती सखाप

हावाहुरी र असिनापानीका कारण पूर्वी चितवनको विभिन्न क्षेत्रमा  २० करोडभन्दा बढीको केराखेती सखाप भएको छ।

हुरी र वर्षाले पौने दुई करोडकाे केराखेती नष्ट

केही दिनअघि आएको हावाहुरी र वर्षाका कारण रुपन्देहीमा लाखौंको केराखेती नष्ट भएको छ । हावाहुरीसँगै आएको वर्षाले जिल्लाका विभिन्न स्थानमा किसानले लगाएको केराखेती ढलेर सोत्तर बनेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्