२० आश्विन २०८१ आइतबार
image/svg+xml

वैदेशिक रोजगार विभागको ‘अनलाइन’सेवा अवरुद्ध

वैदेशिक रोजगार विभागको ‘अनलाइन’ सेवा अवरुद्ध भएको छ । विभागको ‘एफइआइएमएस’ प्रणालीको फाइल सर्भर माइग्रेट गर्नुपर्ने भएकाले मङ्गलबारदेखि सेवा अवरुद्ध भएको विभागका सूचना अधिकारी तथा निर्देशक कविराज उप्रेतीले जानकारी दिए।

बाढी–पहिराले चार राजमार्ग पूर्ण र ३४ आंशिकरूपमा अवरुद्ध

आज बिहानसम्म तमोर करिडोर (चतरा–मुलघाट–माझीटार–अमरापुरडाँडा–गणेशचोक) सडक, भालुवाङ–लिवाङ–रोल्पा माडीचौर दारबोट सडक र धनगढी–बुडर–स्याउले सडक पूर्णरूपमा अवरुद्ध बनेका छन्।

उच्चस्तरीय छानबिन समितिको प्रतिबद्धता नआएपछि एमालेद्वारा संसद् अवरुद्ध

गृहमन्त्रीले श्रेष्ठले भनाइ राखेपछि प्रमुख प्रतिपक्षका सचेतक महेश बर्तौलाले गृहमन्त्रीले उच्चस्तरीय छानबिन समिति गठन गर्ने प्रतिबद्धता नगरेको भन्दै विरोध गरेपछि एमाले सांसदहरू आआफ्नो स्थानमा उठेका थिए।

संसद् अवरुद्ध हटे संसदीय समिति सभापति चुन्ने तयारी

सत्तारूढ दल र प्रमुख प्रतिपक्षी दलबीच सहमति भएपछि संसदीय समिति सभापतिको निर्वाचन गर्ने तयारी गरिएको छ। सोमबार बसेको शीर्ष नेताहरूको बैठकमा कांग्रेसले चारवटा समिति सभापति पाउने सहमति भएको छ भने प्रमुख प्रतिपक्षी दल।

संसद् अवरुद्ध कायमै

सोमबार बोलाइएको प्रतिनिधिसभा बैठकमा पनि एमालेले उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने अडान लिएपछि सूचनाबाट स्थगित गरिएको छ।

अवरुद्ध संसद खोलौँ, सुन तस्करी छानबिनमा सघाऔँः सांसद अधिकारी

जनता समाजवादी पार्टी,नेपालका सांसद प्रकाश अधिकारीले सुन तस्करी प्रकरणको छानबिनलाई सघाउन अवरुद्ध संसद खोल्नुपर्ने बताएका छन।

पहिराले सालझण्डी–ढोरपाटन सडक अवरुद्ध

अबिरल वर्षाका कारण सालझण्डी–ढोरपाटन सडक अवरुद्ध भएको छ। आयोजनाको बुर्तिबाङ–ढोरपाटन सडकखण्डअन्तर्गत ढोरपाटन नगरपालिका–५ र ६ को सिमाना दोगाडी नजिकै सडक अवरुद्ध भएको हो।

नारायणगढ–मुग्लिन सडक खण्ड बिहान ९ बजेदेखि पूर्ण रुपमा अवरुद्ध

पहिरो खसेर नारायणगढ–मुग्लिन सडक खण्ड बिहान ९ बजेदेखि पूर्ण रुपमा अवरुद्ध भएको छ।इच्छाकामना गाउँपालिका–६ स्थित कालिखोलामा माथिबाट लेदोसहितको पहिरो खसेर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।

अवरुद्ध मेची राजमार्ग सञ्चालन

सुक्खा पहिरो खसेर अवरुद्ध बनेको मेची राजर्मागको ताप्लेजुङ खण्ड पुनः सञ्चालनमा आएको छ। फुङ्लिङ नगरपालिका-८ वैशाखे भिरमा खसेको सुक्खा पहिरोका कारण अवरुद्ध बनेको मेची राजमार्ग १९ घन्टापछि खुलेको हो।

पहिराेले मध्यपहाडी लोकमार्ग अवरुद्ध

केही दिनदेखि परेको अविरल वर्षाका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ। राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अन्तर्गत निसीखोला-रुकुमकोट खण्ड अवरुद्ध बनेको हो।

प्रतिनिधिसभा बैठक अवरुद्ध

प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न माग गर्दै बैठक अवरुद्ध गरेको छ।

कालिखोलामा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

नारायणगढ–मुग्लिन सडकखण्डको कालिखोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–४ स्थित कालिखोलामा आज बिहान पहिरो खसेको हो ।

पहिरोले दशरथचन्द राजमार्ग अवरुद्ध, यात्रु अलपत्र

वर्षाका कारण पहिरा खस्दा गए रातिदेखि दशरथचन्द राजमार्ग अवरुद्ध भएको छ। गोठलापानी–झुलाघाट सडकखण्डको धारीगाडमा पहिरो खस्दा सडक अवरुद्ध भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए।

बेँसीसहर–चामे सडक अवरुद्ध

पहाडी जिल्ला लमजुङ र हिमाली जिल्ला मनाङ जोड्ने बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ। तिमाङ पावर हाउस खोलाको काठे पुल र स्यार्कु खोलाको काठे पुल भाँचिएकाले उक्त सडक अवरुद्ध बनेको हो।

अवरुद्ध नारायणगढ–मुग्लिन सडक ९ घण्टापछि दुइतर्फी सञ्चालनमा

पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडकखण्ड दुइतर्फी सञ्चालनमा आएको छ। नौ घण्टापछि आज विहानदेखि सडकखण्ड दुइतर्फी सञ्चालनमा आएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्