७ आश्विन २०८१ सोमबार
image/svg+xml

नदीमा बेपत्ता डाक्टर अझै फेला परेनन्

तीन दिन अघि नारायणी नदीमा पौडी खेल्दा बेपत्ता भएका दुईजना अझै फेला पर्न सकेका छैनन् । भरतपुर उपमहानगरपालिकाको काभ्रेघाट नजिकै गत शनिबार साँझ पौडी खेल्ने क्रममा दुईजना बेपत्ता भएका थिए ।

फेवातालमा डुंगा पल्टँदा २ युवक बेपत्ता, ६ काे उद्दार

पोखरा- फेवातालमा डुंगा पल्टिँदा दुईजना युवक बेपत्ता भएका छन्। आठजना सवार डुंगा तालको बीचभागमा पुग्दा पल्टेको थियो।

खोलामा बगेर दुईको मृत्यु, दुई बेपत्ता

काठमाडौँ महानगरपालिका–३५ नरेफाँट नजिकैको खोलामा बगेर एक बालकको मृत्यु भएको छ। रामेछाप गाठेगाउँ–२ घर भएका केशव कठायतको ४ वर्षीय छोरा कुशल कठायतको मृत्यु भएको हो ।

प्युठानमा बाढी पहिरोमा मृत्यु हुनेको संख्या २४ पुग्यो, २० बेपत्ता

प्युठान जिल्लामा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या २४ जना पुगको छ। यी मध्ये ७ जनाको शव बुधबार बिहान फेला परेको हो। १७ जना शव मंगलबार दिउँसो भेटिएको थियो। त्यसैगरी बेपत्ता हुनेको संख्या २० पुगेको छ। बुधबार बिहान मात्रै फोप्ली–६,मा ७ जनाको पहिरोमा पुरिएर मृत्यु भएको छ। पहिरोले घर बगाउँदा मृत्यु हुनेमा नारायण केसी, दोर्णबहादुर केसी, पवित्रा केसी, जाहेश्वर बुढाथोकी, पिमा बुढाथोकी, हरिबहादुर केसी र बिन्दु केसी हुन्।

मुलुकभर भारी वर्षा, १२ को मृत्यु २ जना बेपत्ता

गएरातिदेखि परेको अविरल वर्षाका कारण मुलुकभरको जनजीवन प्रभावित भएको छ। मुलुकका विभिन्न स्थानमा गएको बाढी पहिरोका कारण १२ जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता भएका छन्। अबिरल वर्षासँगै गएको पहिरोले पुरिएर गुल्मीमा पाँच जनाको मृत्यु भएको छ।

प्यूठानमा बाढीले बगाएका ४ मृत शव फेला, ५ जना बेपत्ता

गएरातिदेखि अविरल वर्षाका कारण झिमरुक खोलाले बगाएर ल्याएका ४ वटा मृत शव फेला परेका छन्। जिल्ला प्रहरीका अनुसार ५ जना पहिरोमा पुरिएर बेपत्ता भएका छन्। प्यूठानको लुङ–६, बाहाने बजारमा घर भत्किँदा स्थानीय शोभा रिजाल पुरिएर वेपत्ता भएकी छिन्।

जीता खोलाको बाढीले बगाउँदा विराटनगरका युवक बेपत्ता

सप्तरी— अविरल वर्षाका कारण सप्तरीको कोबर्साइनस्थित जीता खोलामा आएको बाढीले एक युवकलाई बगाएको छ। सोमबार करिब १०:३० बजे खोलाले बगाएका २३ वर्षीय सुदीपकुमार यादव बेपत्ता छन्।

लेलेप र तापेथोकमा बेपत्ता भनिएका २१ बारे जानकारी आएको छैन: प्रहरी

ताप्लेजुङ- उत्तरी ताप्लेजुङका दुई गाविस लेलेप र तापेथोक जोड्ने पुल समेत बगाउने गरी सोत्लिम्मा भीर खस्दा आएको पहिरोमा परी अलपत्र भएको भनिएका २१ जना बारे आफुलाई कुनै जानकारी नआएको प्रहरीले बताएको छ।

मुक्तिनाथ दर्शन गरेर फर्किएका भारतीय नागरिक बेपत्ता

म्याग्दी- दाना गाविस –१ को बाँदरजुङमा एक भारतीय नागरिक बेपत्ता भएका छन्। प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिरको दर्शन गरेर फर्किएका भारतको असाम राज्यका सरस्वती क्षत्रीको भीरबाट आएको ढुंगा लागेर बेपत्ता भएको म्याग्दी जिप तथा बस सञ्चालक समितिका उपाध्यक्ष मोहन केसीले बताए।

पहिरोमा एक महिला बेपत्ता

ताप्लेजुङको तापेथोक गाविसमा आएको पहिरोमा परी एक २८ वर्षीया महिला बेपत्ता भएकी छन्। घैयावारी भीरबाट आएको पहिरोमा परी तापेथोक ८ निवासी मनिता राई बेपत्ता भएकी हुन्।

इजिप्टमा सयौं मानिस बलपूर्वक बेपत्ता बनाइएको एमनेस्टिको भनाई

कायरो–इजिप्टका सैन्य अधिकारीहरुले सयौं इजिप्टियन नागरीकलाई बलपूर्वक बेपत्ता बनाएको तथा याताना दिएको एमनेस्टि इन्टरनेशनलले जनाएको छ। सरकारका तर्पmबाट बेपत्ता पारिएकाहरु मध्ये अधिकाशं विद्यार्थी र सरकार विरोधी प्रर्दशनमा उत्रिएका केही नेता तथा कार्यकर्ताहरु रहेका छन्। बेपत्ता पारिएका मध्ये केहीको उमेर १४ वर्षभन्दा कम रहेको पनि एमनेस्टिले जनाएको छ।

धर्मस्थलीमा खाेलाले बगाएका सरकारी कर्मचारीको उद्धार, विष्णुमतीले बगाएकी महिला बेपत्ता

काठमाडौं— तारकेश्वश्र नगरपालिका धर्मस्थलीस्थित खोलामा आएको बाढीले शुक्रबार धर्मस्थली बस्ने पशु सेवा केन्द्र धर्मस्थलीका कार्यालय प्रमुख ५१ वर्षीय जयप्रकाश यादवलाई बगायो। मोटरसाइकल सहित बगाएका उनको खोजीमा खटिएको प्रहरीले केही समयपछि सकुशल उद्धार गरेको थियो।

दार्चुलामा बाढी पहिरोमा परी २ जनाको मृत्यु १ बेपत्ता

दार्चुला गएरातिदेखि परेको अविरल वर्षापछि आएको बाढी पहिरोमा परी दार्चुलामा २ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मालिकार्जुन गाविस– २५ वर्षीया बसन्ती धामी र सर्मोली गाविस– ७२ वर्षीय चन्द्रदेव पन्त रहेका छन्। गतराति परेको अविरल वर्षाका कारण घरमाथिबाट आएको पहिरोमा पुरिएर उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्