१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

२ सय ४९ ग्राम सुनसहित भारतीय नागरिक पक्राउ

सिरहा प्रहरीले भारततर्फ लैजान लागेको सुनसहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । २ सय ४९ ग्राम सुनसहित मधुवनी जिल्ला जयनगरका बिकास कुमार साहलाई पक्राउ गरिएको सिरहाका प्रहरी उपरीक्ष शेखर कोइरालाले जनकारी दिए।

विद्युत चोर्ने कर्मचारीसहित १६ जना पक्राउ

लोडसेडिङ अन्त्य गर्ने सरकारी अभियान चलिरहेका बेला विद्युत् प्राधिकरणकै कर्मचारीको संलग्नतामा विद्युत् चोरी भइरहेको पाइएको छ। महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले विद्युत् चुहावटमा संलग्न प्राधिकरणका कर्मचारीसहित १६ जनालाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गर्‍यो।

विद्युत चोरीमा संलग्न प्राधिकरणका कर्मचारीसहित १६ पक्राउ

विद्युत चोरीमा संलग्न भएको अभियोगमा प्रहरीले विद्युत प्राधिकरणका कर्मचारीसहित १६ जनालाई पक्राउ गरेको छ।

सात लाख ५२ हजारसहित बीस जुवाडे पक्राउ

भक्तपुर नगरपालिका–२ कमलविनायक भत्केकोपाटीस्थित रातोभाले रिसोर्टबाट प्रहरीले शुक्रबार २० जना जुवाडेलाई पक्राउ गरेको छ ।

ब्राउनसुगरसहित युवा-युवती पक्राउ

जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागूऔषध ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले बुधबार राति वीरेन्द्रनगर–१३ को सुब्बाकुनाबाट वीरेन्द्रनगर–६ का २९ वर्षीय श्याम गुरुङ र १९ वर्षीय कपिल रानालाई पक्राउ गरेको हो ।

निर्माण सम्पन्न नभई हुलाकी राजमार्ग उद्‌घाटन, भारतीय राजदूतलाई कालोझन्डा देखाउने ६ पक्राउ

१८ किलोमिटर सडक र ६ वटा पुल निर्माण बाँकी रहेको कैलालीको हुलाकी राजमार्ग भौतिक योजना तथा यातायात मन्त्री रमेश लेखक तथा भारतीय राजदूत रणजीत रायले संयुक्त रुपमा उद्‌घाटन गरेका छन्।

इनिस्पेक्टर र सईमा जागिर लगाएको भन्दै लाखौं ठग्ने पक्राउ

नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोमा प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षकमा जागिर लगाएको भन्दै लाखौ रकम ठग्ने व्यक्ति प्रहरी फन्दामा परेका छन्।

गाडीभित्रै चालकलाई जलाएर हत्या गरेको आरोपमा दुई पक्राउ

जिल्लाको मझुवा गाउँ विकास समिति १ को निगालपानीमा करिव २ महिना अघि भएको रहस्मय सुमो आगलागिको घटनामा संलग्न २ अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय रामेछापले मंगलबार सार्वजनिक गरेको छ।

पोखरा हुँदै काठमाडौंमा लागूऔषध भित्र्याउने नागढुंगामा पक्राउ

बाग्लुङ अर्गल–४ बस्ने ५० बर्षीय जुक्ते वनलाई प्रहरीले लागूऔषध चरेश ८ किलो ३ सय ३४ ग्राम सहित पक्राउ गरेको छ।

सुन र मुद्रा सहित पक्राउलाई संगठित अपराधमा म्याद थप

प्रहरीले शनिबार सुन र अवैध विदेशी मुद्रा सहित पक्राउ गरेका तीन चिनियाँ नागरिक र दुई नेपालीलाई संगठित अपराध निवारण ऐन २०७० अनुसार अनुसन्धानका लागि म्याद लिएको छ।

चार करोड २६ लाख बराबरको विदेशी रुपैयाँसहित तीन चिनियाँ पक्राउ

प्रहरीले रु चार करोड २६ लाख बराबरको विदेशी रुपैयाँसहित तीन चिनियाँ नागरिकलाई आज बिहान पक्राउ गरेको छ । महानगरिय अपराध महाशाखाको प्रहरी टोलीले बा १ ञ १२३२ नं को पर्यटक स्कारपियो गाडीबाट दुई महिला र एक पुरुष चिनियाँ नागरिकका साथै सो गाडीको नेपाली चालकलाई नागढुङ्गाबाट पक्राउ गरेको हो ।

१५ किलो सुनसहित एक जना पक्राउ

१५ किलो सुनसहित एक जना पक्राउ परेका छन्। महानगरीय प्रहरी बृत्त बालाजुले १५ किलो सुनसहित एक जनालाई पक्राउ गरेको हो। ना १ झ ४९६४ नम्बरको टाटा सुमो गाडीमा रसुवाबाट लकाइ छिपाइ ल्याएको १५ किलो सुनसहित भक्तपुरका गाडी चालक रविन्द्र भुजेल पक्राउ परेका हुन्।

अर्कैकाे जग्गा धिताेमा बैंकबाट २ करोड ठगी गर्ने गिरोह पक्राउ

नक्कली जग्गाधनी बनेर अर्कैको जग्गा बैंकमा धितो राखी रु दुई करोड ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।

कुख्यात 'टिके डाँका' पक्राउ

महानगरीय प्रहरी अपराध महाशाखाले मंगलबार पक्राउ गरेका टिके बारम्बार सुधारका लागि सुधार गृहमा राखिएपनि पुरानै पेशामा फर्कने अभियुक्तमध्ये एक हुन । काठमाडौं उपत्यकालाई कार्य क्षेत्र बनाएका टिके १५ घटनामा संलग्न रहेको प्रहरीसँग अनुसन्धान प्रमाण छ । बाँकी एक दर्जन बढि घटनामा उनको संलग्नता हुनसक्ने आशंकामा महाशाखाले अनुसन्धान गरिरहेको छ ।

आचार्य समुहका नाइके लक्ष्मीप्रसाद पक्राउ

प्रहरीले नेपाल बैंक लिमिटेड भ्रष्टाचार प्रकरणमा कमसल जग्गा देखाएर श्रृण लिने आचार्य समुहका नाईके लक्ष्मी प्रसाद आर्चायलाई पक्रेको छ। महानगरीय अपराध महाशाखाको टोलीले १० करोड  ५४ लाख रुपैयाँ भन्दा बढि रकम जरिवाना नतिरी फरार रहेका लक्ष्मीप्रसाद आचार्यलाई पक्रेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्