२१ आश्विन २०८१ सोमबार
image/svg+xml

भारतले सडक बनाउँदा नेपालतिरको बाटोमा क्षति

भारतले कैलाश मानसरोवर सडकखण्ड निर्माणका क्रममा विस्फोटक पदार्थ विस्फोट गर्दा भारतको मात्र नभई नेपालतिरको बाटोसमेत भत्किएको छ।

ओली (अ)लोकतन्त्र

प्रधानमन्त्रीको कुर्सी जोगाउन ओलीले यी तीन वर्षमा गरेका हर्कतलाई कुनै अर्थमा लोकतन्त्र मान्न सकिन्न। उनीबाट जे/जस्ता अभ्यास भए, तिनलाई समीक्षा गर्ने हो भने यही निष्कर्ष निस्कन्छ।

ग्रिसको बाटोमा छैनाैं: अर्थसचिव

राजनीतिक दलहरूबीच सामाजिक सुरक्षाभत्ता बढाउने प्रतिस्पर्धाले सरकार ग्रिसको बाटोमा जान थालेको आरोप लाग्न थालेको छ। युरोपेली मुलुक ग्रिसमा विगतमा राजनीतिक दलहरूबीच सर्वसाधारणको मत तान्ने चर्को प्रतिस्पर्धा भएको थियो। जुनसुकै दल सरकारमा गए पनि सर्वसाधारणलाई खुसी बनाएर मत तान्न विभिन्न किसिमबाट भत्ता र सुविधा बाँड्ने प्रतिस्पर्धा चलेको थियो।

संविधानमाथि खड्ग–विद्या प्रहार

जालझेलपूर्ण तरिकाले सत्तामा अडिरहेका ओलीबाट हुने निर्वाचनमा अन्य दलहरू जान तयार भए भने त्यो उनीहरूको राजनीतिक भविष्यको अन्त्य हुनेछ।

ओली अडान नेपालको नियति

संसद्को ठूलो दलको हैसियतमा सरकार बनाउन र त्यसले विश्वासको मत हासिल गर्ने बेलासम्म ओलीका निम्ति नेपाल समूह आवश्यक पर्छ। त्यसपछि यिनको स्थिति फेरि सामान्य अवस्थामा जान सक्छ भन्ने विश्वास कसैलाई छैन।

पत्रकार महासंघ रौतहटलाई बाटो खुल्यो

नेपाल पत्रकार महासंघ रौतहट शाखाको नवनिर्वाचित कार्यसमितिले कामकाज गर्न पाउने भएको छ। गत चैत ३० मा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जले उत्प्रेषण परमादेश जारी गरी सपथ ग्रहण तथा कामकाज गर्न रोक लगाएकोमा चैत ५ देखि कामकाज गर्न पाउने आदेश जारी गरेको छ।

सिंहदरबार जाने बाटो

महामारी फैलाउने काममा माओवादीलाई काँध थापेर कांग्रेसले सही गर्‍यो कि गलत? यसको उत्तर दिनुपर्दा कांग्रेसजनहरू लज्जित हुने गर्छन्।

समृद्धि सपना

हामीकहाँ पार्टी महाधिवेशनमा आर्थिक विकासको चर्चा हुँदैन। नेतृत्व हात पार्न बाह्र सत्ताइस राजनीतिक दर्शनका भाषण र दस्तावेज धेरै सुन्न पाइन्छ। संसारमा कहाँ क्रान्ति र प्रतिक्रान्ति भयो भन्ने विषयमा चर्चा हुन्छ। तर, आर्थिक प्रगतिले ती देशलाई अग्रणी बनाउँदै लगेको पक्षमा खासै ध्यान पुग्दैन।

एक सिसिफस नियति

कम्युनिस्ट पार्टीका तर्फबाट शासन गर्नेहरूमा लोकतान्त्रिक चरित्रको अभाव हुन्छ भन्ने प्रष्ट देखिएको छ । कम्युनिस्ट पार्टीले शासन गर्दा देशमा परिवर्तन आउँछ भन्ने भ्रम पनि अबलाई टुटेको छ ।

विभाजनकारी बाटो

एमालेमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र उनी पक्षधर नेताहरूलाई निषेध गर्दै जिम्मेवारीविहीन बनाएपछि नेपाल समूहले पनि समानान्तर कमिटी निर्माणको अभ्यास थालेको छ । दुवै पक्षबीच भएको समानान्तर कमिटी सञ्चालनको अभ्यासले एमालेमा मतभेद मात्रै होइन, मुठभेडकै अवस्था निम्त्याएको छ ।

कोठामै क्लब बढुवाको खबर सुनेपछि

सातदोबाटोका कप्तान वसन्तलाई, आफ्नो क्लब ‘ए’ डिजिभनमा बढुवा हुने आशा थियो, तर शनिबार खुमलटार र श्री भगवतीबीचको खेलपछि नै आफूहरूको ‘ए’ डिभिजन सपना साकार हुन्छ भन्ने कल्पना गरेका थिएनन्। क्लब ‘ए’ डिभिजनमा बढुवा भएको खबर पाएसँगै उनले आफ्नी आमालाई अंकमाल गर्दै खुसीको आँसुका साथ क्लबको बढुवाको खुसीयाली बाँडे।

मञ्चमा नयाँ महाराजा

अहिलेको परिस्थिति सहज छैन । महाराजाहरूले राजनीतिलाई जुन विकृत स्थितिमा पुर्‍याइबक्सेको छ, त्यसप्रति धेरैको चित्त दुखाइ छ । सिर्जनात्मक चेत भएका व्यक्तिहरूले यो स्थितिमाथि कुनै न कुनै रूपमा हस्तक्षेप गरिरहेका छन् । कलात्मक ढंगले ती कहिले सडकमा पोखिएका छन् । कहिले ती रंगमञ्चमा प्रस्तुत भइरहेका छन् ।

‘बी’ डिभिजिन लिग: सातदोबाटोको अपराजित यात्रा कायमै

ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न खेलमा सातदोबाटोको अपराजित यात्रालाई निरन्तरता दिन दोर्जे तामाङले निर्णायक गोल गर्दा आरसिटीको जितमा अजित गुरुङले गरेको गोल नै पर्याप्त बनेको थियो। सातदोबाटोलाई जित दिलाउन पेनाल्टीबाट खेलको २५औं मिनेटमा गोल भएको हो।

खेल संसदभित्र कि बाहिर ?

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक करार गरेयताका दिन राजनीतिक नेतृत्वको सुझबुझको परीक्षा भइरहेको छ । प्रतिनिधिसभा ब्युँतिएको छ । राजनीति अब संसद्भित्र प्रवेश गरेको छ ।

फर्कियो ‘बी’ डिभिजन लिग: खुमलटार र नयाँ बस्तीको सुखद सुरुआत

कोरोना भाइरस महामारीका कारण करिब १ वर्ष स्थगित भएको सहिद स्मारक ‘बी’ डिभिजन लिग फर्कंदा नयाँ बस्ती युथ क्लब र खुमलटार युथ क्लबले सुखद सुरुआत गरेका छन्। लिगअन्तर्गत सोमबार एन्फा मुख्यालय सातदोबाटोको मैदानमा भएको दिनको दोस्रो खेलमा खुमलटारले पुलचोक स्पोर्ट्स क्लबमाथि ५–२ को जित हात पारेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्