सत्यनिरूपण र बेपत्ता आयोगका पदाधिकारीले लिए सपथ
सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगका पदाधिकारीले सपथ लिएका छन्। दुवै आयोग रिक्त भएको नौ महिनापछि नयाँ पदाधिकारीले बिहीबार सपथ लिएका हुन्। पूर्व प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको समितिले आयोगका पादाधिकारीको नाम सिफारिस गरेको थियो।