६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

६१ जना आकांक्षी

काठमाडौं – सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको आयोगमा पदाधिकारीका लागि सिफारिस समितिले पुराना अनुहार दोहोरिनेगरी न्यायाधीश, प्राध्यापक, पूर्वसचिवसहित ६१ जनाको नाम सार्वजनिक गर्ने भएको छ। सत्य निरूपण आयोगमा गणेशदत्त भट्ट र बेपत्ता पारिएका व्यक्तिको आयोगमा लोकेन्द्र मल्लिकको नाम सिफारिस समितिले सोमबार सार्वजनिक गर्ने भएको हो।

दुवै आयोगका लागि नाम सार्वजनिक गर्ने र पाँच दिनभित्र कुनै उजुरी भए दर्ता गर्न आह्वान गर्ने निर्णय गरेको समितिले छ। सिफारिस समितिको आइतबार बैठक बसेको थियो। समितिमा आवेदन दिएका ५० जना, सिफारिस समितिले थप गरेका ७ जना, विभिन्न द्वन्द्वपीडित संघसंस्थाले पठाएका ४ जना गरी ६१ जनाको नाम सार्वजनिक गर्ने समिति स्रोतले जनाएको छ।

त्यसैगरी समितिले सत्य निरूपणका पुराना सदस्य श्रीकृष्ण सुवेदी र मञ्चला झाको नाम थपेको बताइएको छ। आइबहादुर गुरूङ, नरकुमारी गुरूङ र गंगाधर अधिकारीको नाम थपेको स्रोतले बतायो।

द्वन्द्वपीडित संघसंस्थाका तर्फबाट पुरानै सदस्य माधवी भट्ट र बिजुलकुमार विश्वकर्माको नाम सार्वजनिक गर्नेगरी बैठकमा नामावली तयार गरिएको थियो। सार्वजनिक गरिने नाममध्येबाट सिफारिस समितिले दुई आयोगका लागि एकएकजना अध्यक्ष र चारजना सदस्य सिफारिस गर्नेछ। पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा रहेको सिफारिस समितिले आयोगमा बस्न इच्छुकबाट चार महिनाअघि आवेदन आह्वान गरेको थियो।

प्रकाशित: २ मंसिर २०७६ ०१:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App